Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #स्टार्टअप
  • #होण्डा
  • #स्याकार_कम्पनी
  • #लोक दोहोरी स्टार
Search Here
विचार
  • Home
  • विचार
  • सिंहदरबारका साइँदुवाहरु
सिंहदरबारका साइँदुवाहरु सिंहदरबारका साइँदुवाहरु
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, चैत १२, २०८१

 
‘गाउँ–गाउँमा सिंहदरबार’ कत्ति राम्रो राष्ट्रिय नारा । टोलटोलमा नवराजाहरु । केही वर्षदेखि धेरै राजाहरु सक्रिय छन् । त्यही भएर पनि होला दुई दशकपछि पुराना राजा पनि हात हल्लाउँदै हिँड्न थालिसकेका छन् । मुलुक जोगाउने भन्दै पुराना राजाले हात हल्लाएसँगै सिंहदरबारमा बस्ने साइँदुवाहरुको मुटु हल्लाइरहेको छ । 

उसबेला नै सेताम्मै फुलेका गिलास काका भन्थे– यी सब सेता हात्तीहरु हुन् । मुलुकले सेता हात्ती पाल्न सक्दैन । त्यसकारण पनि यो ‘संघी यता न उता’ हो । ल्याउन नै हुन्न ।गिलास काकाका कुरा अहिले पो ठ्याक्कै पूरा भाको छ । गाउँ–गाउँका सिंहदरबारदेखि सहरको सिंहदरबारका साइँदुवाहरुलाई पाल्नलाई नै ढुकुटी रित्तिसक्यो । अझै कुन्नि के–के थप्ने पो भन्दै छन् । त्यही भएर साइँदुवाहरु आफ्नै कारण गन्हाउन थालेका छन् । कहिले बालुवाटार, खुमलटार कहिले बूढानीलकण्ठहुँदै बालकोटसम्म पनि स्याल हुइँयाहरु हुने गरेको छ ।

नयाँ राजाहरुले पुराना राजालाई थर्काइरहेका छन् । तर हात हल्लाउँदै मुस्कुराउँदै पुराना राजा गाउँ–गाउँ पस्न थालेका छन् । मठाधीशले राजा ल्याउँदै भन्नेहरुलाई पहिले उही दिल्ली दरबारले नै ल्याइदिएको बिर्से कि क्या हो भन्दै छन्, नवराज बाजे । श्री स्वास्थानी कथामा लावण्य देशमा राजा नभएकै कारण हात्तीले राजा खोज्दै जाँदा नवराजलाई राजा बनाइदिएका थिए । अहिले संघी यता न उताका सेता हात्तीका कारण नवराज राजा ल्याउन खोज्दै छन् । सतासीका नवराज भन्छन्, ‘म राजा ल्याउने कमाण्डर हो, म पटक–पटक सत्ता र शक्तिमा पुगे पनि देशलाई धोका दिएको थिइनँ । अहिले गनऽतन्त्रकाले देश र जनता दुवैलाई धोका थिए ।’ त्यही भएर पनि चाहियो मलाई राजा !

दक्षिणबाट आशीर्वाद नपाउँदा सिंहासन छाड्नुपरेका राजालाई दक्षिणबाट आशीर्वाद प्राप्त भएकाले नै होला नवराज ल्याउन हिँडेका हुन् । सिंहदरबार पसेर बसेकाहरु, नवराजा बन्दै ढुकुटी दोहन गर्नाले अहिले ढुकुटी रित्तो छ । देशको ढुकुटीमात्र रित्तो छैन, देशका गाउँ पाखामा बस्ने जनहरु पनि रित्तिसकेका छन् । गाउँ त उही काइँला बा, ठाइँला बा राइला बाहरुले नै कुरिदिएका छन् । त्यो पनि कालको पर्खाइमा । ‘बाह्र छोरा तेह्र नाीत बूढा धोक्रो काँधै माथि’ भनेजस्तो ।सिंहदरबार पस्नेमात्र नागरिक बन्न थाले । गाउँको होस् कि सहरको सिंहदरबारसँग नजोडिएका ‘अ’नागरिक बने । ढुकुटी रित्तो बनाएर सिंहदरबार छिरेका साइँदुवाहरु अरबपति भए । अनि राइला बाहरुको रोइलो किन नहोस् ।

Hardik health

गिलास काका अहिले पनि भन्दै छन्, ‘मैले उसबेला नै भनेको यो संघी यता न उताको काम छैन, देशको ढुकुटी रित्तोमात्र बनाउँछ अहिले रित्ता नै बनिसकेको छ ।’ उत्तरदेखि दक्षिणसम्म छिमेकी चासो दिन थालेका छन् । पालैपालो कसैले चण्डलाई कसैले खड्गलाई कसैले टेरेलाई आफ्नो पैतालामा राखिरहेका छन् । उत्तरदेखि दक्षिण हुँदै समुद्रपारिसम्मका भगवान्को प्रसाद लिएकाहरु अहिले नून खाको कुखुराजस्तै बनेका छन् । ‘खाउँ भने दिनभरको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ । 

सिंहदरबारका साइँदुवाहरु, ‘म के थिएँ, अहिले के छु र भोलि के हुन सक्छु भन्ने सोच्न नै भुलिसके ।’ त्यसैले आफ्ना सारा पाप छल्नका लागि सिहदरबारभित्रै बसेर हात हल्लाउँदै गरेका नवराजले ल्याउन खोजेका ती राजालाई जेल नै हाल्ने पो कथा बुन्दै छन् । ‘झिँझाले मुढा पोल्छ ?’ भन्ने नेपाली उखान यी सिंहदरबारका साइँदुवाहरुमा पनि लागू होला कि नहोला । सिंहदरबारभित्र नै अर्काको आशीर्वाद पाएर छिरेका साइँदुवाहरुले के–के पो गर्ने हुन् । मुखले बोल्न जति सजिलो छ काम गर्न त्यत्ति नै कठिन छ ।

गिलास काका भन्छन्, ‘मुखले भनेजस्तो कहाँ सजिलो छ र ?’ प्रतिगामी अरुलाई भन्दाभन्दै आफैं प्रतिगामी पो बनियो कि भन्ने कुरा सोचे हन्थ्यो !’कसले सोच्ने हो र ? त्यो प्रतिगामी शक्तिलाई आफैं प्रतिगामी बनेर घचेट्ने पो हो कि ? नवराजहरुले आफैंलाई त धान्न सक्दैनन् । अरुलाई के सुरक्षित गर्ला ? गिलासकाका दुःख पनि कति–कति ? कहिलेसम्म हो समुद्रपारिका देवताहरुलाई गाली गर्नुपर्ने ? बितेका ३० वर्षे पञ्चहरुको शासन र ३५ वर्ष प्रजातन्त्र हुँदै गणतन्त्रको शासनमा जनताले परिवर्तनको महसुस गरे कि गरेनन् ? जनताको आँखामा आँसु छ कि हाँसो कसले हेरिदिने ? ओठमा निचोर्दा दूध आउने खालका युवा पुस्तालाई खाडीमा कसले पु¥यायो ? विदेशीलाई स्वदेशी बनाएर कसले उडायो ? 

सायद गिलासकाका त्यही सिंहदरबार छिरेर पनि साइँदुवा नै बनिरहनु भएको हो कि भन्ने आशंका छ । गिलासकाकाले सिंहदरबारदेखि बागदरबार, लालदरबारसम्मको यात्रा त्यसै तय कहाँ गरेका हुन् र ? सिंहदरबारभित्र बसेर रस तान्ने रस आउन छाडेपछि थुकिदिने परम्परालाई पो अंगालेजस्तो देखियो ।नवराजा बादशाहको पुनरागमन हुन्छ भन्ने कि भनेर त्राहीत्राही भएका छन् । चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेजस्तो कहाँ हुन्छ ? एउटा नागरिक पोखराबाट काठमाडौं आउँदा वा काठमाडौंबाट नुवाकोट वा गोरखनाथको दर्शन गर्न चाहँदा मौन बस्नु पनि अर्थ छ भनेजस्तै हजारौं जनहरु सडकमा आएर के भो त ? राजा आउ देश बचाउ भन्दैमा राजा कहाँ पो आइहाल्ने हो र ? 

कसैलाई केको चिन्ता घरज्वाइँलाई बसेको जस्तो बस्नेहरुको लागि पो हो त बिल्लीबाठ । वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाएर सिंदहरबारका साइँदुवाहरुलाई न रातमा निद्रा आउँछ कि आउँदैनन् । सिंहदरबारले भित्रका साइँदुवाहरुले आफैलाई परिवर्तन गर्नु छ । व्यवस्था फेरेर अवस्था फेरिँदैन । व्यवस्थासँग सँगै अवस्था पनि फेर्नसक्नु पर्छ साइँदुवाहरु । व्यवस्था फेरिँदा हरेक नागरिकको अवस्था फेरिएन भने त्यसले विद्रोह नित्म्याउन सकिन्छ । विद्रोह पचाउनेभन्दा पनि सहकार्य गरेर अगाडि बढ्नसके नवराजहरुले दुःख नपाउलान् । सिंहदरबारभित्र साइँदुवामात्र हुने किन अरु पो केही हुने हो । जय जय अरुको होइन आफैं बनाउन सके हो नत्र त केवल हुने छ ।

सिंहदरबारका साइँदुवाहरु !
 


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:३३
#सिंहदरबारका साइँदुवाहरु
प्रतिक्रिया दिनुहोस्
थप विचार
धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह
धिमे मैचा इन्दिरा लाछिमस्युको विद्रोह सोमबार, मंसिर १, २०८२
आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता
आवेग होइन व्यावहारिक राजनीतिको आवश्यकता सोमबार, मंसिर १, २०८२
आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व
आर्थिक विकासमा सामाजिक मूल्यमान्यता र संस्थाको महत्‍व आइतबार, कात्तिक ३०, २०८२
खेमराज पोखरेललाई सम्झदा
खेमराज पोखरेललाई सम्झदा बिहीबार, कात्तिक २७, २०८२
युवा नेतृत्वको खोजी
युवा नेतृत्वको खोजी मंगलबार, कात्तिक २५, २०८२
राजनीतिक पाठशालाको सन्देश
राजनीतिक पाठशालाको सन्देश सोमबार, कात्तिक २४, २०८२
माछाखेतीको बहुआयमिक लाभ
माछाखेतीको बहुआयमिक लाभ आइतबार, कात्तिक २३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP