Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘ओली सरकार ढलिहाल्ने’ दाहालको रटान
‘ओली सरकार ढलिहाल्ने’ दाहालको रटान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २, २०८१

माघ १
अप्राकृतिक भएकाले यो सरकार अन्ततः ढल्नु नै छ । हामीले धेरै बल गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो लाग्दैन । मैले मिति तोक्नु त ठीक नहोला तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।


कात्तिक २६
जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ । 


कात्तिक १०
तपाईंहरू जसरी भ्रष्टाचारीहरूको रक्षाका लागि सुशासनको विपक्षमा बिचौलियाको पक्षमा जाँदै हुनुहुन्छ तपाईंहरू आफैं कुहिएर झर्नुहुने छ ।


काठमाडौं– शीर्ष दल नेपाली कांग्रेस र नेकपा एमालेलाई पालोपालो सत्ता सहयात्री बनाएर २०७९ पुसबाट गत असारसम्म प्रधानमन्त्री बने पुष्पकमल दाहाल । निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर चुनावी परिणामलगत्तै एमालेसँम मिलेर सरकार बनाएका थिए माओवादी अध्यक्ष दाहालले । त्यसपछि राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाएका कारण एमाले बिच्कियो । काँध कांग्रेस बन्यो दाहालको ।

Hardik health

पुनः अर्थमन्त्री डा. प्रकाशशरण महत कारण देखाउँदै दाहालले काँध फेरे एमालेसँग । यसरी नै काँध फेरिरहँदा प्रतिनिधिसभामा ३२ सिटसहित तेस्रो दलका अध्यक्ष दाहाललाई धेरैले ‘भर्सटायल’ नेता भन्न थाले । योबीचमा पहिलो दल कांग्रेस र दोस्रो दल एमालेबीच अनौठो सम्झौता भयो र उनै भर्सटायल नेता दाहाल गत असार मसान्तबाट विपक्षी दलका नेता बनेका छन् । प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली ।

सत्ताबाट बाहिरिएयता दाहालको एउटै रटान छ– ओली सरकार आज या भोलि नै ढल्छ । मंगलबार सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहालले यही कुरा दोहो¥याए । भने, ‘अप्राकृतिक भएकाले यो सरकार अन्ततः ढल्नु नै छ । हामीले धेरै बल गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो लाग्दैन । मैले मिति तोक्नु त ठीक नहोला तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।’

माओवादी संसदीय दलको कार्यालयमा आयोजित विपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले ओलीको सरकार लामो नटिक्ने बताएका हुन् ।चार दिनअघिमात्र शुक्रबार सिंहदरबारमा समाजवादी मोर्चा पुनः सक्रिय बनाउने छलफलमा पनि दाहालले यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका थिए । ‘यो सरकार अप्राकृतिक छ । अब यो चल्दैन, धेरै लामो जाँदैन,’ दाहालले भनेका थिए । दाहालले भनेझैं अध्यादेश प्रकरण, चीनसँग गरेको बिआरआई फ्रेमवर्क सम्झौता र संविधान संशोधनमा ओलीको अनिच्छालाई देखाउँदै कांग्रेस नेताहरु सशंकित बनेका छन् ।

दाहालले यसअघि ओली नेतृत्वको सरकार आफैं कुहिएर झर्ने दाबी गरेका थिए । ‘तपाईंहरू जसरी भ्रष्टाचारीहरूको रक्षाका लागि सुशासनको विपक्षमा बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ, तपाईंहरू आफैं कुहिएर झर्नुहुने छ, हामीलाई दोष दिन पाउनुहुने छैन, हामीले सरकार ढाल्नका लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन,’ काठमाडौंमा कात्तिक १० गते आयोजित माओवादीको खबरदारीसभामा दाहालले भनेका थिए ।

कात्तिक २६ गते दाहालनिवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक बस्यो । उक्त बैठकपछि पनि दाहालले यो सरकार आफ्नै कारणले ढल्ने बताएका थिए । ‘राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ । लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ । जनजीविकाको सवालमा सरकार चुकिरहेको छ । यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ,’ दाहालले भनेका थिए । 
२०८० पुस ११ गते सरकार बनेको वर्ष दिनमा दाहालले भनेका थिए– यो गठबन्धन पाँच वर्षसम्मै जान्छ । आफ्नो सामाजिक सञ्जाल फेसबुक, वेबसाइटमा दाहालले यो विषयलाई प्राथमिकतासाथ राखेका छन् । पछिल्लो अभिव्यक्ति भने दाहालले आफ्नो पेज र वेबसाइटमा राखेका छैनन् । ओली नेतृत्वको सरकारले १०० दिन नपुग्दै दाहालले यो सरकार चाँडै ढल्ने बताएका थिए । यसबारे ओलीले आफू नेतृत्वको सरकारलाई काम गर्न नदिन यस्तो हल्ला फैलाएको प्रगति विवरणमा उल्लेख गरेका छन् । गत कात्तिक ७ गते सरकारको १०० दिने प्रगति विवरण जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।’

गत पुस ३ गते ओलीले दाहालको अभिव्यक्तिमाथि आक्रोश जनाएका थिए । देश स्थिरतातर्फ अघि बढेको बेला दाहालले धारे हात लगाएको ओलीको आरोप थियो । ‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं । हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्,’ ओलीले भनेका थिए । 

कांग्रेस र एमाले मिलेर बनेको यो सरकार २०८४ को चुनावसम्मै टिक्ने गठबन्धनका दाबी छ । त्यसैले दाहालको भनाइ काग कराएको जस्तोमात्र भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ दाबी गर्छन् । ‘राष्ट्रिय संकट निवारणका लागि हामी दुई पार्टी एक भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराएजस्तै हो । यो सरकार चलिरहन्छ,’ मन्त्री गुरुङले भने ।
 


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP