Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ललितपुरको प्रजनन् दर सबैभन्दा कम, रौतहटको उच्च
ललितपुरको प्रजनन् दर सबैभन्दा कम, रौतहटको उच्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १५, २०८१
  • सबैभन्दा उच्च प्रजनन् दर भएको पाँच जिल्लामा रौतहट, धनुषा, महोत्तरी मधेशका जिल्ला छन् भने अछाम र मुस्ताङ पहाडी र हिमाली जिल्ला 
  • कम प्रजनन् दर भएको जिल्लाको सूचीमा सबैभन्दा पहिलो ललितपुर देखिन्छ । त्यसपछि काठमाडौं, बर्दिया, भक्तपुर र नवलपरासी(पूर्व) 
  • घट्दो प्रजनन् दरलाई सन्तुलनमा राख्न समतामुलक विकासको नीति अवलम्बन गर्न सुझाव
     

काठमाडौं– नेपालमा प्रजननदर चिन्ताजनक रुपमा ओरालो लगेको छ । २०३८ मा कुल प्रजनन दर ६.३९ प्रतिशत रहेकोमा अहिले यो दर घटेर १.९८ मा झरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको नेपालमा प्रजनन् प्रतिवेदनमा विभिन्न कारण प्रजनन् दर ओरालो लागेको उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगलेसमेत पछिल्लो प्रजनन् दरको विषयलाई लिएर चिन्ता जनाउँदै आएको छ ।

‘कुल प्रजननदरमा स्थिर गिरावट देखाएको छ । यस्तो उल्लेखनीय गिरावटका पछाडि शैक्षिक स्थितिमा भएको सकारात्मक सुधार, परिवार नियोजन कार्यक्रमहरूमा गरिएका विशेष प्रयास र स्वास्थ्य सेवामा अनुभूत गर्न सकिने गरी भएको सुधारलाई लिन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ । सन् २०४३ मा कुल प्रजनन् दर ५.७५ थियो । २०४८ मा आइपुग्दा यो दर ५.६ प्रतिशतमा आइपुग्यो । २०५३ मा ४.६ प्रतिशत प्रजनन् दर रहँदा २०६३ मा ३.१ प्रतिशतमा झ¥यो । २०६८ मा यो दर २.५२ प्रतिशतमा आयो । 

सरदर प्रजनन् दर ओरालो लागे पनि प्रदेशगत प्रजनन् दरमा भने असमानता देखिन्छ । अरु प्रदेशमा प्रजनन् दर खस्के पनि मधेश प्रदेश, पहाडी क्षेत्र र हिमाली क्षेत्रको जन्मदर भने उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । ‘सबैभन्दा उच्चतम कुल प्रजननदर मधेस २.८५ र कर्णाली २.१९ प्रदेशमा रहेको छ भने बागमती १.३७ र गण्डकी १.५४ न्यून प्रजननदर रहेका प्रदेश हुन्,’ प्रतिवेदनमा भनिएको छ । सबैभन्दा उच्च प्रजनन् दर भएको पाँच जिल्लामा रौतहट, धनुषा, महोत्तरी मधेशका जिल्ला छन् भने अछाम र मुस्ताङ पहाडी र हिमाली जिल्ला छन् । 

Hardik health

बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि सहरीकरणका साथसाथै ढिला विवाह प्रमुख कारण देखिन्छ । सहरीकरण र ढिलो विवाहको प्रवृत्तिले गर्दा काठमाडौं जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ । यसरी कम प्रजनन् दर भएको जिल्लाको सूचीमा सबैभन्दा पहिलो ललितपुर देखिन्छ । त्यसपछि काठमाडौं, बर्दिया, भक्तपुर र नवलपरासी(पूर्व) रहेको देखिन्छ । 

‘शिक्षा, स्वास्थ्य सेवाको अभाव र आर्थिक अवसरहरूको कमीका कारण अन्य प्रदेशहरूभन्दा तुलनात्मक रूपमा उच्च प्रजननदर रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । सहरी क्षेत्रहरूमा र विशेष गरी बागमती प्रदेशमा भने प्रजननदर न्यून देखिन्छ । शिक्षित महिलाहरूमा प्रजननदर न्यून देखिँदा विपन्न परिवारका महिला र सीमान्तकृत समुदायहरूभित्र पनि उच्च प्रजननदर देखिएको छ ।
ढिला विवाहले प्रजनन् उमेर पनि बढ्यो
ढिला विवाहका कारण सन्तान जन्माउने उमेर पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।  ‘विवाहको औसत उमेर महिला तथा पुरुष दुवैका हकमा वृद्धि भएको छ । पुरूषहरूको औसत विवाह उमेर विसं २०५८ मा कायम २२.९ वर्षबाट २०७८ मा २५.५ वर्ष पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैगरी महिलाहरूको औसत विवाह उमेर सो अवधिमा १९.५ वर्षबाट २१.८ वर्षमा पुगेको छ ।’
त्यसैगरी एकल आमाहरुको संख्या पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । एकल आमाको संख्या सबैभन्दा धेरै मधेशमा देखिन्छ । ‘नेपालमा १६,८८,८८६ एकल आमाहरू छन् । एकल आमाहरूको प्रदेशगत वितरण हेर्दा सबैभन्दा बढी मधेसमा ३ लाख ७० हजार ६११ र लुम्बिनीमा ३ लाख ५२ हजार ९७८ मा रहेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । विसं २०७८ को जनगणनाअनुसार एकल आमाको संख्या कोशीमा २ लाख ६१ हजार ४३८, बागमतीमा २ लाख ७ हजार ४४६, गण्डकीमा एक लाख ८२ हजार ६५३, कर्णालीमा सबैभन्दा कम ८९ हजार ५८७ र सुदूरपश्चिममा २ लाख २४ हजार १७३ जना देखिन्छ ।
प्रतिवेदनमा घट्दो प्रजनन् दरलाई सन्तुलनमा राख्न समतामुलक विकासको नीति अवलम्बन गर्न सुझाइएको छ । ‘शिक्षामा प्रगति, आयस्तरमा अभिवृद्धि र बढ्दो सहरीकरणको प्रभावले गर्दा नेपालमा प्रजननदर निरन्तर घटिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विकासको स्तर भौगोलिक क्षेत्र, सहरीकरणको अवस्था र प्रशासनिक तहअनुसार असमान रहेको छ । तसर्थ, राज्यले अवलम्बन गर्ने नीतिहरू पनि जनसंख्या र विकासको क्षेत्रीय अवस्था एवम् आवश्यकताअनुसार तय गरिनुपर्दछ जसले समतामूलक विकास र आर्थिक अवसरहरूको सिर्जनामा अहम् भूमिका खेल्ने विश्वास लिन सकिन्छ ।’

 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP