Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने : एआईजी तामाङ
दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने : एआईजी तामाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २४, २०८१

काठमाडौं  - काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशद्वारा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा संयुक्त रुपमा आयोजना गरिएको लागू औषध विरूद्धको महाअभियान अन्तर्गत 'औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम' सम्पन्र भएकाे छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार  आयोजना गरिएको लागू औषध विरूद्धको महाअभियान अन्तर्गत 'औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम' सम्पन्न भएको हाे ।

लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच लागू औषध विरूद्धको महाअभियानको शुभारम्भ गरिएको थियो ।

Hardik health

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताए । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्ष तथा तहको संयुक्त प्रयास जरूरी रहेको उनले उल्लेख गरे । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

सोही महाअभियान अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागू औषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

 


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।।
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।। मंगलबार, असोज २८, २०८२
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार 
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार  मंगलबार, असोज २८, २०८२
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार सोमबार, असोज २७, २०८२
हराएको ३०३ राइफल दमकमा फेला
हराएको ३०३ राइफल दमकमा फेला आइतबार, असोज २६, २०८२
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP