Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • मारिएर बन्यो सालिक, मार्न लगाएर भयो मालिक !
मारिएर बन्यो सालिक, मार्न लगाएर भयो मालिक !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १५, २०८१

‘दिन सबैको आउँछ ! फालेको ढुंगाको पनि दिन आउँछ ।’ बूढापाकाले त्यसै भनेको कहाँ हो र । अघिल्लो वर्ष पनि आएको थियो, अलि धेरै चिसो र हुस्सु लिएर । तर यो वर्ष बिहानी तातिरहेको थियो । अघिल्लो दिनसम्म सडकमा ओहोरदोहोर गर्ने कहीँ नटिकेर नेपाल पठाइ सवारीसाधनका कारण उडेको धूलोले धुलाम्य भएको थियो सुनौला रङ पोतिएको सालिक ।

अघि–पछि धेरैले देख्थे, हेर्दैनथे । ठिंग उभिएको सुनौलो शुक्रराज शास्त्री वर्षमा एकपटक रंगिएका थिए, शुक्रराजमात्र कहाँ हो र ? धर्मभक्तलाई पनि रंगाइएको छ, कालोले लिपेर । दशरथ चन्द र गंगालाल पनि सिँगारिएका छन् । मिल्ने भए त्यही अर्धकदको सालिकबाट ङिच्च हाँसिदिन्थे होला, ‘तिमेरुका पारा, स्यालहरु ! कति घिच्न सक्छौं घिच । कति लुट्न सक्छौं लुट । अब त हामीले के नै पो गर्न सक्छौं र !’ भन्दै ।
सत्ताका लागि विचार, सिद्धान्त र स्वाभिमान नगुमाएकै कारण हामी सालिक भयौं । लोभीपापी भएर स्वार्थमा लीप्त तिमीहरु मालिक बनिरहेको छौं ।

‘हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए 
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’ 
टेकुको रुखमुनि पहेँलै उभिएका शुक्रराज भन्दै थिए । राणालाई घुँडा टेकायौं, हामीले शिर झुकाएनौं बलिदान दियौं । त्यसैले हामीलाई भूमि लेखिदिए । तर अहिलेका मालिकहरुले हामीलाई हाँसोमा नै मेटिदिएका छन् । शोषक सामन्तको अत्याचारका विरुद्ध हामी चिच्याउँथ्यो, कराउँथ्यो र त हामी मारिएर सालिक भयौं । 

उता सिफलको ओरालोमा कालै बनाएका अर्धकदमा धर्मभक्तका आँखाबाट आँसु झरिरहेका थिए । उनको आँसु मुस्काउँदै पुष्पगुच्छा लिएर जानेले के देख्थे र ? न त संघर्ष त प्रताडित बन्नु परेको । बरु अरुलाई सहिद बनाएरै सालिकका सामु मालिक हुन पाएको । त्यही सालिकमा फनफनी घुमेर एउटा जिउँदो सहिद सालिक बनिसकेको धर्मभक्तलाई च्याप्प समाएर चिच्याउँदै थियो । डाँको छाडेर रुँदै थियो । अरु त तमासे न परे ! एक दिनका लागि गइदिएका । धन्न तिमी मरेर गयौं, सालिक बन्यौं अदृश्यरुपमा तमासा देखिरहेका छौं । हिक्कहिक्क गर्दै भन्दै थिए, ‘तिम्रा सपनालाई कुल्चिएर, विचार, सिद्धान्तलाई बिर्सिएर । केवल आफ्नौ स्वार्थ र सत्ताका लागि लिप्सिएकाहरुबाट म त आजित बनिसकें ।’ वरपर रहेकाहरु अचम्मित बनिरहेका थिए । 

Hardik health

आँसु पुछ्दै, थाहा छ धर्मभक्त तिमीलाई तिमीहरुले बलिदानी दियौं । झुक्दै झुकेनौ बरु बलि चढ्न तयार भयौं र सालिक भयौं । अहिले हेर त आफैं सामन्त बनेर, निमुखा र गरिबलाई मारेर मालिक बनिरहेका छन् ।’ उनी सुनाउँछन् आमा, त्यो आउँछ र ? 

‘हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ 
त्यसको कम्मरमा झुन्डिएको शितजस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसैले ऊ अधर्मसित लड्ने छ
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौं तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ’ 
गोपालप्रसाद रिमालले त्यसै भनेका हो र ? 

विचरा निर्जिव सालिकलाई भए पनि सुनाउन पाएको गर्व गरिरहेको छ । म त जिउँदो सहिद । मैले बोलेको सुनिदिने कोही छैन । त्यसैले आजको तिमीलाई मृत्युदण्ड दिइएको दिन सुनाउन आएँ । माफ गर धर्मभक्त । निरंकुश सामन्तवादलाई अन्त्य गर्ने तिमीहरुलाई सालिक बनाएर अहिले मालिक बन्नेहरु आधुनिक सामन्त बनिरहेका छन् । 

सबै भ्याऽऽ भ्या र म्याँऽ म्याँ मात्र गर्छन् । त्यो प्रजातन्त्र बनेर आयो । लोकतन्त्र भएर मुस्कुरायो अनि गणतन्त्र भएर थकाइरहेको छ । जसका लागि आउनुपर्ने हो त्यसका लागि आउँदै आएन । सहिदको सपना तिम्रा सालिक देखाएर अहिलेका मालिकहरु जनभावनामा बलात्कार गरे । ऊ अझै डाँको छाँडेर रुन्छ । फनफनी धर्मभक्तको सालिक घुम्छ । जिंग्रिन्छ केश पारेर फेरि सालिकलाई प्रश्न गर्छ । ए सालिकऽ भनिदेऊ तिमी र तिमीजस्तालाई मारेर मालिक बन्नेहरुलाई । हामीले गल्ती गरेछौं, तिमीजस्ता बज्रस्वाँठहरुलाई यहाँ पुर्यायौं । 

ऊ जति नै कराओस् न । जति नै चिच्याओस् न । सुन्ने को नै पो थियो र ? हरेक वर्ष ऊ यसैगरी आउँछ कराउँछ, जान्छ । तर त्यसपछि कतै देखिन्न यो मान्छे कहाँ जान्छ थाहा छैन । को हो पनि थाहा छैन । सालिकको छेउमा उभिएर नियालिरहेका अर्को व्यक्तिले भन्दै थिए । उता टेकुतिरबाट शुक्रराज कराउँदै थिए । भैगो छाडिदिउँ । अब कसैलाई केही बनाउने होइन । नागरिकलाई जागरुक बनाऊ चेतनशील बनाऊ । निरंकुशता आफैं ढल्छ । निरंकुश शासनसत्ता आफैं पतन हुन्छ ।

उता शोभाभगवतीतिर दशरथ र गंगालाल आफैं–आफैं कानेखुसी गर्दै थिए । सत्ताका लोभी सामन्तवाद सँगै कहिल्यै पर जाँदैन । डरले थर थर काँप्छ । ऊसँग बसेर हो मा हो मिलाउँछ । ‘ल नपत्याए हेर त गंगालाल’ दशरथ भन्दै थिए । त्यही त विचारलाई मारेर अगाडि बढ्ने विचार, सिद्धान्त र व्यवहार फरक गर्नेहरुबाट के अपेक्षा गर्छाैं ? भो छाड । गंगलाल उत्तर दिँदै थिए । सत्ताको स्वादका लागि जस्तोसुक्कै विचार नमिल्नेसँग पनि घाँटी जोडेर राज्यसत्तामा बसिरहनेहरुलाई म के भनुँ । यिनीहरुबाट केही आशा नगर्नू ।

लडेर आएकाहरुबाट तिमी अपेक्षा गर्न सकिरहेका छैनौं भने लडाएर आएकाहरुबाट के पाउँछ । उनीहरु त सामन्तवादमात्र हुने । मर्नेहरु जहिले पनि सालिक नै हुन्छन्, अनि मार्न लगाउनेहरु सधैं नै मालिक नै हुन्छन् । ढुक्क होऔं ।यिनको कुरा सुनेर टेकुतिरबाट खित्का छाड्दै हाँस्न थाले । भयो अव हामीले बोलेको कसैले सुन्न सक्दैन । सुन्न सक्नेले बोलेको त सुन्ने छैन भने तिमी त सालिक बनिसकेका छौं । फेरि किन वैराग्य बन्छौं । 

म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्वलहरू,
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।’ उनै लेखनाथलाई छाडिदिउँ । 

हामी मारिएर सालिक भएकाहरु हौं । उनीहरु मार्न लगाएर मालिक बन्न सफल भएका छन् । आऊँ बरु हामी चारै जना सालिक मालिकको कर्मप्रति दयाभावले एकपटक खित्का छाडेर हाँसौं । सबै खिच्का छाडेर हाँस्छन् । सहिदहरुको सपना पूरा होस् वा नहोस् सत्तामा जानको पक्कै होस् ।
 


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP