Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघले ‘भलाइ कोष’लाई ओझेलमा पारेको आरोप
संघका तृतीय उपाध्यक्ष कटुवालले दिए राजीनामा संघले ‘भलाइ कोष’लाई ओझेलमा पारेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २४, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष रोशन कटुवालले पदबाट राजीनामा दिएका छन् । उनले यही पुस १० गते अध्यक्ष राजेन्द्र भण्डारीसमक्ष  राजीनामा बुझाएको पुष्टि गरे । संघ नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कटुवालले राजीनामा दिएका हुन् ।

संघको चुनाव नजिकिँदै गर्दा तृतीय उपाध्यक्षको राजीनामा आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । संघको चुनाव आगामी फागुन २ गते हुँदै छ । कटुवाल आगामी नेतृत्वका प्रत्यासीसमेत हुन् । कटुवालले गत चुनावमा आफूले उठाएका सवालहरुमा काम गर्न नपाएका कारण पदत्याग गरेको बताए । ‘काम गर्न नपाएपछि संघमा बसिरहनुको अर्थ रहेन, त्यसैले राजीनामा दिएको हुँ,’ कटुवालले प्रभावसँग भने ।

उनले गत निर्वाचनमा ‘भलाइ कोष’को अवधारणा अघि सारेका थिए । सोही अनुसार ५० लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँको बिमा अवधारणासहित कोष स्थापना गरिएको थियो । उक्त कोषले म्यानपावर व्यवसायीमाथि आइपर्ने दुर्घटना, मृत्युजस्ता समस्यामा क्षतिपूर्ति दिने जस्ता योजना बने । आफूले सम्पूर्ण व्यवसायीको सुरक्षा र हितका लागि ल्याएको उक्त योजनालाई संघले ओझेलमा पारेको उनको आरोप छ ।

Hardik health

‘सबै म्यानपावर व्यवसायी पैसावाल छैनन् । बर्सेनि सयौंलाई विदेश पठाउने तर आफू भने साधारण बिरामी पर्दा उपचार गराउन नसक्नेसमेत छन्,’ कटुवाल भन्छन्, ‘व्यवसायी स्वयं र उनीहरुबाट आश्रित परिवारलाई सहायता होस् भनेर उक्त कोषको अवधारणा ल्याइएको हो ।’वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको हितमा ल्याइएको कोषको अवधारणालाई आफू कामको सिलसिलामा विदेश गएका बेला कार्यवाहकको सहायता लिएर तुहाउने प्रयास भएको भन्दै उनले असन्तुष्टि पोखे । यही कारण आफू पदमा बसिरहनु औचित्यहीन भएको कटुवालको भनाइ छ ।

‘मेरो अनुपस्थितिमा पनि कोषको काम अगाडि बढोस् भनेर साधारण सदस्य रहेका वैकुण्ठ पौडेललाई कार्यवाहक तोकेको थिएँ । तर उनलाई प्रयोग गरेर कार्यसमितिले पास गरिसकेको ५० लाखको कोषलाई ११ लाखमा झार्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने तयारी गरिएको छ तर साधारणसभा हुन नसक्दा काम रोकिएको छ,’ कटुवालले भने । संघले कोषको ३० प्रतिशत हिस्सा व्यवसायीबाहेक अन्य क्षेत्रको उत्थानमा पनि प्रयोग गर्ने तयारी गरेकोमा उनले नेतृत्वसँग असहमति जनाएका हुन् ।

आफू कोषमा रहँदा सम्पूर्ण व्यवसायीलाई एक ढिक्का पारेर राखेको उनको तर्क छ । अर्कोतर्फ, जो व्यवसायीले इमानदारपूर्वक सरकारको फ्रि–भिसा, फ्रि–टिकटलाई कार्यान्वयनमा ल्याइरहेका छन् त्यस्ता व्यवसायीलाई प्रोत्साहनस्वरुप संघको तर्फबाट सम्मानलगायतका कार्यक्रम बनाउनुपर्छ भन्दा संघले कुनै चासो नदेखाएको कटुवालको गुनासो छ । व्यवसायीको हितमा काम गर्ने संघ बनाउन आउँदो चुनावबाट नेतृत्व लिन आफू तयार रहेको उनी बताउँछन् ।

 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP