Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बंगुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बंगुरपालन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१
Filephoto

इलाम- माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका छन्  । छ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनीहरुले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो । ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ । 

“अहिले ४२  बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ”, लक्ष्मीले भने, “पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन”, राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उनले बताए । इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ । 

पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य दुईजना खट्नुहुन्छ भने पुजन गाडी लिएर जान्छन्  । “नामसालिङबाट सदरमुकाम हुँदै झापासम्म जाने र फिक्कल बजारसम्म जाने दुई वटा प्यासेन्जर गाडी छन्”, पुजनले भने, “एउटाचैँ आफैँ चलाउँछु । अर्को चलाउने साथी हुनुहुन्छ ।” एउटा नभए अर्को त पक्कै हुन्छ भनेर पशुपालनसँगै यातायात व्यवसाय पनि थालिएको उनले बताए । “बङ्गुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ । तर, हाल दुवै व्यवसाय सफल नै छन् । विदेश जान मन छैन । स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ ।”

गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताए । “रोगले आमा बिते । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ”, उनले भने, “पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधँै निर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।”

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ । पुजन र लक्ष्मीले सुरु गरेका बङ्गुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहित गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । “पालिकाभित्र व्यवसाय सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौं ।” उनले भने । जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रवीना राईले बताए । 

पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले बताए ।“बङ्गुरपालन व्यवसायबाट अन्य पशुपन्छीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ । उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकी बङ्गुरपालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशतसम्म पाइएको छ ।” गुरुङले भने ।

मासुको रूपमा बङ्गुुरको प्रायः सबैजसो अङ्गको परिकार बनाएर खाइने गरेको छ । बङ्गुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताएका छन् । बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले मासु एक सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालले बताए । 


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सीप सिकेर आफैँ उद्यम गर्दै महिला
सीप सिकेर आफैँ उद्यम गर्दै महिला शुक्रबार, भदौ ६, २०८२
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार सोमबार, भदौ २, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो बुधबार, साउन १४, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा आइतबार, साउन ११, २०८२
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP