Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • सेवा समाप्तम् !
सेवा समाप्तम् !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ ८, २०८१

‘अब त यो परागसराग मरिकाट्टे खान्न’ भनेको दिवाकर ओंठले पराग लुकाउने प्रयास गर्दै ३२ दन्त देखाएर हाँस्छ । त्यसो भए अब ‘सेवा समाप्त’ ! उसको कुरा सुनेर वरपर रहेका उसका सहकर्मी खित्का छाड्दै हाँसे ।  एकै छिनपछि सेवा समाप्तको विषय थप प्रसंग उठाउँछन् ‘राजु माट्साप’ ।‘के हो नि यो सेवा समाप्तम् भनेको ?’ 

सीधा प्रश्नको सीधा नै उत्तर दिन्छन् दिवाकर, ‘सेवा समाप्तम् भनेको मैले गर्ने सेवाको समय चेट् ।’ उसबेला विद्यालयमा पढ्दा उसका गुरुबाले कक्षा सकिनासाथ भन्ने गर्थे रे, ‘आजलाई सेवा समाप्त’ । तर, ‘सेवा गर्ने भनेर आर्यघाटमा नपुगञ्जेलसम्म मेवा खाने अनि युवाहरु सबैलाई विदेशमै पठाउनेहरुको सेवा कहिले समाप्तम् हुने हो’ उल्टै प्रतिप्रश्न पनि छ दिवाकरको । 

उत्तर फर्केर बसेका कुमार र पश्चिम फर्केर बसेका प्रकाशको अनुहारमा हाँसोका बीचमा हल्का चमक हरायो । एलिसा र चन्द्रकलाको पनि मुहार खै के भएको थियो । बैरीका अगाडि शिर झुकाएर हैन शिर उचालेर अगाडि बढ्नुपर्छ भन्दै मट्याङ्ग्राले जोश थपे । ‘सत्य गर, कोहीसँग नझुक, बरु भण्डाफोर गर्ने आँट गर ।’ 

वर्षौं भइसकेर पनि उसले आज गुरुबाको कुरा बिर्सन सकेको छैन । गुरुबा साँच्चै इमान्दार थिए । सत्य बोल्थे । कसैसँग झुक्दैनथे । तर आफूले पाएको जिम्मेवारी निष्ठापूर्वक गर्दथे र समय सकिएपछि सबैलाई भन्थे ‘सेवा समाप्तम्’ । सबैले हो मा हो मिलाए । त अहिले यस्तै हो, आधुनिक सामन्तहरुको सहरमा कसको कुन बेला सेवा समाप्तम् हुने पत्तो नै छैन । 

Hardik health

सत्तरीको दशकमा सिंहदरबारतिरको कृषि मन्त्रालयमा ‘झा’ थरका एक जना डाक्टर सहसचिव थिए । प्राविधिक कर्मचारी भए पनि राज्यले दिएको समयमा इमान्दार पूर्वक काम गर्थे । जागिरे जीवनमा राज्यले दिएको तलबबाहेक उनले कसैसँग हात फैलाएनन् । ९ः५९ मा कार्यालय पुग्ने र ४ः५९ मा कार्यालयबाट निस्कन्थे । 

कतिपय यस्ता बैठक सिंहदरबारमा चल्थे । जहाँ मन्त्री, सचिवलगायत अन्य निकायका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा बैठक चलिरहँदा डा. झा ४ बजेर ५९ मिनेट गएपछि जुरुक्क उठ्थे र घरतिर लाग्थे । ‘के हो डाक्टर साप, फुत्त निस्किनुभयो नि त ?’ भनेर सोधेको प्रश्नमा उनको उत्तर हुन्थ्यो घडीले घण्टी बजायो । मेरो आजको सेवा समाप्त भयो । जागिरेहरुका लागि यो पनि उत्तम नै थियो नि । राज्यले दिएको मासिक तलब खाएपछि तोकिएको समयमा मात्र काम गर्ने ! 

अहिले त अन्याय कसैले पर्न दिन हुन्न । जनताको आवाज बोल्नु पर्छ बाहिर ल्याउनु पर्छ भन्ने र आफूलाई एक नम्बरको नादरमुनी (सञ्चारकर्मी) का रुपमा घोषणा गर्नेहरुले आफैंलाई सामन्तहरुले शोषण गर्दा पनि बोल्न सक्दैनन् । बरु त्यही शोषण र अन्यायका बीच नै उसको सेवा समाप्तम् भएको देखिन्छ । हरेक वर्ष माघ १६ गते नेपालमा सहिद दिवस मनाउने गरिन्छ । १०४ वर्षीय जहाँनिया राणा शासनका विरुद्ध बोल्नेहरु कसैलाई झुण्ड्याएर मारियो, कसैलाई गोली ठोकेर मारियो । तर पनि ती चार सहिद सामन्तहरुको अगाडि झुकेनन् बरु हाँसीहाँसी आफ्नो बलिदानी दिए । 

अहिले फेरि आधुनिक सामन्त युगमा मुलुक प्रवेश गरेको हो कि भन्ने भान भएको छ । दल दलमा सामन्तवाद हाबी भएको छ । सरकारमा आधुनिक सामन्तवाद मौलाएको छ । सत्य कुरा त गर्न नै पाइँदैन । कसको कुन बेला सेवा समाप्त हुने हो थाहा नै नहुने !राजु माट्साप जुरुक्क सोफाबाट उठे । चन्द्रकला र एलिसा मुखामुख गरे । प्रकाश र कुमारको हालत पनि उस्तै । दिवाकरको त कुरै नगरौं । ऊर्जा निकालिरहेको थियो जे होला होला छाड्दिनुस् यस्ता कुरा लास्टा त्यही सेवा समाप्तम् त हो ?

हो भाइ, मट्याङ्ग्राले थपे । यो देशमा सबको सेवा समाप्त हुन्छ । शिक्षक, पत्रकार, चिकित्सक, कर्मचारी, सुरक्षाकर्मी आ–आफ्नो समय आएपछि सेवा समाप्त नै गर्छन् । यहाँ सेवा समाप्त नहुने भनेको त राजनीति गर्नेहरुको मात्र हो । जो कहिल्यै पूर्व पनि हुनु पर्दैन । सकुञ्जेल जनतालाई भ्रममा पार्ने, देशको ढुकुटीमा मोज गर्ने अनि जब आर्यघाट पुगेर खरानी बन्छन् त्यसपछि मात्र सेवा समाप्त ! कसैले देख्नेगरी देशको ढुकुटी लुछिरहेका छन् । कसैले नदेख्नेगरी अरुको काँधमा चढेर देश लुटिरहेका छन् । कसैले तर्साएर सेवाका नाममा देशलाई नै कंगाल बनाउँदै हजम गरिरहेका छन् कसैले भ्रममा रमाउन लगाएर हजम गरिरहेका छन् । 

देख्नेलाई त के थाहा । भोग्नेलाई पो थाहा हुन्छ । ‘वन डढेको त सबैले देख्छन् नि मन डढेको कसले देख्छ र’ भन्ने उखान त्यसै बनाएको होइनन् होला । आधुनिक सामन्त युगमा प्रवेश गरेको राज्यमा ‘नाङ्लो डटाएर हात्ती तर्साउने हो !’ मैले गरेको सब ठीक उसले गरेको सबै बेठीक भन्ने हो । त्यसै आधुनिक सामन्तबाद जिन्दावाद भन्न पाइन्छ र !दिवाकरले फेरि कुरा उप्कायो । ‘लौ त्यसो भए सबलाई भीमे बनाउने भए ?’

हो नि, ‘कोही भीमे बन्छन्, कोही रवि बन्छन्’ । मट्याङ्ग्राले झ्यालबाट छिरेको तातो घाममा पिठ्यु फर्काउँदै बोले, आफूसँग भएको वर्तमानमा भएको पद, शक्ति सधैं रहँदैन । पद, पैसा र पावर भनेका अस्थायी साधनमात्र हुन् । त्यसलाई स्थायी ठानेर अरुलाई तर्साउन कुचेष्टा गर्नेहरु ठूलै भड्खालोमा पर्छन् । त्यो धु्रवसत्य हो । ‘झूठो टिक्दैन, सत्य मर्दैन’ हाम्रा पुर्खाले त्यसै कहाँ भनेका हुन् र ? जस्तोसुकै परिस्थिति होस् सत्यमा अडिग भने रहनु नै पर्छ । 

कसैले आफूलाई राजा ठान्छ भने राजै बन्न दिनुस्, जंगलको सिंह सम्झन्छ भने पनि त्यस्सै छाडिदिनुस् । अलि बढी उम्लिएपछि पोखिन्छ नि । हो, त्यसबेला एक थोपा पनि नरहनेगरी पोखिन्छ । बंगलादेशदेखि श्रीलंकासम्मका शासकहरुले त देश छाडेर भाग्नुपर्ने दिन आयो भने आधुनिक सामन्त स्यालहरुको त न समाउने ठाउँ छ न टेक्ने जमिन नै छ । त्यसबेला रामराम भन्नेबाहेक के विकल्प हुन सक्छ र ? आखिर सेवा त हुन्छ नै समाप्तम् !
 


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP