Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारीलई स्वनियमनमा लैजान आधार तयार पारिने
सहकारीलई स्वनियमनमा लैजान आधार तयार पारिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

काठमाडौं -  राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले सहकारीलाई स्वनियमनमा लैजान आधार तयार पार्न लागिएको बताएका छन् । अध्यादेशबाट सहकारी ऐन, २०७४ संशोधन गरी कानुन बनाएर प्राधिकरणको विधिवत् स्थापना भएपछि राजधानीमा आयोजित सञ्चारकर्मीलगायत सहकारी अभियानका अभियानकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले सिद्धान्तअनुसार सहकारी आफैँ स्वयनियमनमा बस्नुपर्नेमा जोड दिए । 

सहकारी स्वनियमनमा नबसे प्राधिकरणले कानुनी कारबाहीको दायरामा ल्याएर नियमन अघि बढाउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवसमेत रहेका पोखरेलले बताए । शून्यमा सहकारीलाई स्वनियमन गर्न नसकिने भएकाले प्राधिकरणले आधार तय गर्न लागेको जानकारीसमेत उनले गराउनुभयो । विधिवत् सपथ गरी पदभार ग्रहण गरेर प्राधिकरणको पहिलो बैठक बसी १५ वटा निर्णयसहित अघि बढेको अध्यक्ष पोखरेले बताए । हाल बचतकर्ताको पैसा दुरुपयोग गरी छ सयभन्दा बढी सहकारीकर्मी जेलमा बसेको र एक हजार पाँच सय जना सहकारी अभियानकर्मी बेपत्ता भएको जानकारी पनि उनले गराए सहकारीमा बचत गरी पैसा नपाएकालाई बचत फिर्ता गराउने आधार तयार गर्न पनि प्राधिकरणले काम गर्ने जनाइएको छ ।

तीनै तहका सरकारको कार्यक्षेत्रमा रहेका करिब ३४ हजार सहकारीमा सुशासन कायम गराउनु प्राधिकरणको मुख्य उद्देश्य रहेको पनि अध्यक्ष पोखरेललेबताए । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष ओमदेवी मल्लले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्जा सूचना केन्द्र समयमा गठन हुन नसक्दा सहकारीको करोडौँ रुपैयाँ जोखिममा परेको बताए । कर्जा असुली न्यायाधीकरण गठन भएपछि सहकारीमा डुबेको पैसा उठ्न थाल्ने उनको भनाइ थियो ।

Hardik health

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी समस्या समाधान गर्न भनी आएको अध्यादेशमा बचत फिर्ता गर्ने विषय उल्लेख हुन नसकेकोबताए । सदस्य र शेयर सदस्य भनी फरकफरक उल्लेख गरिएकाले दुवैको परिभाषा आवश्यक रहेको पनि उहाँको भनाइ थियो । बचत र ऋणको कारोबार गर्ने तथा अन्य सहकारीबीच फरक छुट्याउनुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिनुभएको थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ नेपाल (प्रोस्कुन) का अध्यक्ष उद्धव सापकोटाले अध्यादेशमा कार्य क्षेत्रका आधारमा सीमा तोकिनु उचित नभएकाले यसलाई संशोधन गरिनुपर्नेमा जोड दिए । अर्को जिल्लामा भएको जायजेथा धितो राख्न नपाउने व्यवस्था पनि व्यावहारिक नभएको उनको भनाइ थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP