Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #‘छड्के तिलहरी’
  • #लिपुलेक
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #घुँगीफोर गरुड
Search Here
विचार
  • Home
  • विचार
  • प्रजातन्त्र र समाजवाद उन्मुख अर्थतन्त्र
प्रजातन्त्र र समाजवाद उन्मुख अर्थतन्त्र
शीतलप्रसाद महतो/रासस
शीतलप्रसाद महतो/रासस सोमबार, फागुन ५, २०८१

मुलुकको आर्थिक रूपान्तरण अहिलेको आम चासोको मुख्य विषय हो । पछिल्लो समय यो राजनीतिक असन्तुष्टि पोख्ने मुख्य मुद्दा पनि बनेको छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको चार दशकभन्दा बढी भइसक्दा पनि आमनागरिकको आर्थिक अवस्थामा बदलाव ल्याउन नसकेकामा आम असन्तुष्टि तीव्र देखिन्छ । 

आर्थिक रुपान्तरण हुन नसक्दा मुलुकमा गरिबी, बरोजगारी र असमानता झन् बढ्दो छ । यसो हुनुका प्रमुख कारण राजनीतिक अस्थिरता र छिटोछिटो सरकार परिवर्तनलाई देखाइने गरिन्छ । त्यसो त सरकार परिवर्तनको कार्यलाई लोकतान्त्रिक अभ्यासको रुपमा व्याख्या गरिएको छ । नेपालको संविधानले समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको समावेशी राष्ट्रको रुपमा आफूलाई स्थापित गरेको छ । 

हुन त समाजवाद, सामाजिक न्याय र समानताका लागि आवश्यक छ । अर्को अर्थमा भने हो भने समाजको हित नै समाजवाद हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबैप्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक शासन पद्धतिको माध्यमद्वारा दिगो विकास, सुशासन र समृद्धि गर्नु नै समाजवादी अर्थव्यवस्थाको मूल लक्ष्य रहेको छ । यो लक्ष्यमा पुग्नका लागि मुलुकको सङ्घीय संरचनामा तीन तहको सरकारको व्यवस्था गरेको छ ।

मुलुकमा उच्चस्तरको आर्थिक रुपान्तरण हासिल गर्ने हो भने तीनै तहका सरकारले गरिब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग एवं समुदायलाई राष्ट्रिय विकासको मूलप्रवाहमा ल्याई उनीहरुलाई राज्यको उत्पादनशील स्रोत साधनमाथिको पहुँच, उपभोग र नियन्त्रणमा समानता र न्याय स्थापना गर्नै पर्दछ । वास्तवमा राणाशासनको अन्त्य गर्दै २००७ फागुन ७ गते स्थापना भएको प्रजातन्त्रले नै मुलुकमा आर्थिक विकासको जग राखेको थियो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ सालको संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो ।

त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो । प्रजातन्त्रका उपलब्धिको लाभ आम जनसमुदायसम्म पु¥याउन राज्यका सबै संरचनामा जनताको सहभागिता आवश्यक हुन्छ । राज्यका सबै संरचनामा जनताको सहभागिता प्रजातन्त्रमा मात्र सम्भव हुन्छ । प्रजातन्त्रको विकल्प भनेको अझ उन्नत लोकतान्त्रिक अभ्यास मात्र हुन्छ । कुनै पनि मुलुकलाई अगाडि बढाउने दिशामा त्यहाँको संविधान नै मूलदृष्टि र मार्गचित्र हुने गरेको छ र हुनु पनि पर्दछ ।

मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै आम नागरिकले आधारभूत वस्तु तथा सेवाको सुनिश्चित, गरिबीबाट मुक्ति, रोजगारीको उपलब्धता, सामाजिक न्याय र समता, सामाजिक कल्याण र सुरक्षा, स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारको प्रत्याभूति, मानवअधिकारको सम्मान, स्वच्छ र सफा प्राकृतिक वातावरण, सक्षम सुदृढ, सबल र प्रभावकारी प्रशासकीय संयन्त्र र सेवाप्रवाहमा गुणस्तरीयता सहितको सबैले अनुभूति गर्न सक्ने विकासको अपेक्षा गरेका छन् ।

नेपालको संविधानको मूल सार नै समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने उल्लेख भएबाट नेपालको आगामी यात्रा समुन्नत समाजवादी राष्ट्र निर्माणतर्फ केन्द्रीत भएको स्पष्ट छ । त्यसैले हाम्रो विकासको अवधारणा अब उपेक्षित, शोषित र बहिष्करणमा परेका समुदायको समानुपातिक समावेशीकरण, जोखिम व्यवस्थापन, सुशासनको प्रत्यभूति, दिगो शान्ति तथा समावेशी र समानुपातिक समन्यायिक विकास सहित राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र प्रशासकीय समुत्थानतर्फ केन्द्रित हुनुपर्दछ । समाजवाद उन्मुख आर्थिक विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय तहमा आर्थिक, सामाजिक र वातावरणीय विकास तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी नीति कस्तो हुनुपर्छ भन्ने कुरामा अब बहस चलाउनु आवश्यक छ । त्यसैले अबको हाम्रो लक्ष्य भनेको नै सङ्घीयता कार्यान्वयनमार्फत समृद्ध र सम्मुन्नत नेपालको निर्माण गर्नु नै हो । यसैतर्फ नेपालका नीति तथा कार्यक्रम उन्मुख हुनुपर्छ । 

स्रोतसाधन र सम्पत्तिको न्यायोचित बाँडफाँट 

सङ्घीयता त्यतिबेला प्रभावकारी हुन्छ, जब राज्यका तीनै तहसँग स्रोतसाधनको उपयुक्त पहुँच र अधिकार सुनिश्चित हुन्छ । स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारबीच एवं प्रदेश–प्रदेश र प्रदेश–स्थानीय तहबीच सम्पत्ति तथा आम्दानीको यथोचित बाँडफाँट नै सङ्घीयतामा आधारित शासन प्रणालीको सफलताको प्रमुख शर्त हो । त्यसैले सङ्घीय संरचनामा मुलुकको साधन र स्रोतको न्यायोचित बाँडफाँटलगायतका काम गर्न संवैधानिक अङ्गका रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परिकल्पना संविधानले गरेको छ । मुलुकमा उपलब्ध साधनस्रोत र आम्दानी कसरी विभिन्न तहबीच बाँडफाँट गर्ने भन्ने प्रस्ट विधि निर्धारण गर्न तत्काल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गनुपर्ने अहिलेको अपरिहार्य आवश्यकता छ ।

वास्तवमा समाजवादी शासन अर्थ व्यवस्थाका मूलभूत विशेषता भनेको नै उत्पादकत्व वृद्धि, उत्पादनका साधनस्रोतमाथि स्थानीय, समुदाय, उत्पादक र श्रमिक वर्गको पहुँच र नियन्त्रणको सुनिश्चित, खुला र प्रतिस्पर्धी बजारको विकास एवं पुँजीमा वृद्धि, समन्यायिक कर प्रणाली, पुँजीको पुनःवितरण र स्वतन्त्र सामुदायिक जनसङ्गठनको विकास र समृद्ध समावेशी राष्ट्र निर्माण आदि हुन् । नेपालको प्राकृतिक स्रोतसाधन (जल, जङ्गल, जमिन) को दिगो व्यवस्थापन गर्दा समाजवादी अर्थव्यवस्थाका यिनै विशेषताहरुलाई आधार मानेर गर्नुपर्छ । 

(क) उत्पादकत्व वृद्धि: नेपालको प्राकृतिक स्रोत साधन र उद्योग कलकारखानाको उत्पादन र उत्पादकत्व क्षमतामा व्यापक परिमाणमा वृद्धि गर्नुपर्ने हुन्छ । मुलुकमा राष्ट्रिय उत्पादकत्व वृद्धि हुन नसक्दा नै नेपालको अर्थतन्त्र परनिर्भतातर्फ उन्मुख भएको छ । कृषिप्रधान मुलुक भएर पनि खाद्यान्नमा परनिर्भर हुनु परेको तीतो यथार्थ हामीसँग छ । कूल गार्हस्थ्य उत्पादनमा विप्रेषणको महत्वपूर्ण योगदान देखिए पनि यसको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा अर्थात उपभोगमा मात्र खर्च हुने गरेको छ । त्यस्तो उपभोग आयातित वस्तुबाट पूरा हुने हुँदा आयात वृद्धि भई व्यापारघाटा चुलिदैं गएको हो । ‘हरियो बन नेपालको धन’ भन्दा हामीलाई गर्ब लाग्ने गर्दथ्यो तर अहिले त्यो इतिहासमा सिमित भइसकेको छ । 

हरियो बन सक्यो, चुरे विनासमा पनि तीब्रता हुँदैछ । नदीनाला र खोलाको ढुङ्गा बालुवामा माफियाहरुको विगबिगी कहिल्यै अन्त्य भएन । मुलुकमा वर्षेनी अर्बै रुपैयाँ मूल्य बराबरको काठ र जडिबुटीबाट बनेका औषधि तथा सामग्री आयात भइरहेका छन् । तीन दशकअघिसम्म चामल निर्यात गर्ने नेपाल अहिले हरेक महिना सरदर दुई अर्ब रुपैयाँको चामल आयात गर्ने मुलुकमा परिणत भएको छ । विगत १० वर्षमा कृषिको वार्षिक उत्पादन तीन प्रतिशतभन्दा नबढेको तथ्यांक छ । कम्तिमा दुई तिहाई जनता कृषिमा आधारित भएर जम्मा एक तिहाई मात्र कूल गार्हस्थ उत्पादन गर्ने नेपालको कृषि उत्पादन र उत्पादकत्व बढाउने दीर्घकालीन कृषि योजना आयो र गयो पनि तर उपलब्धि जस्ताको त्यस्तै रह्यो ।

यस्तो अवस्थामा अब सङ्घीय, प्रदेश र स्थानीय सरकारले उपयुक्त प्रकारको नीति, कार्यक्रम बनाई यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनसँगै उत्पादन र उत्पादकत्व क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यस्तै पुँजी, प्रविधि र व्यवस्थापनको माध्यमबाट नेपालको कलकारखाना र उद्योगको उत्पादन क्षमता र उत्पादकत्व वृद्धि गर्नुपर्छ । 

(ख) उत्पादक वर्ग (स्थानीय समुदाय र श्रमिक) को हकहितको रक्षा: प्राकृतिक स्रोत साधन र उद्योग कलकारखानाहरु उत्पादनका साधन हुन् । यी उत्पादनका साधन स्रोतमाथि उत्पादक वर्ग अर्थात स्थानीय समुदाय र श्रमिक वर्गको अधिकार र सम्मानजनक सहभागिता भएन भने उत्पादकत्व वृद्धि हुन सक्दैन । यसका लागि उपयुक्त प्रकारका प्रविधि, पुँजी, सीप र लगानीको पनि उत्तिकै आवश्यकता पर्छ । त्यसैले समाजवादोन्मुख राष्ट्र निर्माणका लागि प्राकृतिक स्रोतसाधनमाथि स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित, महिला र गरिब तथा विपन्न वर्ग एंव समुदायको सार्वभौम अधिकारको सुनिश्चित नीतिगत र कानुनी रुपमा गर्नुपर्छ ।

किनभने प्राकृतिक स्रोतमा निर्भर समुदाय, उद्योग, कलकारखानामा काम गर्ने श्रमिक वर्ग नै प्रमुख रुपमा उत्पादक वर्ग हुन् । कुनै पनि मुलुकको सामाजिक, राजनीतिक, आर्थिक, वर्गीय, क्षेत्रीय, प्रादेशिक सबै समस्याहरुको सोझो सम्बन्ध त्यहाँको आर्थिक गतिविधिसँग गाँसिएको छ । किनभने आर्थिक सम्बन्ध वा अन्तरसम्बन्धमा देखापर्ने जटिलता वा समस्याका कारण नै समाजमा सामाजिक, राजनीतिक, धार्मिक, वर्गीय, जातीय, लिङ्गीय विभेद्हरु सिर्जना हुन्छ । यिनै विभेद्हरु गहरिएर बढ्दै जाँदा समाजमा द्वन्द्व, विद्रोह र विखण्डनजस्ता कुराले प्रश्रय पाउँछन् । त्यसैले आर्थिक सम्बन्ध वा अन्तरसम्बन्ध तथा यसत्रबाट सिर्जित सामाजिक, प्रादेशिक र राष्ट्रिय तरङ्गहरुको विश्लेषण गर्नु भनेको नै मुलुकमा विद्यमान समस्या वा जटिलताहरुको सुक्ष्म रुपमा उपचार खोज्न सक्नु नै हो । 

(ग) स्वतन्त्र बजार र पुँजीको विकास: प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन र उद्योग कलकारखाना एवं सेवा क्षेत्रबाट भएको उत्पादनलाई बजारमा स्वतन्त्रतापूर्वक प्रवेश गर्न दिई पुँजीबजारको विकास गर्न दिन सक्नुपर्छ । स्थानीयदेखि राष्ट्रिय उत्पादनको सुरक्षाका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजन गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । किनभने स्वतन्त्र बजार र पुँजीको विकास नै समाजवादी अर्थव्यवस्थाको मूल मर्म हो । 

(घ) समन्यायिक कर प्रणाली: कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य र दायित्व पनि हो । त्यस्तै नागरिकबाट संकलित करको सही र उपयुक्त उपयोग गर्नु राज्यको दायित्व हो । तर नेपाली समाजमा कर तिर्नुपर्छ भन्ने मान्यता स्थापित भइनसकेको अवस्थामा आम नागरिकलाई सहजरुपमा कर तिर्ने वातावरणको सिर्जना गर्नु राज्यको कर्तव्य हो । नागरिकले कर तिरेअनुसारको सेवासुविधा प्रदान गर्न नसक्नु र सोही करको दुरुपयोग गर्दै पहुँचवालाहरुले व्यक्तिगत प्रयोजनमा खर्च गर्ने प्रवृति नै यसको प्रमुख कारण हो ।

राज्यलाई प्रभाव पार्न सक्ने सीमित व्यक्तिले यसरी करको दुरुपयोग गर्दा सम्रग कर नीति र प्रणालीप्रति नै आम जनताको नकारात्मक सोच उत्पन्न हुनु दुर्भाग्यपूर्ण हो । स्वतन्त्र बजार र पुँजीको विकास संगै त्यसकाट हुने आम्दानीमा समन्यायिक कर प्रणालीको विकास गर्नुपर्छ । यसो भन्नुको अर्थ धेरै आम्दानी गर्नेले धेरै कर तिर्ने र कम आम्दानी गर्नेले कम कर तिर्ने र कमाई गर्न नसक्ने गरिब, विपन्न वर्गले कर छुट प्राप्त गर्ने कर प्रणाली नै समन्यायिक कर प्रणाली हो । 

(ङ) पुँजी र राजस्वको न्यायोचित वितरण: समाजवादोन्मुख समृद्ध राष्ट्र निर्माणका लागि आर्जन गरेको पुँजी र जम्मा भएको राजस्वलाई स्थिर भएर राख्नुभन्दा यसको न्यायोचित परिचालन गर्नुपर्छ । यस्तो पुँजी र राजस्वको बाँडफाँट गर्दा गरिब, विपन्न जनताको जीविकोपार्जनको समस्या समाधान गर्न ज्येष्ठ नागरिक, विधुवा, शारीरिक असक्त, बालबालिका आदिका लागि बिशेष भत्ता व्यवस्था गर्नुपर्छ ।

यसैगरी पिछडिएको वा पछाडि पारिएको दुर्गम र अन्य क्षेत्रमा विशेष बजेट र कार्यक्रम सञ्चालन गर्नुपर्छ । साथै, मानवीय पुँजी बढाउन, भोकमरी कम गर्न र खाद्य सुरक्षा कायम गर्नमा यसले महत्वपूर्ण योगदान गर्छ । त्यस्तै रोजगारी प्रवर्द्धन गरी समग्रमा समावेशी आर्थिक विकास एवं वृद्धि हासिल गर्नमा यसको भूमिका महत्वपूर्ण रहेको छ । आय र अवसरहरुमा सबैको समानुपातिक पहुँच बढाउने आर्थिक नीतिलाई बल पु¥याउने हुँदा सामाजिक सुरक्षा कार्यक्रमलाई विश्वका धेरैजसो मुलुकले आत्मसात् गर्दै आएका छन् ।

सामाजिक सुरक्षा भनेको कुनै व्यक्ति वा लक्षित समूहलाई नगद हस्तान्तरण गर्नु भन्ने मात्र होइन, उनीहरुका लागि आयमूलक, अन्य मानवीय विकासको अवसर सिर्जना र कर सहुलियत, बजार सम्बन्ध, शैक्षिक र स्वास्थ्यजन्य पहुँच सुनिश्चित गर्नु पनि हो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कुनै देशले वृद्धवृद्धा वा ज्येष्ठ नागरिक वा गरिबलाई सोझै नगद अनुदान दिइने व्यवस्था गरेका हुन्छन् भने धेरैजसो देशले त आयआर्जन र अन्य समान पहुँचको अबधारणालाई अभ्यास गर्दै आएका छन् ।

(च) स्वतन्त्र, आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माण: अभावबाट मुक्ति, दिगो र समानुपातिक विकास, स्वतन्त्रता र पहिचानसहितको आत्मसम्मानयुक्त जीवन आमनेपालीको अभिलाषा हो । सम्मानजनक र लाभजन्य रोजगारी सिर्जना गर्ने तथा आर्थिक असमानता घटाउँदै क्षेत्रीय र प्रादेशिक सन्तुलन कायम गर्ने, रोजगारमूलक, गरिबोन्मुख र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता देखाउने, भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासमा जोड दिई समावेशी विकाससहितका लक्षित कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयहरु चुनौतीपूर्ण बन्दै गएका छन् ।

त्यसैले अबको मुख्य दायित्व भनेको नै गरिबी निवारण, भूकम्पपछिको पुनःनिर्माण र मुलुकको आर्थिक तथा सामाजिक विकास एवम् सम्बृद्धि हुनुपर्छ । यसका लागि सरकार र राजनीतिक दल अत्यन्त गम्भीर भएर संघीयताको उपयुक्त अवधारणालाई प्रभावकारी र व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याउन सक्नुपर्दछ । सङ्घीयतासहित समावेशी स्वरुपमा आधारित आर्थिक, सामाजिक, राजनीतिक र संस्थागत नीतिको अवलम्बनबाट मात्र आर्थिक समृद्धि र सामाजिक न्यायसहितको आर्थिक विकास हुन सक्दछ । त्यति भए मुलक अवश्य आर्थिकरुपले समृद्ध र समाजवादोन्मुख अर्थतन्त्रको विकास सुनिश्चित हुन्छ ।


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वनको अवस्था र अर्थतन्त्रमा योगदान
वनको अवस्था र अर्थतन्त्रमा योगदान बुधबार, भदौ ४, २०८२
कृष्णाष्टमीको महिमा 
कृष्णाष्टमीको महिमा  मंगलबार, भदौ ३, २०८२
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू !  मंगलबार, भदौ ३, २०८२
वासुदेवचन्द्र मल्ल: इतिहासका स्थापित व्यक्तित्व
वासुदेवचन्द्र मल्ल: इतिहासका स्थापित व्यक्तित्व सोमबार, भदौ २, २०८२
बाफिया संशोधन विवाद हल गर्ने काइदा
बाफिया संशोधन विवाद हल गर्ने काइदा आइतबार, भदौ १, २०८२
पाल्पाका ऐतिहासिक जात्राहरु
पाल्पाका ऐतिहासिक जात्राहरु आइतबार, भदौ १, २०८२
विश्वकप यात्रामा नेपाली क्रिकेटका चुनौती
विश्वकप यात्रामा नेपाली क्रिकेटका चुनौती शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP