Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • गरिबी घटाउन ‘रेमिट्यान्स’ले सघाएको विश्व बैंकको निष्कर्ष
श्रमिकको लागत घटाउने र लाभ बढाउनेतर्फ केन्द्रित हुन सुझाव गरिबी घटाउन ‘रेमिट्यान्स’ले सघाएको विश्व बैंकको निष्कर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १२, २०८१

काठमाडौं– नेपालले गरिबी न्यूनीकरणमा हासिल गरेको सफलतामा वैदेशिक रोजगारीको ठूलो भूमिका रहेको विश्व बैंकले औंल्याएको छ । वैदेशिक रोजगारीमा गएकाहरुले भित्र्याएको विप्रेषण (रेमिट्यान्स)ले यसमा योगदान गरेको विश्व बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ ।

‘विश्व बैंकको नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ शीर्षकको प्रतिवेदनअनुसार रेमिट्यान्सले सन् २०११ देखि सन् २०२३ को बीचमा गरिबी न्यूनीकरणमा ३० प्रतिशत सघाएको देखिएको छ । वैधानिक बाटोबाट नेपालमा बर्सेनि १४ खर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिँदै आएको छ । सन् २०२३ सम्म रेमिट्यान्सले नेपालको कूल गार्हस्थ उत्पादनको लगभग एक चौथाइ अर्थात् २५ प्रतिशत हिस्सा ओगटेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यसले अर्थतन्त्रलाई दिगो बनाउन र धेरैलाई गरिबीबाट बाहिर निकाल्न महŒवपूर्ण भूमिका खेलेको औंल्याइएको छ । 

भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरहरूलाई खुला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत प्रतिवेदनले दिएको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय भए पनि मुलुकको आर्थिक सम्भावना अझै पूर्णरूपमा उपयोग हुन नसकेको बताए । ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलीकरणलाई प्रवद्र्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ,’ सिस्लेनको भनाइ छ ।
 
सात प्रतिशतभन्दा बढी जनसंख्या वैदेशिक रोजगारीमा
मुलुकमा रोजगारीको अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१ सम्म मुलुकको ७.५ प्रतिशत जनसंख्या रोजगारीका लागि विदेसिएको देखिएको छ । हाल दैनिक दुई हजारभन्दा बढी युवा रोजगारीका लागि विभिन्न मुलुक पुग्छन् । गत आर्थिक वर्ष २०८०÷८१ मा सात लाख ४१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका थिए । विश्व बैंकको प्रतिवेदनअनुसार अधिकांश अदक्ष श्रमशक्ति खाडी मुलुक र मलेसिया गएका छन् । 

विश्व बैंकले आप्रवासन (वैदेशिक रोजगारी)बाट नेपालले उठाउन सक्नेजति लाभ उठाउन नसकेको औंल्याएको छ । अहिले पनि वैदेशिक रोजगारी जिविकोपार्जनकै लागि सीमित हुँदा यसबाट पर्याप्त लाभ लिन नसकिएको बताइएको छ । व्यवस्थित र समावेशी संस्थागत आप्रवासन प्रणालीले आप्रवासनबाट थप लाभ हासिल गर्न मद्दत गर्ने विश्व बैंकको भनाइ छ । राष्ट्रिय विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण रणनीतिहरूसँग आप्रवासनलाई एकीकृत गर्दा यस प्रकारको प्रणालीतर्फ काम गर्ने मञ्च प्रदान गर्ने सुझाव दिइएको छ ।

Hardik health

उच्च लागतको मारमा नेपाली श्रमिक
प्रतिवेदनले श्रमिकहरुको विभिन्न अवस्थाकोसमेत चित्रण गरेको छ । सर्वेक्षण गरिएका चार देशहरू फिलिपिन्स, पाकिस्तान, भारत र नेपालमध्ये पाकिस्तानपछि दोस्रो सबैभन्दा बढी आप्रवासन लागत लाग्ने मुलुक नेपाल रहेको छ । रोजगारीमा जाँदा उच्च लागतको भारले प्रायः श्रमिकले विदेशमा नराम्रो अवस्थाको सामना गरिरहेको उल्लेख गरिएको छ ।

यसकारण स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षामा सीमित पहँुच हुँदा कहिलेकाही श्रमिकको मृत्युसम्म हुने गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनअनुसार व्यवसायीले ‘फ्रि–भिसा, फ्रि–टिकट’को प्रावधान कार्यान्वयन नगर्दा ८५ प्रतिशत श्रमिक अनौपचारिक ऋण लिएर जाने गरेको पाइएको छ । यसर्थ रोजगारीमा जाने श्रमिकको सीप विकास र श्रम गन्तव्य विविधीकरणमा ध्यान राख्न पनि प्रतिवेदनको सुझाव छ । दक्ष श्रमिकहरू रोजगारीमा जाँदा लाग्ने लागत घटाउने र लाभ एवं सुरक्षा बढाउनेतर्फ केन्द्रित हुन प्रतिवेदनले सुझाव  दिएको छ ।

विदेशबाट फर्कने श्रमिकहरूलाई आन्तरिक श्रमबजारमा पुनः समायोजन गर्न उद्यमशीलता प्रवद्र्धन, पुनःतालिम तथा पुनः सीप विकास कार्यक्रमहरू लागू गर्नसमेत भनिएको छ । साथै, विप्रेषणलाई लगानी र व्यवसाय वृद्धिका लागि उपयोग गर्न मानिसहरूलाई प्रोत्साहित गरे मुद्रास्फीति बढ्ने क्रम सुस्त हुनेसमेत विश्व बैंकको भनाइ छ । सन् २०२३ मा एउटा परिवारले औसतमा २० प्रतिशतभन्दा बढी खर्च विप्रेषणबाट धानेको उक्त अध्ययनले देखाएको छ ।

प्रतिवेदनअनुसार धेरै नेपालीहरु आफ्ना उत्पादनशील वर्षहरु विदेशमा काम गरेरै बिताउने गरेका छन् । नेपालीहरूले आफ्नो करिअरको सुरुमै वैदेशिक रोजगारी रोज्ने गरेका छन् । १७ प्रतिशतले १५ देखि २४ वर्षको बीचमा र १४.९ प्रतिशतले २५ देखि ३४ वर्षको बीचमा नेपाल छोडेका छन् । ८० प्रतिशतभन्दा बढी आप्रवासीहरू पुरुष छन्, तर महिला आप्रवासीको हिस्सा २०११ मा १२.३ प्रतिशतबाट बढेर २०२१ मा १७.८ प्रतिशत पुगेको छ ।

सन् २०२१ मा विदेशमा रहेका ६० प्रतिशतले माध्यमिक शिक्षा वा त्योभन्दा कम हासिल गरेको देखिएको छ । अधिकांश श्रमिक रोजगारीका लागि गएकाले ‘बे्रन ड्रेन’ (बौद्धिक पलायन)को जोखिम भने न्यून रहेको बताइएको छ । यद्यपि, उच्च शिक्षा र तालिमका लागि विदेसिने क्रम भने बढेको छ । सन् २०११ मा ५.९ प्रतिशत रहेको यस्तो संख्या सन् २०२१ मा बढेर ९.६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले नेपालबाट हुने आप्रवासनलाई तीन किसिममा विभाजन गरेकोे छ । पहिलो समूहमा छिमेकी भारत रहेको छ । भारत खुला सिमाना, कम लागत र कम प्रतिफल दिने गन्तव्य हो । त्यस्तै दोस्रोमा मध्यम लागत र प्रतिफल दिने खाडी मुलुक र मलेसिया छ । तेस्रोमा धनी पश्चिमा, एसियाली, युरोपेली र प्रशान्त क्षेत्रका देशहरु छन्, जसमा लागत र प्रतिफल दुवै उच्च छ । पश्चिमा, एसियन र युरोपका यस्ता मुलुक जानेहरु २०११ को भन्दा २०२१ मा ९.३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP