Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बोर्डअन्तर्गतका समितिलाई प्रभावकारी बनाउन मापदण्ड लागू
वैदेशिक रोजगार बोर्डअन्तर्गतका समितिलाई प्रभावकारी बनाउन मापदण्ड लागू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

काठमाडौं– वैदेशिक रोजगार बोर्डले बोर्डअन्तर्गतका समितिलाई थप प्रभावकारी बनाउन नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । बोर्डको ८९औं बैठकबाट पारित बोर्डअन्तर्गतका समितिको कार्यविभाजन र समितिलाई थप प्रभावकारी बनाउन लागू गरिएको बोर्डले जानकारी दिएको छ ।

‘वैदेशिक रोजगार बोर्डअन्तर्गतका समिति (गठन तथा सञ्चालन)सम्बन्धी मापदण्ड, २०८१’मा तीनवटा समिति र ती समितिको कार्यक्षेत्र उल्लेख गरिएको छ । जसमा नीति, कानुन एवं व्यवस्थापकीय समिति, तालिम तथा अध्ययन अनुसन्धान समिति र कल्याणकारी कार्य व्यवस्थापन समिति रहेका छन् । 

मापदण्डमा नीति, कानुन एवं व्यवस्थापकीय समितिलाई बोर्डको बैठक, बोर्डको नीतिगत तथा कानुनसम्बन्धी विषय, अन्तरनिकाय (स्वदेश तथा विदेश) समन्वय, बोर्ड सचिवालयको प्रशासन, योजना तथा अनुगमन शाखा र लेखा शाखाले गर्ने कार्यहरुको सम्पूर्ण विषय, बोर्डका निजी सम्पत्ति तथा जिन्सी व्यवस्थापनसम्बन्धी विषयहरुका सम्बन्धमा कार्य गर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।

यस समितिले विभिन्न मुलुकसँग गरिने श्रम सम्झौतासम्बन्धी आवश्यक कार्य गर्ने, वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गर्नेलगायत कार्य गर्ने मापदण्डमा उल्लेख छ । वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी पनि यस समितिलाई तोकिएको छ । 

Hardik health

वैदेशिक रोजगारसम्बन्धी कानु पुनरावलोकन गर्नुपर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक सुधारका लागि सुझाव दिने, सेवा शुल्क तथा प्रवद्र्धन खर्च निर्धारण गर्ने सम्बन्धमा परामर्श दिने, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाको अनुगमन गर्नेलगायत जिम्मेवारी पनि नीति, कानुन एवं व्यवस्थापकीय समितिलाई तोकिएको छ ।

यसैगरी तालिम तथा अध्ययन अनुसन्धान समितिलाई बोर्डको कार्यक्षेत्रभित्र पर्ने विभिन्न सीपमूलक तालिम तथा सोसँग सम्बन्धित विषय, बोर्ड सचिवालयको प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाले सम्पादन गर्ने सम्पूर्ण कार्यहरुसँग सम्बन्धित विषय र बोर्डले आफूलाई तोकिएको कार्यहरु गर्ने उल्लेख छ ।

वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदानसम्बन्धी काम गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय श्रमबजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रमबजारको खोजी गर्ने, विदेशबाट फर्केर आएका कामदारको सीप, पुँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्र हितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनसम्बन्धी काम गर्ने जिम्मेवारी यस समितिलाई तोकिएको छ ।

साथै, वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्ने योग्यता तोक्ने, तालिमको पाठ्यक्रम तर्जुमा र स्वीकृत गर्ने, तालिम दिने संस्थाहरुको अनुगमन गर्ने, वैदेशिक रोजगारमा गएका कामदारको स्थिति अध्ययनलगायत जिम्मेवारी पनि यस समितिले गर्ने छ । 

यस्तै कल्याणकारी कार्य व्यवस्थापन समितिलाई वैदेशिक रोजगार कल्याणकारी कार्यसम्बन्धी विषयहरु, कामदारको स्वास्थ्यसम्बन्धी विषयहरु, बोर्ड सचिवालयको कल्याण, पुनस्र्थापना, पुनःएकीकरण तथा सञ्चार शाखाले गर्ने सम्पूर्ण विषयहरुका सम्बन्धमा बोर्ड तोकिएका कार्यहरु गर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।

अंगभंग भई वा कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने, फौजदारी कसूरको अभियोग लागेको कसूरदारको प्रतिरक्षा तथा बहस पैरवीसम्बन्धी कार्य गर्ने, वैदेशिक रोजगारमा गएको अवस्थामा कामदारको मृत्यु भई शव अलपत्र परी नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्नेलगायत विषयमा यस समितिले काम गर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP