Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • न्यायका लागि जुट्दै वैदेशिक रोजगारपीडित
देशभरका ८० हजार पीडित सडकमा आउने चेतावनी न्यायका लागि जुट्दै वैदेशिक रोजगारपीडित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०८१
तस्बिरः रिपोर्टर्स क्लब

काठमाडौं– वैदेशिक रोजगारीको नाममा विभिन्न म्यानपावर कम्पनी र कन्सल्टेन्सीबाट ठगिएका युवाहरुले न्यायको माग गरेका छन् । उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै न्याय नपाए सडकमा उत्रने चेतावनी दिएका छन् । देशभरबाट करिब ८० हजार युवा ठगीमा परेको उनीहरुको दाबी छ ।

पत्रकार सम्मेलनमा १० वटाभन्दा बढी म्यानपावरबाट ठगिएका युवाहरुका साथै अभियन्ताहरुकोसमेत उपस्थिति रहेको थियो । युवाहरु आफ्नै देशभित्र ठगिँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै उनीहरुले आक्रोश पोखे । म्यानपावर तथा कन्सल्टेन्सीबाट ठगिएकालाई न्याय माग्न प्रदर्शन गर्दा सरकारले उल्टै आफूहरुमाथि दमन गरेको गुनासो गरेका छन् ।

पीडितहरुलाई एकजुट गराइरहेका अछामका प्रकाश रावलले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र श्रममन्त्री शरतसिंह भण्डारीले आफूहरुलाई न्याय दिलाउने अपेक्षा रहेको बताए । पीडितको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको उनले बताए । ‘काठमाडौं ब्राइट ह्युमन रिसोर्स प्रालिका सञ्चालकले पीडितलाई उकास्ने काम बन्द नगरे मारेर फलिदिने धम्की दिएका छन्,’ उनी भन्छन्, ‘तर म आफैं पीडित हुँ, २६ महिनादेखि मरेर हिँडिरहेको छु । मैले काम गर्दै आएको कन्सल्टेन्सी फरार भएको छ । सबैलाई कारबाहीको दायरामा नल्याएसम्म म पछि नहट्ने छैन ।’

श्रममन्त्री भण्डारीलाई आफ्नो समस्या सुनाउन जाँदा २६ महिनाअघि आफू श्रममन्त्री नभएको भन्ने ठाडो जवाफ दिएर पन्छिएको रावलले बताए । मुद्दा दर्ता गराउन जाँदा आफूहरुलाई घण्टौं कुराउने, सरकारसँग आफ्नो समस्या राख्न जाँदा प्रहरी प्रशासनको प्रयोग गरेर थुन्न लगाउनेजस्ता ज्यादती सरकारले गरेको भन्दै ८० हजार युवा सडमा उत्रिए थाम्न गाह्रो पर्ने चेतावनी दिए । सरकारले ठगलाई उन्मुक्ति दिएर पीडितलाई थुन्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

Hardik health

अर्का अभियन्ता अर्जुन पौडेलले सरकार र वैदेशिक रोजगार व्यवसायी मिलेर पीडितहरुमाथि आक्रमण गरेको आरोप लगाए । न्याय नपाएसम्म आफूहरु पीडितको साथमा रहने उनको भनाइ छ । ‘सरकारले व्यवसायीहरु समस्यामा रहेको बताउँदै आएको छ । व्यवसायी र पीडित दुवै पक्षलाई एकै ठाउँमा राखेर संवाद गर्न सरकार किन चाहँदैन ?,’ उनले प्रश्न गरे । 

कन्सल्टेन्सीपीडित कैलालीका नवराज भट्टले न्याय माग्न जाँदा उच्च पदस्थहरुले ‘हामीलाई सोधेर पैसा दिएको हो ?’ भनेर उल्टै प्रश्न गर्ने गरेको गुनासो गरे । कानुनी बाटो अपनाउँदा पनि अदालतबाट मिल्न दबाब दिएको उनको भनाइ थियो । पीडितलाई चोटमाथि चोटलाग्दा सरोवारवालाहरु मूकदर्शक बनेको उनले बताए । ‘वैदेशिक रोजगार विभागले पनि हामीलाई विभिन्न बहानामा झुलाउने काममात्र गरेको छ । सबै पीडितहरु एकजुट भएर पीडकको कठालो समातेरै छोड्नुपर्छ,’ भट्टले आक्रोश पोेखे ।

अर्का पीडित राकेश शाक्यले दुई वर्षअघि राइट कन्सल्टेन्सीले फिनल्यान्ड पठाइदिने भनेर ठगी गरेको र त्यसपछि बानेश्वरको सबकुरा प्रालिले क्रोएसिया पु¥याउने भन्दै फेरीि ठगी गरेको बताए । ‘म सहित मेरी श्रीमती र भाइले पनि दुईवटै कन्सल्टेन्सीमा पैसा बुझाएका थियौं । जोबाट पनि ठगिने मात्र भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो भइरहँदा पनि सरकार हेरेरै मात्र बस्ने रहेछ ।’

पत्रकार सम्मेलनमा बानेश्वरमा अवस्थित सबकुरा प्रालि, ललितपुरको इटुडब्ल्यू, कलंकीको पल्स वेभ कन्सल्टेन्सी, कार्की कन्सल्टेन्सी तथा विभिन्न म्यानपावर पीडितहरु उपस्थित भएका थिए । सबकुराले ७०० जना, ललितपुरको इटुडब्ल्यूले ७०० जना, कार्की कन्सरटेन्सीले ३०० जना, महाराजगञ्जको ब्राइट ड्रिमले ७०० जनाबाट पैसा उठाएर भागेको घटना पछिल्लोपटक सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले पनि पछिल्लो दुई–तीन महिनायता कन्सल्टेन्सीबाट ठगीका घटना बढ्दै गएको बताएको छ । 

 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP