Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको समस्यामा म्यानपावर र दूतावासले बेवास्ता गरेको पूर्वश्रममन्त्री अर्यालको आरोप
श्रमिकको समस्यामा म्यानपावर र दूतावासले बेवास्ता गरेको पूर्वश्रममन्त्री अर्यालको आरोप
ममता थापा
ममता थापा मंगलबार, चैत ५, २०८१
  • गुनासो राख्दा म्यानपावर व्यवसायीले उल्टै थर्काउने गरेको भनाइ
  • व्यवसायी भन्छन्– जिम्मेवार व्यक्तिले विनाप्रमाण आरोप लगाउनु ठीक होइन

काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकले समस्या परेको गुनासो गर्दा म्यानपावर कम्पनी र सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासले सम्बोधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले श्रमिकले समस्याबारे गुनासो गर्दा म्यानपावर व्यवसायीले उल्टै थर्काउने गरेको सुनाए । दूतावासले पनि श्रमिकको गुनासोमा बेवास्ता गरेको पाइएको उनको भनाइ छ । सांसद अर्यालले त्यस्ता व्यवसायीलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग गरे । दूतावासले श्रमिकहरुको समस्यामा बेवास्ता गर्ने गरेको गुनासो आफूसमक्ष दैनिक आइरहेको उनको भनाइ थियो ।

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद अर्यालका अनुसार युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार पाएका छैनन् । ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेको दिएको विदितै छ । तर उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौं । दैनिकजसो मेरो सचिवालयमा ठगिएको, समस्यामा परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ,’ उनले भने, ‘हालै युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ ।’ 

व्यवसायीहरुले भने उक्त आरोपको खण्डन गरेका छन् । कोही व्यवसायीले श्रमिकको समस्या सम्बोधन नगरेको भए प्रमाणसहित बुझाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले आग्रह गरे । अपवादमा एकाध व्यवसायीले त्यस्तो गरेको भेटिए पनि त्यसमा सबै व्यवसायीलाई मुछ्न नहुने उनको भनाइ छ । महासचिव भुर्तेलले श्रममन्त्री भइसकेको व्यक्तिले सबै व्यवसायीलाई मुछेर यस्तो आरोप लगाउनु सुहाउँदो नभएको जिकिर गरे । 

Sonam Lhosar
Hardik health

‘अहिले मलेसियामा श्रमिक अत्यन्तै न्यून संख्यामा गइरहेको अवस्थामा बढी उजुरी आयो भन्नु नै गलत छ,’ महासचिव भुर्तेलले भने, ‘श्रमिकलाई सम्झौताअनुसारको सेवा सुविधा दिइएन भने कामदार पठाउने संस्था स्वयं जिम्मेवार हुनुपर्छ । यदि संस्थाले जिम्मेवारी ननिभाए वैदेशिक रोजगार विभागले कानुनअनुसार कारबाही गर्दै आएको छ ।’ 

उनले सांसद अर्याल आफैं मन्त्री हुँदा त्यस्ता व्यवसायीलाई किन कानुनी दायरामा ल्याउन सकेनन् भनी प्रश्नसमेत उठाए । ‘उहाँ आफैं श्रममन्त्री बन्नुभयो । अहिले पनि कानुन बनाउने र कार्यान्वयन गराउने ठाउँमा हुनुहुन्छ, खोइ त कारबाही गर्नुभएको,’ महासचिव भुर्तेलले प्रश्न गरे ।वैदेशिक रोजगार विभागले जुन देशमा धेरै श्रमिक जान्छन् त्यहीँबाट बढी उजुरी आउने गरेको बताएको छ । हाल साउदी र युएईबाट बढी उजुरी आउने गरेको विभागको भनाइ छ । यद्यपि, कुन देशबाट कति उजुरी आयो भन्ने देशगत तथ्यांक विभागले उपलब्ध गराउन सकेन । 

विभागमा चालु आर्थिक वर्षको माघसम्म एक हजार ६६ वटा उजुरी परेका छन् । यस अवघिमा ७४ जनालाई उद्धार गरिएको विभागले जनाएको छ । विभागले सात महिनामा ४४३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएको तथ्यांक छ । त्यसैगरी २० जनाले आपसी सहमति गरेका छन् । जम्मा एक हजार ६६ उजुरीमध्ये ५६५ वटा फस्र्योट भएको विभागले जनाएको छ । 

श्रमिकलाई यदि गएको देशमा बस्नै नसक्ने भयो भने फिर्ता बोलाउने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । ‘यसका लागि मलेसिया, युएईजस्ता देशको हकमा दुई–तीन महिना लाग्छ । बढी समय लाग्ने भनेको साउदीको हो । त्यहाँकोचाहिँ सात–आठ महिनाजति लाग्छ,’ उनले भने । 

विभागमा उजुरी आउनेबित्तिकै सम्बन्धित म्यानपावरलाई स्पष्टीकरण सोध्ने र पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनको भनाइ छ । उनले भने, ‘केही म्यानपावरका सञ्चालकहरु विभागमा उपस्थित हुन आनाकानी गर्छन्, बोलाएको बेला नआउनेहरु पनि छन् । तर त्यस्तो गरे भने हामीले जरिवाना लगाइदिन्छौं । त्यसैको डरले पनि आउँछन् ।’ 

विदेशबाट सेवा सुविधा नपाएका उजुरीहरु सबैसजो विभागबाटै समाधान भएको उनको भनाइ छ । कुनै–कुनै अवस्थामा देशगत प्रक्रियाका कारण केही महिना बढी लागे पनि पीडितले न्याय पाएको सुवेदीको दाबी छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP