Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • लागुऔषधसहित ९ जना पक्राउ
लागुऔषधसहित ९ जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २८, २०८१

काठमाडौं- नेपालका चार जिल्लाबाट दुई भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाबाट ४ जना, ललितपुर र बाराबाट २/२ जना तथा उदयपुरबाट एक जना गरी ९ जना पक्राउ परेका हुन् ।

बर्दियाको बारबर्दिया नगरपालिका-४ कुसुम्वा घाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका–७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाकै बढैयाताल गाउँपालिका-२ फुटाहबाट ८ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध, २२ हजार ५ सय नगद र २ थान मोबाइलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

Hardik health

ललितपुरको ललितपुर महानगरपालिका-३ धोबीघाटबाट पनि नियन्त्रित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी-७ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४ बाडेगाउँ बस्ने २५ वर्षीय सुजन क्षेत्री र रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय दिपेश भण्डारी छन् ।

उनीहरुको साथबाट ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार साँझ उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई पनि प्रहरीले अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्रामसहित बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै बाराको फेटा गाउँपालिका-३ चौतारा नजिक घोडासाहनबाट २ जना बुधबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्ति पक्राउ
इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
चालक हत्या प्रकरणमा सात जना पक्राउ
चालक हत्या प्रकरणमा सात जना पक्राउ सोमबार, मंसिर २२, २०८२
चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ
चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सोमबार, मंसिर २२, २०८२
बालिकाको हत्यामा संलग्न व्यक्ति पक्राउ
बालिकाको हत्यामा संलग्न व्यक्ति पक्राउ आइतबार, मंसिर २१, २०८२
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP