Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघले ‘भलाइ कोष’लाई ओझेलमा पारेको आरोप
संघका तृतीय उपाध्यक्ष कटुवालले दिए राजीनामा संघले ‘भलाइ कोष’लाई ओझेलमा पारेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २४, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष रोशन कटुवालले पदबाट राजीनामा दिएका छन् । उनले यही पुस १० गते अध्यक्ष राजेन्द्र भण्डारीसमक्ष  राजीनामा बुझाएको पुष्टि गरे । संघ नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कटुवालले राजीनामा दिएका हुन् ।

संघको चुनाव नजिकिँदै गर्दा तृतीय उपाध्यक्षको राजीनामा आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । संघको चुनाव आगामी फागुन २ गते हुँदै छ । कटुवाल आगामी नेतृत्वका प्रत्यासीसमेत हुन् । कटुवालले गत चुनावमा आफूले उठाएका सवालहरुमा काम गर्न नपाएका कारण पदत्याग गरेको बताए । ‘काम गर्न नपाएपछि संघमा बसिरहनुको अर्थ रहेन, त्यसैले राजीनामा दिएको हुँ,’ कटुवालले प्रभावसँग भने ।

उनले गत निर्वाचनमा ‘भलाइ कोष’को अवधारणा अघि सारेका थिए । सोही अनुसार ५० लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँको बिमा अवधारणासहित कोष स्थापना गरिएको थियो । उक्त कोषले म्यानपावर व्यवसायीमाथि आइपर्ने दुर्घटना, मृत्युजस्ता समस्यामा क्षतिपूर्ति दिने जस्ता योजना बने । आफूले सम्पूर्ण व्यवसायीको सुरक्षा र हितका लागि ल्याएको उक्त योजनालाई संघले ओझेलमा पारेको उनको आरोप छ ।

Hardik health

‘सबै म्यानपावर व्यवसायी पैसावाल छैनन् । बर्सेनि सयौंलाई विदेश पठाउने तर आफू भने साधारण बिरामी पर्दा उपचार गराउन नसक्नेसमेत छन्,’ कटुवाल भन्छन्, ‘व्यवसायी स्वयं र उनीहरुबाट आश्रित परिवारलाई सहायता होस् भनेर उक्त कोषको अवधारणा ल्याइएको हो ।’वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको हितमा ल्याइएको कोषको अवधारणालाई आफू कामको सिलसिलामा विदेश गएका बेला कार्यवाहकको सहायता लिएर तुहाउने प्रयास भएको भन्दै उनले असन्तुष्टि पोखे । यही कारण आफू पदमा बसिरहनु औचित्यहीन भएको कटुवालको भनाइ छ ।

‘मेरो अनुपस्थितिमा पनि कोषको काम अगाडि बढोस् भनेर साधारण सदस्य रहेका वैकुण्ठ पौडेललाई कार्यवाहक तोकेको थिएँ । तर उनलाई प्रयोग गरेर कार्यसमितिले पास गरिसकेको ५० लाखको कोषलाई ११ लाखमा झार्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने तयारी गरिएको छ तर साधारणसभा हुन नसक्दा काम रोकिएको छ,’ कटुवालले भने । संघले कोषको ३० प्रतिशत हिस्सा व्यवसायीबाहेक अन्य क्षेत्रको उत्थानमा पनि प्रयोग गर्ने तयारी गरेकोमा उनले नेतृत्वसँग असहमति जनाएका हुन् ।

आफू कोषमा रहँदा सम्पूर्ण व्यवसायीलाई एक ढिक्का पारेर राखेको उनको तर्क छ । अर्कोतर्फ, जो व्यवसायीले इमानदारपूर्वक सरकारको फ्रि–भिसा, फ्रि–टिकटलाई कार्यान्वयनमा ल्याइरहेका छन् त्यस्ता व्यवसायीलाई प्रोत्साहनस्वरुप संघको तर्फबाट सम्मानलगायतका कार्यक्रम बनाउनुपर्छ भन्दा संघले कुनै चासो नदेखाएको कटुवालको गुनासो छ । व्यवसायीको हितमा काम गर्ने संघ बनाउन आउँदो चुनावबाट नेतृत्व लिन आफू तयार रहेको उनी बताउँछन् ।

 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP