Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरोकारवाला भन्छन्– अहिल्यै हतार नगरौं
रुसका लागि श्रम स्वीकृति खुलाउने तयारी सरोकारवाला भन्छन्– अहिल्यै हतार नगरौं
ममता थापा
ममता थापा सोमबार, पुस २२, २०८१

काठमाडौं– शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रुसमा वैदेशिक रोजागरीमा जानका लागि श्रम स्वीकृति खुला गर्ने संकेत गरे । गैरआवासीय नेपाली संघ (एनआएरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उनले छिट्टै श्रम स्वीकृति खुला गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए । यसबारे परराष्ट्र मन्त्रालयले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन । 

श्रममन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै उनको आलोचना सुरु भएको छ । सरोकारवालाहरुले पनि यसलाई ‘अनावश्यक हतारो’ भन्दै प्रश्न उठाएका छन् । एनआरएनएको दबाबमा परेर श्रममन्त्री रुसको श्रम स्वीकृति खुलाउन लागिपरेको कतिपयले दाबी गरेका छन् ।

हालको अवस्थामा सरकारले रुस जाने बाटो खुलाए युद्धको जोखिमबाट गुज्रनुपर्ने अवस्था आउन सक्छ । युद्धग्रस्त मुलुकमा कामदार पठाउन जोखिमयुक्त भए÷नभएको भन्ने विषयलाई वैज्ञानिक तवरबाट पर्याप्त अध्ययन नगरी पठाउन हतार गर्न कुनै पनि हालतमा हुँदैन । 
Rameshwor-Nepal-1736140353.jpg
रामेश्वर नेपाल
श्रमविज्ञ

एनआरएनएका अध्यक्ष केसीले श्रम स्वीकृति खुला गरिदिएर वर्षौंदेखि रुसमा रहेर विभिन्न पेसा, व्यवसाय गर्दै आएका हजारौं नेपालीलाई सहजरुपमा आवतजावत गर्न बाटो खुलाइदिन मन्त्री भण्डारीसँग आग्रह गरेका थिए । जबकि, युद्धरत मुलुक रुसमा सेनामा सहभागी हुनुपर्ने खतरालाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागले २०८० पुस १९ गते श्रम स्वीकृति दिन रोकेको थियो । युद्ध जारी नै रहेको  अवस्थामा नेपालीहरुलाई श्रम गर्नका लागि रुस पठाउने तयारी गर्नु उचित नभएको सरोकारवालाले बताएका छन् ।

Hardik health

के भन्छन् सरोकारवाला ?
रुस–युक्रेन युद्धका कारण सरकारलाई त्यहाँ भएका नेपालीको यकीन तथ्यांक राख्नसमेत कठिन छ । त्यहाँ फसेका नेपालीको उद्धार गर्न पनि भारतसँग हारगुहार गर्नुपर्ने अवस्थामा सरकारले फितलो ढंगले यस्तो असंवेदनशील निर्णय गर्न खोजेको विज्ञ बताउँछन् । श्रमविज्ञ रामेश्वर नेपाल हालको अवस्थामा सरकारले रुस जाने बाटो खुलाए युद्धको जोखिमबाट गुज्रनुपर्ने अवस्था आउने बताउँछन् । यदि उनीहरुलाई सेनामाबाहेक अन्य सुरक्षित भनिएका क्षेत्रमा काम लगाए पनि स्वयं कामदार र परिवारजन मानसिक त्रासदीबाट मुक्त नहुने उनको भनाइ छ । 

‘युद्धग्रस्त मुलुकमा श्रमिक पठाउँदा विगतमा भएका घटना बिर्सनु हुँदैन । ती देशमा कामदार पठाउन जोखिमयुक्त भए÷नभएको भन्ने विषयलाई वैज्ञानिक तवरबाट पर्याप्त अध्ययन नगरी पठाउन हतार गर्न कुनै पनि हालतमा हुँदैन,’ श्रमविज्ञ नेपालको तर्क छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिकी सदस्य कान्तिका सेजुवाल समितिलाई उक्त विषयको जानकारी नै नभएको बताउँछिन् । उनले कामदारको सुरक्षा सुनिश्चित नभई श्रम स्वीकृति खुला गर्न नहुनेमा जोड दिइन् । ‘यदि श्रमिकहरुलाई पठाउने निर्णय भएको छ भने दुवै देशको सरकारले उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,’ सांसद सेजुवालको धारणा छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल पनि युद्धग्रस्त मुलुकमा श्रमिक पठाउनु जोखिमपूर्ण हुने बताउँछन् । यद्यपि सरकारले तयारी ग¥यो भन्दैमा आजको भोलि कामदारहरु रुसमा लगिहाल्ने भन्ने बुझ्न नहुने उनले बताए । युद्धविराम भएपश्चात् त्यहाँ पुनर्निर्माणका लागि झन् धेरै श्रमिकहरु आवश्यक पर्ने हुँदा त्यहाँ जाने वैधानिक बाटो सरकारले खुलाउनु सकारात्मक भएको उनको टिप्पणी छ । 

मन्त्री भण्डारी विगतमा पनि आलोचित
वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुनसक्ने मानवीय जोखिम रहेको भन्दै २०८० पुस १९ गते वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । त्यसको करिब दुई महिनापछि श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति खुलाउने निर्णय सार्वजनिक गरे ।

त्यसबखत भर्खरै मन्त्री भएका डोलप्रसाद (डिपी) अर्याल यस विषयमा आफूलाई जानकारी नभएको भन्दै हिँडे । ‘जोखिम हुँदाहुँदै श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको ?’ भन्दै प्रतिनिधिसभामासमेत प्रश्न उठेको थियो । सचिवस्तरीय उक्त निर्णय हुँदा त्यसबेला पनि श्रम मन्त्रालयको नेतृत्वमा शरतसिंह भण्डारी नै भएको थाहा भयो । म्यानपावर व्यवसायीको प्रभावमा परेर मन्त्रालयले श्रमिकको जोखिम ख्यालै नगरी यस्तो निर्णय गरेको भन्दै उनी त्यतिबेला पनि आलोचित भएका थिए । 

कामदारको सुरक्षा सुनिश्चित नभई श्रम स्वीकृति खुला गर्न हुँदैन । यदि श्रमिक पठाउने निर्णय भएको छ भने दुवै देशको सरकारले उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । 
Kantika-Sejuwal-1736140354.jpg
कान्तिका सेजुवाल
प्रतिनिधिसभा सदस्य

२०७८ फागुन १२ गतेबाट सुरु भएको रुस–युक्रेन युद्ध अझै अन्त्य हुने छाँटकाँट छैन । अन्तर्राष्ट्रियस्तरबाट भएका प्रयासहरु पनि असफल हुँदै आएका छन् । रूसी सेनामा भर्र्ती भएका नेपालीहरू कहिले भिडियोमार्फत आफूहरूलाई निकालिदिन भारत सरकारसँग आग्रह गरिरहेको त कहिले बन्धक बनेको, कहिले युद्धमैदानमा मारिँदा शव ल्याउनसमेत कठिनाइ भएका घटना हामीमाझ ताजै छन् । यसका अलावा रुस पुग्ने वैधानिक बाटो खुला नहुँदा वर्षेनि हजारौं युवाहरु दलाललाई लाखौं बुझाएर त्यहाँ पुग्ने र अलपत्र पर्ने गरेको तीतो यथार्थ पनि हामीमाझ छ । उनीहरुको समस्या समाधान कुनै पनि हालतमा हुनुपर्छ । तर, स्वार्थ समूहको प्रलोभनमा द्वन्द्वरत मुलुकमा युवाहरुलाई पठाउँदा निम्तने जोखिमप्रति संवेदनशील हुनुपर्नेमा विज्ञहरुको जोड छ ।
 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP