Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ताथली धिमे खल विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २१, २०८१

भक्तपुर- चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो ।

प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद रु २५ हजारसहित सिल्ड प्रमाणपत्र, धिमे बाजा, भुछ्या, शिछ्या एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद रु १० हजारसहित सिल्ड पुरस्कार, धिमे बाजा, भुछ्या एक थान प्राप्त गरेको आयोजकले जनाएको छ ।

चौँथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु पाँच हजारसहित सिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमे बाजा प्राप्त गरेको छ । पाँचौँ बनेपास्थित वान्ख्यो दाफा भजन खल, छैठौँ काभ्रेपलाञ्चोक पनौतीको लायकु धिमे खल, सातौँ मध्यपुरथिमिको शिवा सायमी खल, आठौँ ललितपुरको लुभुस्थित तलेजु बाजा खल, नवौँ काठमाडौँको बालकुमारी धिमे खल र दशौँ ताथली सौडोलस्थित सौडोल सांस्कृतिक बाजा खल भएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे । उनले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए  ।

Hardik health

प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका सांसद थापाले नगरपालिकालाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न यस्ता क्रियाकलाप कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितामा प्रस्तुत भएका विविध कलाले यहाँका धार्मिक, ऐतिहासिक कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा सहयोग पुगेकाले यसले पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए ।

नगरप्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले पासिलकाले पहिलो पटक यस किसिमको प्रतियोगितामार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताए । उनले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै सहभागी प्रतियोगी समूह, स्थानीय प्रतिनिधि, वडा तथा नगरवासी, नगर कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गरे।

नगरप्रमुख खत्रीले सबैको सहयोगले मुलुकको नमूनाका रूपमा बागमती प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने, “नगरकोट भ्रमण वर्ष २०८२ लाई यसैगरी सफल पार्न र देश तथा विदेशमा चाँगुनारायणको पर्यटकीय सम्पदाको परिचयलाई स्थापित गर्दै पर्यटीय विकास गर्न÷गराउन वडा तथा नगरवासीका साथै सबैमा आह्वान गर्दछु ।”

नगरप्रमुख खत्रीले आगामी वैशाखदेखि वर्षभरि नै आयोजना हुने नगरकोट भ्रमण वर्ष प्रत्येक नगरवासीको घरघरमा, टोलटोलमा, गाउँगाउँमा, वडावडामा भ्रमण वर्षमय हुने भएकाले यसैगरी सफल पार्न नगरवासीलाई आह्वान गरे । चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्रीले प्रतियोगिता सफल पार्न सहयोग गर्ने स्थानीय, प्रतियोगी समूह, सरोकार भएका निकाय तथा प्रतिनिधिलगायत सबैमा धन्यवाद व्यक्त गरे । 

प्रतियोगितामा बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न पालिकाका ५५ वटा समूहको सहभागिता रहेको चाँगुनारायण–९ का वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले जानकारी दिए । शनिबार यहाँ आयोजित कार्यक्रमलाई प्रतिनिधिसभाका सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले उद्घाटन गरेका थिए।


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP