Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग
चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०८१

काठमाडाैं - निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए । 

नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ । प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गरेकाे अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित बनिसक्नु भएको छ । कुनै समय नयाँ कलाकारलाई चलचित्रमा ल्याउन ‘होस्टेल’ शृङ्खला उपयुक्त मानिन्थ्यो । तर, विविध कारणले यसको दोस्रो शृङ्खलापछि तेस्रो बन्न धेरै समय लाग्यो । ‘होस्टेल रिट्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ तयार भएर आउँदो फागुन २३ मा प्रदर्शन हुँदैछ । 

यसपटक चलचित्र निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार नयाँ छन् । विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ । यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा प्रारम्भ गरेकाे पदम तामाङ भारतको सिक्किममा बसोबास गर्नुहुन्छ । आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोजे ।

“मलाई बेलाबखतमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ । साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो । अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो । त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन”, अभिनेता तामाङले भने । 

Hardik health

यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सबै सहकर्मी र परिवारले समेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गरे  । सोही कारण उनले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ परिचयको सुरुआत गरेका  छन्  । यस्तै, कथा अभिनेत्री सिम्रन पन्तको पनि रहेको छ । विद्यालयमा अभिनय गर्दा कहिले एक्लै चलचित्र हेर्न समेत नपाउनुभएकी उनी अहिले चलचित्रमा अभिनेत्री बनेका छन्  । 

बेलाबखतमा परिवारसँग चलचित्र भवन पुग्दा उनलाई खुसी मिल्ने रहेछ, सोही कारण उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लागे । फलतः ‘अडिसन’मार्फत उहाँ अभिनेत्रीका रुपमा छानिए । “मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ । तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भए तापनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ । मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन”, अभिनेत्री पन्तले भनिन् । 

उनी खुसी हुनुको कारण अभिनेता तामाङ झैँ ‘होस्टेल’ शृङ्खलाको दर्शक भएर हो । उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई चलचित्रमा पाउँदा अभिनेत्री पन्त दङ्ग परिन् ।  किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढाव समेत चलचित्रमा समावेश गरिएको थियो । या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो । तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भए । 

“प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ । फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो । म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु । म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर । आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ”, अभिनेता ठकुरीले भनिन् । 

उनलाई चलचित्रमा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ । सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण सजिलै चलचित्र बन्यो । सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाउनु भए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ । तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन् । यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्ने अर्का कलाकार हुन्, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गरेकाे अभिनेता घिमिरे कलाकार केदार घिमिरेका छोरा हुन्  । 

बुबा टेलिशृङ्खला र चलचित्रमा स्थापित भए तापनि अभिनेता घिमिरेले केही साङ्गीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिके ।  उनले केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामि’ नामक नाटक र रामभजन कामतले निर्देशन गरेकाे ‘काल’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा अभिनय गरे ।

“चलचित्र बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ । निर्माण समूहले खोजे झैँ पात्र भए तापनि धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ । म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे । सोही कारण आफूले सक्दो मेहनत गरेर चलचित्रसम्म आएको हुँ”, अभिनेता घिमिरेले भने । 

अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो चलचित्र भएकाले नर्भस, उत्साह र डर सबैमा थियो । एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायाङ्कनको पहिलो डर सबैमा थियो । किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो ।

“हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ । किनकि प्राविधिक सबै पोख्त हुन्। हाम्रो कारणले उहाँको कामसमेत सफल हुन्थेन । तर, छायाङ्कन अगाडि हामीले होस्टेल शृङ्खलामा अभिनय गरेकाे पुराना कलाकारलाई भेटेर उनको अनुभव सुनेका थियौँ, त्यसले हामीलाई आत्मविश्वास बढाउन मदत ग¥यो”, अभिनेता ठकुरीले भने । 

‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताउनुभयो । नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो । त्यही ऊर्जाले उनीहरूलाई छायाङ्कन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मदत गर्यो । 

चलचित्रमा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन्  । उनी सम्पूर्ण कलाकार चलचित्र ‘होस्टेल ३’ को सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिएका  छन्  । पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिएका छन्  । दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा हुन् । “म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ । किनकि यसमा पनि मेरो पात्रले गर्ने गतिविधिले चलचित्र हेर्न आउनु हुने दर्शक हाँस्न बाध्य बन्नु हुन्छ । साथै, आफ्ना रोकिएको कामको पनि सुरुआत गर्छु”, अभिनेता तामाङले भने । 

व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’ लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक सशान कँडेलले बताए । “म आफैँ निर्देशकका रुपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा ल्याएको छु । उनीहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नुहुनेछ भन्ने मलाई लागेको छ । तर, अहिलेको जस्तै मेहनती र सरल भने रहन सक्नुपर्छ”, निर्देशक कँडेलले भने। 

यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो । ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुने भए तापनि यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको चर्चा भने अहिले नै बढिरहेको छ । 


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP