Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • यौनस्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
यौनस्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०८१

काठमाडौं -  यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को आज काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ । शुक्रबारदेखि चलचित्र  प्रदर्शन गरिने भएको छ । 

नेपाली सिनेमा उद्योगमा सामाजिक सन्देशलाई कलात्मक रूपमा प्रस्तुत गर्ने क्रम बढ्दो छ। यही क्रममा आएको नयाँ चलचित्रले पुरुषप्रधान समाजमा यौन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ।

यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताए । यौनस्वास्थ्यको विषयमा बनेको चलचित्र सम्भवत यो नै पहिलो हो । उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उनले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाएका छन् । यस पात्रका लागि उनले कविको पृष्ठभूमि तयार गरेका छन् ।

चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन् । उनले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताएका छन् । उनले भने, “म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।” 

Hardik health

अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताइन्। “हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।”

सामान्यतया नेपाली चलचित्रमा महिलालाई मात्र पीडामा देखाइने चलन छ। तर, यस फिल्मले यो परम्परागत प्रवृत्तिलाई तोड्दै पुरुष पात्रको संवेदनशील पक्षलाई उजागर गरेको छ। कथाले पुरुष पात्रको भावनात्मक संघर्ष, समाजको दृष्टिकोण, र यौन स्वास्थ्यका बारेमा हुने गलत धारणाहरूलाई वास्तविक रूपमा प्रस्तुत गरेको छ।

चलचित्रमा नाम चलेका तथा थिएटरका अनुभवी कलाकारहरूको अभिनय उल्लेखनीय छ। कथावस्तु गम्भीर भए पनि संवाद र दृश्यहरू मार्फत हास्यको मिठास मिसाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने प्रयास गरिएको छ। विशेषगरी, कविको जीवनीलाई समाजले कसरी हेर्ने गर्छ भन्ने सन्दर्भ पनि कथामा जोडिएको छ, जसले कथालाई अझै गहिराइ दिएको छ।

नेपाली समाजमा महिलालाई मात्र कमजोर मान्ने प्रवृत्तिलाई चुनौती दिँदै, यस चलचित्रले पुरुष पात्रको संघर्षलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको छ। समग्रमा, चलचित्रले समाजमा सकारात्मक परिवर्तनको सन्देश दिने निमार्ण पक्षकाे अपेक्षा रहेकाे छ।

प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रसंशा गरे ।‘एडल्ट ड्रामा’ भनिएको यस चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन् । प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायांकन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २३:५८
#एडल्ट ड्रामा
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’ शुक्रबार, जेठ १५, २०८३
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक शुक्रबार, जेठ १५, २०८३
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने शुक्रबार, जेठ १५, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा शुक्रबार, जेठ १५, २०८३
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक बिहीबार, जेठ १४, २०८३
‘गौँथली’को टिजरमा के छ ?
‘गौँथली’को टिजरमा के छ ? बिहीबार, जेठ १४, २०८३
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP