Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका विषयमा प्रधानमन्त्री ‘असंवेदनशील’ 
जवाफ माग्दा उल्टै प्रतिप्रश्न– म म्यानपावर व्यवसायी हुँ ? वैदेशिक रोजगारीका विषयमा प्रधानमन्त्री ‘असंवेदनशील’ 
ममता थापा
ममता थापा सोमबार, फागुन ५, २०८१

काठमाडौं– ‘झण्डै ७० लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारमा भएको अवस्थामा वार्षिक ४० खर्बभन्दा बढी रेमिट्यान्स आउनुपर्नेमा यो वर्ष १३–१४ खर्बमात्रै आउने देखिन्छ । हुण्डीमार्फत खुलेआम कालो धनसँग मिलान भइराख्दा तपाईं किन मौन ?’ आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारको सदनमा सोधेको प्रश्न हो यो ।

बुधबार प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम थियो । सोही क्रममा सांसद साहले प्रधानमन्त्रीसमक्ष प्रश्न राखेका थिए । उनले ओलीलाई जम्मा आठवटा प्रश्न राखेका थिए । सुरुका तीन प्रश्न वैदेशिक रोजगारी र विदेशमा रहेका नेपालीहरुसँग सम्बन्धित थिए । उनले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ, उनीहरुको पैतृक सम्पत्ति कुन अवस्थामा छ, अवैध सम्पत्तिहरुलाई राज्यको स्वामित्वमा ल्याउन तपाईंले के–के गर्नु भो, योजना के छ ? भनेर सोधेका थिए ।

त्यस्तै अर्को प्रश्न वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूले ट्रेड युनियनको हक नपाउनेगरी किन श्रम सम्झौता गर्नु भो ? अहिलेको २१औ शताब्दीमा नेपाली मजदुरलाई दासताको जीवनमा धकेल्दा कति लाभ पाउनुभयो ? भन्दै सोधेका थिए ।त्यसपछि उत्तर दिने पालो थियो ओलीको । सधैं तीखा अनि कुटिल जवाफ फर्काउने ओलीले सांसद साहका प्रश्नको उत्तर दिएनन् । उल्टै साहका प्रश्नहरु मनमा रहेका विरोध, आक्रोश आदिले अपमानजनक रहेको भन्ने टिप्पणी गरे । ओलीले फेरि भने, ‘संसद्जस्तो गरिमामय ठाउँमा युवालाई विदेश पठाएर तपाईंलाई के लाभ भयो जस्ता भाषा ? के म म्यानपावर कम्पनीको मान्छे हो ? तपाईंले भनेका ७० लाख मानिस म प्रधानमन्त्री भएको आठ महिनामा गएका हुन् ?’

Hardik health

ओलीले यत्ति भन्दा साह पुनः माइक समातेर केही भन्न खोज्दै थिए तर सभामुख देवराज घिमिरेले उनलाई दोहोरो प्रश्न गर्न नपाइने भन्दै आसनग्रहण गर्न भने । ‘उहाँको प्रश्नमा उत्तर दिइरहनुपर्ने आवश्यकता छैन किनकि उहाँले प्रश्नमै उत्तर बोकेर आउनुभएको छ’ भन्दै ओलीले त्यसै टारिदिए । बैठकपछि साहले आफूले बुधवारको पूर्वनिर्धारित प्रश्नोत्तर कार्यक्रमका लागि भनेर चार दिनअघि नै प्रश्न दर्ता गराएको सञ्चारकर्मीमाझ बताए । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्रीले ‘प्रश्नोत्तर’ भन्ने कार्यक्रमको धज्जी उडाउनुका साथै कानुनी शासनको उपहास गरेको प्रतिक्रिया दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद् ९ को व्यवस्था अनुरुप प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने प्रावधान छ । जहाँ प्रधानमन्त्रीले प्रश्नकर्ताको जवाफ तत्काल दिनुपर्ने उल्लेख छ । प्रश्नकर्ताले आफूले सोध्ने प्रश्नको जवाफ तीन दिनअघि नै दर्ता गराउनुपर्छ । यस्तो हुँदा प्रधानमन्त्री हरेक प्रश्नको जवाफसहित उपस्थित हुन्छन् भन्ने अपेक्षा गरिन्छ । तर बुधबार प्रधानमन्त्री ओली तयारीविनै उपस्थित भएको अनुमान गर्न सकिन्थ्यो । वैदेशिक रोजगारीमा देखिएका समस्याहरुका विषयमा अध्ययन र योजनासहितको उत्तर दिनुपर्ने ठाउँमा उल्टै प्रश्नकर्ताको कमजोरी देखाएर पन्छिए ।

मुलुकमा रोजगारीको अभावमा दैनिक करिब दुई हजार युवा विदेस गइरहेको अवस्था छ । युवाहरु विदेसिने ग्राफ उकालो लागिरहँदा यस क्षेत्रका समस्याहरु पनि उत्तिकै विकराल छन् । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या सात लाख ४१ हजार २९७ थियो । २०७८ को जनगणनाले झण्डै २२ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको देखाएको छ । उक्त अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

सांसद साहले सोधेजस्तै अवैधानिक माध्यमबाट नेपालीहरुले पैसा पठाउने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले नै देखाएको छ । तर यस्तो कारोबारमा संलग्न कति छन्, कति रेमिट्यान्स हुन्डिमार्फत भित्रिन्छ भन्ने तथ्यांक सरकारसँग छैन । अरु त परको कुरा युवाहरुको रोजगारीको केन्द्र बनेको खाडी मुलुकबाट कति विप्रेषण भित्रिन्छ भन्ने रेकर्ड राष्ट्र बैंकसंग नभएको अवस्था छ । नेपालको नागरिकता त्यागी विदेशमा बसोवास गर्दै आएकाको पैतृक सम्पत्तिलाई राज्यले कसरी सदुपयोग गर्ने जस्ता विषयमा राज्यले काम गर्नुपर्ने ठाउँमा सरकार प्रमुखले उल्टै म म्यानपावरको मान्छे होइन भन्ने जवाफ दिएर पन्छिए । 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP