Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ २, २०८३

काठमाडौं- स्वास्थ्य क्षेत्रका लागि स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या भइरहेकाले सामाजिक न्याय दिने कानुन बनाइनुपर्नेमा जोड दिइएको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुनसम्बन्धी तीनदिने सम्मेलनमा सहभागीहरूले स्वास्थ्यसम्बन्धी कानुनी स्पष्टता नहुँदा विभिन्न समस्या आएकाले सामाजिक न्याय दिने गरी कानुन मस्यौदा गरिनुपर्नेमा जोड दिइएको हो । 

कार्यक्रममा कामु प्रधानन्यायधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा कवच हुनेगरी कानुन तर्जुमा गरिनुपर्नेमा जोड दिइन् । “संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित गरिएको छ, सार्वजनिक स्वास्थ्य ऐन पनि आएको छ । यति हुँदा पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त कानुनी व्यवस्था नभएकाले सर्वोच्च अदालतले कानुनको व्याख्याबाट विस्तृत कानुनी व्यवस्था गरिएको छ”, उनले भनिन् । ‘मेडिकल इन्सुरेन्स’ कसले गर्ने भन्ने निश्चित गरिनुपर्ने कामु प्रधानन्यायाधीश मल्लले बताए । संविधानको मर्मअनुसार न्यायपालिकाले पुराना कानुन बदर गरिरहेको उनले जानकारी दिए । सम्मेलनमा आयुर्वेद र वैकल्पिक चिकित्सासम्बन्धी यस्ता महत्वपूूर्ण कार्यक्रम राखेकामा उनले आयोजकलाई धन्यवाद दिए । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले यसअघि भाषालाई ध्यान नदिएकाले नेपालको कानुन ‘क्लिष्ट’ (जटिल) भएर सामान्य मानिसले नबुझ्ने समस्या आइरहेको बताए । कानुन लेखनमा भाषाको पक्षलाई बेवास्ता गरेकामा आगामी दिनमा यसलाई छलफलमार्फत समाधातर्फ र स्पष्ट बनाउन मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए । सरल भाषामा कानुनको मस्यौदा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ छ । 

Hardik health

स्वास्थ्य र कानुन क्षेत्रले एकअर्काका समस्या बुझ्नुपर्ने सचिव ढुङ्गानाले जोड दिए । तीनदिने सम्मेलनले सामान्य मानिसले पनि पढेर बुझ्न सक्ने कानुन निर्माणका लागि आवश्यक सुझाव दिनुपर्ने भन्दै उनले सरोकार भएका सबैलाई आग्रह गरे ।  नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले सेतो कोट लगाउन चिकित्सकले कुटाइ खाँदा चिकित्सकीय दुव्र्यवहारको मुद्दा चल्ने गरेकाले स्वास्थ्यकर्मीको सुरक्षालाई कानुनी रूपमा सुनिश्चित गरिएको बताए । स्वास्थ्यकर्मीले पनि जिम्मेवार भएर स्वास्थ्य सेवा दिनुपर्नेमा उनको जोड थियो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सकले डर, त्रासबिना सुरक्षित भएर स्वास्थ्य सेवा दिनसक्ने गरी नयाँ कानुन बनाइनुपर्ने बताए । दोष जति सबै चिकित्सककै टाउकोमा थोपरेर गुणस्तरीय उपचार सेवा पाउन नसकिने उनको भनाइ छ ।

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै प्राडा सञ्जीवकुमार शर्माले अहिले आध्यात्मिक स्वास्थ्यका धेरै विषय पनि आएकाले त्यसलाई पनि स्वास्थ्य सेवामा कानुनी रूपमा जोड्नुपर्ने विचार राखे । चिकित्सकले बिरामीका लागि लेखेका औषधिमा कुन दिने भन्ने बिक्रेताको हातमा रहने गरेकाले यसमा के कानुनी व्यवस्था गर्नुपर्छ भन्नेमा बहस आवश्यक रहेको उनले बताए । गामीण भेगमा अहिले पनि एक जना चिकित्सकले डेढ लाख जनसङ्ख्यालाई हेर्नुपर्ने अवस्था रहेकाले यसमा उपयुक्त व्यवस्था कानुनी व्यवस्था गरिनुपर्ने डा शर्माको भनाइ छ ।  सम्मेलनको मुख्य आयोजक नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष सह प्राडा प्रेमराज न्यौपानेले स्वास्थ्य कानुनमा देखिएका विभिन्न समस्या समाधान हुने गरी आवश्यक कानुनी व्यवस्था गराउन सहयोग मिलोस् भनी कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ । 

कार्यक्रम संयोजक निकेशकुमार लम्सालले प्रमाणमा आधारित स्वास्थ्य नीति तथा कानुन तर्जुमाका लागि सहयोग मिलोस् भनी तीनदिने सम्मेलन आयोजना गरिएको बताउँदै यसमा करिब एक दर्जन कार्यपत्र प्रस्तुत गरी त्यसमाथि गहन छलफल सुरु भएको जानकारी दिए ।  राज्यले स्वास्थ्य क्षेत्रको मार्गदर्शन निर्माण गर्न नसकेकाले अनुसन्धानमूलक कार्यपत्र तीन महिनाअघिदेखि माग गरेर छनोट गरी कार्यक्रम गरिएको उनले बताए । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र र यसका मुख्य मुख्य छलफलका विषयलाई समेटी प्रतिष्ठानले पुस्तक प्रकाशन गर्ने पनि कार्यक्रम संयोजक लम्सालले जानकारी दिए ।

काठमाडौँ स्कूल अफ लका प्राध्यापक इञ्चार्ज प्राडा गीता पाठक सङ्ग्रौलाले राष्ट्रिय ‘डेमोग्राफिक हेल्थ सर्वे’ गरी धेरै वटा प्रतिवेदन आए पनि त्यसलाई कानुनमा प्रतिबिम्वित गर्न नसकिएको बताए । औषधि, उपचारमा पहुँचका विषयमा छलफल गर्दा खाद्य सुरक्षाको विषयलाई पनि बिर्सन नहुने उनको भनाइ छ ।
 


प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल
घाइते नेपालीको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक : वीर अस्पताल शुक्रबार, असार २६, २०८३
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले बिहीबार, असार २५, २०८३
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह बिहीबार, असार २५, २०८३
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा बुधबार, असार २४, २०८३
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत् बुधबार, असार २४, २०८३
पानी परेपछि डेंगी संक्रमणको जोखिम
पानी परेपछि डेंगी संक्रमणको जोखिम आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP