Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
समाचार
  • Home
  • समाचार
  • एमाले नेता ऋषिकेषपत्नी अञ्जला धरौटीमा छुटिन्, रवि हिरासतमै
सहकारीको बचत अपचलन प्रकरण एमाले नेता ऋषिकेषपत्नी अञ्जला धरौटीमा छुटिन्, रवि हिरासतमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २५, २०८१
RBB RBB
  • मोरङको धनपालथान–४, कर्सियामा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपपछि फरार रहेकी अञ्जला कोइराला अदालतमा उपस्थित भएको दुई घन्टामै रिहा
  •  जबकि सोही प्रकृतिको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा
  •  कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर छुटे

काठमाडौं– सत्ताको शक्ति कतिसम्म दुरुपयोग हुन्छ भन्ने प्रमाण हो एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जना कोइरालाको रिहाइ । मोरङको धनपालथान–४, कर्सियामा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपपछि फरार रहेकी कोइराला दुई घन्टामै थुनामुक्त भएकी छन् ।

जबकि सोही प्रकृतिको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । पुस २ गते अञ्जलाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा बुधबारमात्र उनी सुटुक्क अदालत हाजिर भएकी थिइन् ।हाजिर हुनासाथ दुई घन्टा थुनछेक बहसपछि १० लाख रुपैयाँ धरौटी बुझाएर बुधबार नै अञ्जला थुनामुक्त भएकी छन् । अञ्जला संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् ।

ऋषिकेश सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद हुन् । गत मंसिर २७ गते उमागौरीको २२ करोड ४८ लाख २७ हजार रूपैयाँ हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अञ्जलासहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले हदम्याद जारी गरेको २२औं दिनको बिहान १० बजे जिल्ला अदालत हाजिर भएकी उनीविरुद्ध दुई घण्टासम्म थुनछेक बहस चलेको थियो । 

अञ्जलाले आफू सञ्चालक समिति सदस्य पदमा रहेकोमा २०७८ माघ १५ गतेको १०औं साधारणसभाले राजीनामा स्वीकृत गरिसकेको बताएकी थिइन् । सोही आधारमा उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, व्यक्तिहरूसँग भएका वित्तीय कारोबारमा आफ्नो कुनै पनि दायित्व नरहने दाबी पेस गरेकी थिइन् । उक्त साधारणसभाको निर्णयपछि पाएको पत्र देखाउँदै अञ्जलाले सहकारीको कुनै निर्णयलगायत कुनै पनि कागजातमा सहीछापसमेत नगरेको तर्क गरिन् ।

बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौला एक जनाले मात्रै बहस गरेका थिए । प्रतिवादी अञ्जलाको तर्फबाट भने वरिष्ठ अधिवक्ताहरू चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरे ।

दुई घण्टाको बहसपछि अदालतले १० लाख धरौटीमा छाड्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । ‘निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहनुपर्ने नदेखिएकाले हाललाई यी प्रतिवादी अञ्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम १० लाख रुपैयाँ नगद धरौटी वा जेथा जमानत वा बैंक जमानत दिए लिइ तारेखमा राख्नू । नदिए सोही कारण जनाइ सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई नियमानुसार सिदा खान पाउनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय मोरङमा पठाइदिनू भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

अदालतको आदेशलगत्तै अञ्जलाले १० लाख रुपैयाँ नगद नै बुझाएकी थिइन् । सोही  प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । उनी नेपाली कांग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । सोही मुद्दामा नेकपा एमालेबाट निर्वाचित रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।



रविको मुद्दामा आज फैसला आउने सम्भावना
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा आज आदेश आउने सम्भावना भएको बताइएको छ । बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकाएकाले आज बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि आजै साँझ फैसला आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधिवक्तासहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने भएकाले बहस भने लामो समय जानसक्ने खनालले बताए । बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । उनीहरुले लामिछानेसहित चारजना प्रतिवादीहरूको गोर्खा मिडिया नेटवर्कमा जिम्मेवार संलग्नता रहेकोले सहकारीको रकम ल्याउन पनि भूमिका खेलेको बताएका छन् । 

पीडितहरूले न्याय पाउन सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ । त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका छन् । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्ती मगरले थुनछेक बहस गरेका हुन् ।

स्वर्णलक्ष्मीमा आरोप लागेका दुईजना रिहा
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुईजना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतको आदेशअनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
सुनुवारले घुमायो एक होनहार नेता
सुनुवारले घुमायो एक होनहार नेता शनिबार, जेठ ३, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
तरबुजा मेला सम्पन्न
तरबुजा मेला सम्पन्न शुक्रबार, जेठ २, २०८२
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड शुक्रबार, जेठ २, २०८२
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, जेठ २, २०८२
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP