Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सदनमा सत्ताकै जुहारी
सदनमा सत्ताकै जुहारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २५, २०८१

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले बिहीबार सदनलाई सम्बोधन गरे । सामान्यतय विपक्षी दलका नेताले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने हो । तर प्रधानमन्त्री केपी शर्मा ओली दाहालको सम्बोधनमा देखिएनन् । बरु संसदमा विरलै देखिने कांग्रेस सभापति शेरबहादुर देउवा दाहाल बोल्दाबोल्दै टुप्लुक्क आइपुगे ।

भन्नलाई सदन विपक्षको भनिन्छ । तर सदन जनताको आवाज बुलन्द हुने ठाउँ हो । बिहीबारको सदनमा शुन्य समयमा जनताको समस्याका विषयमा आवाज उठेपनि विपक्षी दलका नेता र सत्ता पक्षका नेताहरुले विशेष समयमा सत्ताकै जुहारी खेले । माओवादी अध्यक्ष दाहालले शुरुमै वर्तमान सरकार कुनै पनि रुपमा सफल नदेखिएको भन्दै जुनसुकै बेला ढल्न सक्ने चेतावनी दिए ।

सरकार ढल्दैन भन्दै प्रधानमन्त्रीले दैनिक खाइरहने कसमबाट नै सरकार कति कमजोर रहेछ भन्ने प्रमाणित भएको दाहालको भनाई थियो । दाहालले सरकारको आलोचना र आफ्नो गुनगान गाउनेबाहेक बिहीबार एक घण्टा बोल्दा जनताका कुरा सम्झेनन् । विपक्षी दलले सरकारलाई बाटो देखाउने हो । विकासको लागि चुनौति दिने हो । तर दाहालले सरकारको आलोचनाबाहेक केही गरेनन् ।

Hardik health

नयाँ दलका युवा नेताहरुले पनि प्रतिप्रश्नबाहेक केही गरेको देखिएन । आएका कार्यक्रमहरु प्रश्न गर्ने, विरोधका लागि विरोध गर्नेबाहेक अरु काम सदनमा देखिएन । विपक्षी दलले एजेन्डा दिने हो, गल्ती भएका ठाउँमा यसरी गर्ने हो भनी पाठ सिकाउने हो । तर विपक्षी दलका नेताहरुले समस्या देखाएर त्यसलाई ठुलो बनाउने कामबाहेक सदनमा केही गरेको देखिएन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालको भाषण पुरानै अभिव्यक्तिको ‘कम्पाइल’ सिवाय अरु थिएन । सरकारलाई मार्गदर्शन गर्ने कुनै टार्गेट नभएपछि दाहालको दैनिक अभिव्यक्ति हो – यो सरकार छिट्टै ढल्छ । यता प्रधानमन्त्री ओली उस्तै । उखान टुक्क र गीतका लय हालेर अरुलाई मोहित गराउने कला छ उनमा । यही कला देखाउँदै ओलीले माघ १८ गते सदनमा दाहाप्रति कटाक्ष गरेका थिए । सोही कटाक्षको जवाफ दाहालले बिहीबार फर्काएका हुन् । यसरी घन्टौ सदनमा बोल्न जनताका पीरमर्का सम्बोधन भए पो जननिर्वाचित प्रतिनिधि भन्दा सुहाउँछ । उही विरोधका लागि विरोध र प्रश्नका लागि प्रश्न उठाउँदै सत्ताको जुहारी खेल्नु परम्परागत शैली नै भएन र ?
 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
सुरक्षाकर्मीको आत्मबल बढाउ
सुरक्षाकर्मीको आत्मबल बढाउ बिहीबार, मंसिर ११, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP