Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सदनमा सत्ताकै जुहारी
सदनमा सत्ताकै जुहारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २५, २०८१

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले बिहीबार सदनलाई सम्बोधन गरे । सामान्यतय विपक्षी दलका नेताले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने हो । तर प्रधानमन्त्री केपी शर्मा ओली दाहालको सम्बोधनमा देखिएनन् । बरु संसदमा विरलै देखिने कांग्रेस सभापति शेरबहादुर देउवा दाहाल बोल्दाबोल्दै टुप्लुक्क आइपुगे ।

भन्नलाई सदन विपक्षको भनिन्छ । तर सदन जनताको आवाज बुलन्द हुने ठाउँ हो । बिहीबारको सदनमा शुन्य समयमा जनताको समस्याका विषयमा आवाज उठेपनि विपक्षी दलका नेता र सत्ता पक्षका नेताहरुले विशेष समयमा सत्ताकै जुहारी खेले । माओवादी अध्यक्ष दाहालले शुरुमै वर्तमान सरकार कुनै पनि रुपमा सफल नदेखिएको भन्दै जुनसुकै बेला ढल्न सक्ने चेतावनी दिए ।

सरकार ढल्दैन भन्दै प्रधानमन्त्रीले दैनिक खाइरहने कसमबाट नै सरकार कति कमजोर रहेछ भन्ने प्रमाणित भएको दाहालको भनाई थियो । दाहालले सरकारको आलोचना र आफ्नो गुनगान गाउनेबाहेक बिहीबार एक घण्टा बोल्दा जनताका कुरा सम्झेनन् । विपक्षी दलले सरकारलाई बाटो देखाउने हो । विकासको लागि चुनौति दिने हो । तर दाहालले सरकारको आलोचनाबाहेक केही गरेनन् ।

Nada Auto Show 2026
Hardik health

नयाँ दलका युवा नेताहरुले पनि प्रतिप्रश्नबाहेक केही गरेको देखिएन । आएका कार्यक्रमहरु प्रश्न गर्ने, विरोधका लागि विरोध गर्नेबाहेक अरु काम सदनमा देखिएन । विपक्षी दलले एजेन्डा दिने हो, गल्ती भएका ठाउँमा यसरी गर्ने हो भनी पाठ सिकाउने हो । तर विपक्षी दलका नेताहरुले समस्या देखाएर त्यसलाई ठुलो बनाउने कामबाहेक सदनमा केही गरेको देखिएन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालको भाषण पुरानै अभिव्यक्तिको ‘कम्पाइल’ सिवाय अरु थिएन । सरकारलाई मार्गदर्शन गर्ने कुनै टार्गेट नभएपछि दाहालको दैनिक अभिव्यक्ति हो – यो सरकार छिट्टै ढल्छ । यता प्रधानमन्त्री ओली उस्तै । उखान टुक्क र गीतका लय हालेर अरुलाई मोहित गराउने कला छ उनमा । यही कला देखाउँदै ओलीले माघ १८ गते सदनमा दाहाप्रति कटाक्ष गरेका थिए । सोही कटाक्षको जवाफ दाहालले बिहीबार फर्काएका हुन् । यसरी घन्टौ सदनमा बोल्न जनताका पीरमर्का सम्बोधन भए पो जननिर्वाचित प्रतिनिधि भन्दा सुहाउँछ । उही विरोधका लागि विरोध र प्रश्नका लागि प्रश्न उठाउँदै सत्ताको जुहारी खेल्नु परम्परागत शैली नै भएन र ?
 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP