Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • लघुचलचित्र ‘दृश्य’ निर्माण, पोष्टर सार्वजनिक
लघुचलचित्र ‘दृश्य’ निर्माण, पोष्टर सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १९, २०८१

काठमाडौं -  लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाईएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाईएको छ । दृश्यको पोष्टर रसिकराजले तयार पारेका हुन् ।
 
ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको ‘दृश्य’को निर्माता नितु घिमिरे रहेकी छिन् । आश्री इन्भेष्टमेन्टको सहयोगमा तयार भएको लघुचलचित्रका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन् । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालक समेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माण गरिएका बताउँछन् ।
 
‘दृश्य’मा नारायणराज चौंलागाइँ, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धब दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वराङ्कन गरेका छन् । मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रको कला निर्देशन सुमित राईले गरेका छन् । सन्तोष श्रेष्ठको संगीत रहेको ‘दृश्य’को बाँसुरी वादकका रुपमा नगेन्द्र राई रहेका छन् ।  सहायक निर्देशन करण साउदले गरेका छन् । अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ ।
 
‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफुले सकेसम्म मेहनत गरेको कलाकार नारायणराज चौलागाई बताउँछन् । उनले यसै लघुचलचित्रमार्फत् मुख्य पात्रका रुपमा डेब्यु गरेका हुन् । नारायण काइँलोका रुपमा परिचित उनी गजलकार तथा गीतकारसमेत हुन् । नारायण जिसीको सिनेमाटोग्राफी रहेको ‘दृश्य’को कास्टिङ डिरेक्सन तथा निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्रीले गरेका हुन् । सबैको अथक प्रयास र मेहनतले लघुचलचित्र राम्रो बनाउने प्रयास गरेको क्षेत्री बताउँछन् ।

‘दृश्य’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा लघुचलचित्रमा देखाउन खोजिएको अभिलाषी बताउँछन् । ‘मानिस जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम नै हो । भौतिक दुनियाँमा बाँच्नको लागि मानिसहरुले जीवनमा अनेक संघर्ष गरिरहेका हुन्छन् ।

हामी बाहिरी आँखाले देखेको भौतिक दुनियाँमा रुमल्लिरहेका छौं र लोभ, मोह, माया, ईष्र्या, डाह, घृणा, रिस, आह्रिस आदिमा अल्झिरहेका हुन्छौं । केहि समय आँखा बन्द गरेर सोच्ने हो भने पनि मन र मष्तिष्कले मानिसलाई अझ सुन्दर जीवन जिउन सिकाइरहेको हुन्छ ।’ यसैको परिवेशमा लघुचलचित्रको कथावस्तु रहेको निर्देशक अभिलाषी बताउँछन् ।

Hardik health

‘दृश्य’लाई विभिन्न ओटिटी प्लेटफर्ममार्फत् रिलिज गर्नुअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी गराइने उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । 
 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP