Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • जनकपुर साहित्य महोत्सव : मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन
जनकपुर साहित्य महोत्सव : मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१

धनुषा-   छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे ।

सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भने, “मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभाव हो । सङ्घीयता लागू हुँदा मधेसी समुदायको आकाङ्क्षा पूरा हुने विश्वास थियो । तर, वर्तमान अवस्था हेर्दा ती आकाङ्क्षा अझै परिपूर्ण भइसकेका छैनन् ।”

यस्तै सांसद भट्टराईले मधेसको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैङ्गिक समानता र समुदायबीचको समन्वयमा केन्द्रित रहँदै भने, “मधेसमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठूला उपलब्धिहरू हासिल गरे पनि सामाजिकस्तरमा समानता र समावेशीताको पूर्णतः कार्यान्वयन हुनसकेको छैन । विशेषगरी लैङ्गिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौती छन् ।”

सांसद डा सिंहले मधेसको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे आफ्ना विचार राखे । उनले भने, “मधेसको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको अव्यवस्थित अवस्था सबैभन्दा ठूलो अवरोध बनेको छ । स्वस्थ र शिक्षित जनशक्तिबिना हामी समृद्ध मधेसको परिकल्पना गर्न सक्दैनौँ ।”सत्रका सहजकर्ता पत्रकार टीकाराम यात्रीले विशेष सत्रको समापन गर्दै वक्ताका विचारलाई समेट्दै मधेसको सामाजिक संरचना, राजनीति र समग्र विकासलाई सम्बोधन गर्दै महत्त्वपूर्ण निष्कर्ष प्रस्तुत गरेका थिए ।

Hardik health

उत्सवमा समाजशास्त्री तथा मिथिला संस्कृतिका विशेषज्ञ डा सुवोधचन्द्र भारतीले ‘सीता ः बियाहक संस्कार आ परम्पराके समृद्ध साझा धरोहरक प्रतिरुप’ मा गहन र विचारोत्तेजक प्रस्तुति दिएका थिए । भारतीले मिथिला संस्कृतिमा सीताको विवाह र त्यसको अनन्तकालीन सांस्कृतिक महत्वबारे विस्तृत चर्चा गर्दै सीताको विवाहलाई मिथिला र आर्यसभ्यताको साझा सांस्कृतिक धरोहरका रूपमा व्याख्या गरे  । 

उनले भने, “सीताको विवाह केवल एउटा व्यक्तिगत र धार्मिक घटनामात्र थिएन, यो सम्पूर्ण समाजको समृद्ध सांस्कृतिक परम्परा र मान्यताको प्रतिविम्ब थियो । सीताजस्तो आदर्श व्यक्तित्वको विवाहले नारी सशक्तीकरणको अवधारणालाई पनि बलियो बनाएको छ ।” साहित्य महोत्सवमा ‘उज्यालोको यात्रा’ विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले लोडसेडिङको समस्या कसरी समाधान गरेको भन्ने विषयमा आफ्नो अनुभव सुनाए । सहजकर्ता कुन्दन झाले सञ्चालन गरेको उक्त सत्रमा कार्यकारी निर्देशक घिसिङले नेपालका विद्युत् क्षेत्रका प्रगति, चुनौती र सम्भावनाबारे चर्चा गर्नुभयो ।

महोत्सवमा ‘राज्यको दृष्टिमा मधेस’ शीर्षकमा भएको छलफलमा सांसद सन्तोष परियारले मधेसी समुदायको समस्या र सङ्घर्ष नयाँ नभएको बताए। उनले इतिहासका विभिन्न कालखण्डमा मधेसलाई राज्यले उपेक्षित गरेको बताए । राज्यले मधेसलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएकामा सांसद परियारले चिन्ता व्यक्त गरे। ‘आन्दोलन र साहित्य’ सत्रका प्रमुख वक्ता प्रगतिशील साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपाली साहित्य र आन्दोलनको अद्वितीय सम्बन्धको उजागर गर्दै साहित्य कुनै पनि समाजको गहिरो परिवर्तनको माध्यम मात्र नभई विद्रोहको एक सबल औजार पनि रहेको बताए । उनले नेपाली राजनीतिक आन्दोलन र साहित्यको आपसी सम्बन्धबारे चर्चा गर्दै साहित्यले समाजलाई मात्र नभई चेतनालाई पनि क्रान्तिकारी दिशामा मोड्ने गरेको बताए । उनले साहित्य र राजनीतिलाई केवल दुई अलग विधामात्र नभएर समाज परिवर्तनका लागि परस्पर पूरक तत्वका रूपमा व्याख्या गरे  ।

‘समाज, साहित्य र सिनेमा तीन ‘स’को अन्तरसम्बन्ध’ शीर्षकअन्तर्गत  साहित्य र सिनेमाको आपसी सम्बन्ध, प्रभाव र अन्तरक्रियाका विषयमा  चर्चा गरिएको थियो । कवि विप्लव प्रतीक, अभिनेत्री केकी अधिकारी र अभिनेता तथा लेखक विजय बराल सहभागी उक्त सत्रको सहजकर्ता पूर्णेन्दुकुमार झा रहेको थियो । कवि प्रतीकले समाज र साहित्यको आपसी सम्बन्धका बारेमा आफ्नो दृष्टिकोण राख्दै भने, “साहित्य भनेको समाजको ऐना हो । समाजमा भइरहेका घटना, प्रवृत्ति र विकृतिलाई साहित्यले आवाज दिन्छ । हामीले साहित्यमार्फत समाजलाई विश्लेषण गर्नेमात्र होइन, समाजलाई मार्गदर्शन गर्ने प्रयास गर्छौँ ।”

अभिनेत्री अधिकारीले साहित्य र चलचित्रबीचको अन्तरसम्बन्धलाई उजागर गरे । उनले भने, “ चलचित्र भनेको साहित्यको एउटा दृश्यात्मक रूप हो । साहित्यले जुन भावना, विचार र सन्देशलाई व्यक्त गर्छ । चलचित्र त्यसलाई दृश्य र ध्वनिको माध्यमबाट व्यक्त गर्छ । तर, साहित्यको जस्तो गहिराई प्राप्त गर्न चलचित्रमा अझै धेरै चुनौतीपूर्ण छ । यद्यपि, अहिलेको समयमा धेरै सिनेमा साहित्यमा आधारित हुँदै बनेका छन् । यसले दर्शकलाई गहिरो गरी सोच्न बाध्य पार्छ ।”

अभिनेता तथा लेखक बरालले चलचित्र र समाजको गहिरो सम्बन्धको बारेमा चर्चा गर्दै भने, “चलचित्र भनेको समाजको एउटा चौंकाउने साधन हो । यसको बलियो पक्ष भनेको यो दृश्यमा आधारित हुन्छ र यसले तत्काल व्यक्तिको भावनामा परिवर्तन ल्याउन सक्छ । चलचित्र एक शक्तिशाली माध्यम हो । यसले समाजको सामुन्ने धेरै जटिल मुद्दालाई सजिलोसँग राख्न सक्छ ।”सहजकर्ता झाले समापनमा उक्त सत्रको निष्कर्ष निकाल्दै भने, “समाज, साहित्य र चलचित्र एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यी तीनै माध्यमले एकअर्कालाई प्रभावित गर्छन् र समाजमा ठूलो प्रभाव पार्छन् । साहित्यले समाजलाई बदल्न सक्ने क्षमता राख्छ भने चलचित्रले समाजलाई सशक्त बनाउन सक्छ ।”


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP