काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बढेकाे छ । आज प्रतितोला सुनको मूल्य रु एक सयले बढेकाे हो ।
आइतबार प्रतितोला रु एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
त्यस्तै, आज चाँदीकाे मूल्य हिजाेकै मूल्यमा काराेबार भइरहेकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतितोला रु एक हजार नौ सय ८५ मा किनबेच भएकाे थियाे ।