Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वार्षिक लक्ष्यमा निराशाजनक नतिजा
वार्षिक लक्ष्यमा निराशाजनक नतिजा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०८१

चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना पार भइसकेको छ । यो अवधिसम्म सरकारको ‘पर्फमेन्स’ भने कमजोर देखिएको छ । यो सरकारकै निकायले सार्वजनिक गरेको तथ्यांकले नै देखाइरहेको छ । माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा प्रस्ट देखिन्छ ।

यस अवधिमा वार्षिक लक्ष्यको तुलनामा आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशतमा सीमित भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस आवमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत सुरुआती विनियोजनको तुलनामा ९०.९९ प्रतिशतमात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु आर्थिक वर्षमा १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख रुपैयाँ बराबरमात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।
सुरुआती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५.८२ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा सात महिनामा पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ६८ अर्ब ४१ करोड ५९ लाख रुपैयाँमात्रै खर्च भएको छ । अर्थात् सुरुआती विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च १९.४२ प्रतिशत हो ।

सरकारको बजेट खर्चमात्र नभइ राजस्व संकलन पनि कमजोर छ । कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व असुली गरेको छ । सात महिनाको राजस्व संकलन सुरुआती लक्ष्यको ४४.८३ प्रतिशत हो ।

Hardik health

यसरी सरकार आफ्नो लक्ष्यमा असफलतातर्फ अघि बढिरहेको तथ्यांकले देखाउँछ । राज्यको ढुकुटीमा न लक्ष्य अनुसार खर्च गर्न सकेको छ, न त विकास निर्माणलाई गति दिने पुँजीगत खर्च । सात महिना बितिसक्दा पुँजीगत खर्च १९ प्रतिशतमा सीमित हुनु लज्जाको विषय हो । भाषण र नारामा मात्रै विकास र समृद्धिको कुरा गर्ने सरकारको व्यवहारमा भने कार्यशैली निकै कमजोर देखाउँछ । यसमा तत्काल सुधार गर्नुको विकल्प छैन ।
 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP