Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विचार
  • Home
  • विचार
  • समयको सिकारलाई नियाल्दा
समयको सिकारलाई नियाल्दा
रचना मोक्तान यात्री
रचना मोक्तान यात्री सोमबार, पुस १५, २०८१

मानव जीवनमा जन्मपछिको मरन सत्य हो। विभिन्न दुःख कष्टसँग जुधेर अघि बढ्नु नै जीवन हो। हरेक मानिसको जीवनमा केही न केही घटनाक्रमहरू घटिरहेका हुन्छन्। किशोरावस्थाको प्रवेशमा जे जति डर त्रासको अवस्थामा रह्यो, ती घटनाक्रम साँच्चै जिन्दगी रहुञ्जेल नमेटिने छाप बनिरह्यो, र बनिरहन्छ नै।

जिन्दगी भनेकै भोगाइ र अनुभव बटुलेर बाँच्ने एक मुठी श्वास रहेछ। तपाईंलाई यो लेख कथा लाग्न सक्ला, वकबास लाग्न सक्ला वा इतिहास पनि लाग्न सक्ला ! देशमा जनयुद्ध सुरु हुँदा १२ वर्षकी थिएँ। जताततै हत्या, हिंसा र बम पडकिएको, लुटिएको जस्ता घटनाक्रमसँगै मेरो जीवनमा पनि अविष्मरणीय घटना घट्यो। घटना २०५३ सालको हो। मंसिर महिनाको जाडो याममा मेरो घरमा केही नचिनेका, मुख छोपेका मान्छेहरू आए। उनीहरुले आफूलाई ‘माओवादी’ भनेर चिनाएका थिए।

उनीहरू बन्दुकलगायत हातहतियारसहित थिए। त्यसअघि मैले प्रत्यक्ष बन्दुक देखेको थिइनँ। हाम्रो परिवार केही बोल्न सक्ने अवस्थामा थिएन, त्रास र भयले। उनीहरू गएको केही दिनपछि प्रहरी २५-३० जनाको टोली आइपुग्यो। गाउँका धेरै घरहरू खानतलासी गरे। हाम्रो घर विशेष निगरानीमा पर्‍यो। सर्वसाधारणलाई माओवादी किन पालिस् ? किन खाना खुवाइस ? भनी लाठी, बुट, बन्दुकको कुन्दाले हिर्काए। जसको मुकदर्शक साक्षी भई उभिरहेँ। त्यो समय मेरो गाउँ अर्थात् काभ्रे जिल्लाको कानपुर गा.वि.स.-६ डाँडागाउँमा मान्छे मर्दा मलामी जानसमेत कोही ठूला मान्छे भएनन्।

असमानता र विभेदको अन्त्य गरी जनताको मुक्तिका लागि लडिएको लडाइँमा मुस्किल-मुस्किलले जोगियो। थुप्रै लडाइँमध्ये २०६२ माघ ८ गते मकवानपुरको झुर्झुरे, २०६२ माघ २४ गते काभ्रेको पनौती चौकी आक्रमण, २०६२ चैत ८ गते काभ्रे दाप्चाको दाह्रेगौंडामा भएको योजनाबद्ध भिडन्त, २०६२ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा कार्यक्रमस्थलमा भएको हेलिकप्टर आक्रमण र स्थलगत भिडन्त सबैभन्दा मस्तिष्कमा अमिट छाप भएर रहेका मोर्चाहरू हुन्।

Hardik health

डर र त्रासले गाउँमा बस्नै छोडे। जसको कारण थियो सरकार र विद्रोही दुवैपक्षको चपेटामा परेका थिए जनता। म चार कक्षामा पढ्दै गर्दा संगठन निर्माण गर्न भनी आएका केही व्यक्तिहरू (माओवादी)लाई चिन्ने देख्ने मौका पाएँ। उनीहरूले न्याय र समानताको प्रशिक्षण दिन्थे। मलाई त्यो बेला उनीहरूको प्रशिक्षण राम्रै लाग्थ्यो। उनीहरू गएपछि प्रहरी आइरहाल्थे। प्रहरीले विनाकारण जो पायो उहीलाई माओवादीको आरोपमा कुटपिट गर्ने र मार्ने शृंखलाबद्ध कार्य देख्दा बाल मस्तिष्कमा प्रहरीको व्यवहारप्रति आक्रोश पैदा हुन्थ्यो। तर, न प्रहरीलाई रोक्न सकिन्थ्यो न माओवादीलाई। जसोतसो पढ्दै थिएँ। प्रत्येक पल डर त्रासमै बिताउनुपरेको थियो। छिमेकी स्कुल र मेरै स्कुलका अग्रज दाइ दिदीहरूलाई माओवादी संगठनमा आबद्ध भइसकेका थिए।

प्रहरी प्रशासनबाट यिनीहरू सब माओवादी हुन्, माओवादीलाई सहयोग गर्छन् भनी यातना दिने र तारेखमा बोलाउने क्रम चलिरह्यो। मेरा समकक्षी धेरैले पढाइ छाडे। पढ्ने वातावरण थिएन। म भने जबरजस्ती पढिरहेकी थिएँ। २०५९ सालमा जब म कक्षा ९ मा भर्ना भएँ। त्यसपछि समयले मलाई सिकार बनाइछाड्यो। कक्षा ८, ९, १० मा पढ्ने किशोरकिशोरीहरू माओवादीले आफ्नो विद्यार्थी संगठनका लागि योग्य मान्दो रहेछ। जानी नजानी म पनि संगठनमा बसें, बस्नैपर्ने बाध्यतामा परें।

त्यसको केही समयपछि छिमेकी विद्यालयकी कमला दोङ तामाङ दिदीलाई नेपाली सेनाले माओवादीको आरोपमा हेलिकप्टरमार्फत घरको आँगनबाटै उठाएर लग्यो। करिब एक-दुई महिना बेपत्ता पार्‍यो। त्यो घटनापछि झन् डर त्रासले सीमा नाघ्यो। एक दिन विद्यालयमा प्रहरी आएर हामीलाई छलफल गर्नु छ भनी चौकीमा लिएर गए। चौकीमा पुग्दा थाहा भयो कि प्रहरी प्रशासनको नजरमा म लगायत मेरा साथीहरू माओवादी भइसके। माओवादीको गतिविधिमा साथ दिएका आदि इत्यादि आरोप लगाइयो। तर म पढ्दै गरेको विद्यालयको प्रधानाध्यापकले जसोतसो छुटाएर ल्याउनुभयो। त्यसपछि पनि प्रहरी आउने र उसैगरी केरकार गर्ने क्रम चलिरह्यो। जसले गर्दा पढ्ने वातावरण नै बिथोलियो। प्रहरी प्रशासनबाट आजित भएपछि कक्षा ९ को पढाइ छाडेर जनयुद्धमा होमिएँ।

सरकार-माओवादीबीच शान्तिवार्ता चलिरहेकै अवस्थामा म भूमिगत भएँ, २०५९ फागुनमा। घरकी कान्छी छोरी, मायाले पुलपुलिएकी म एकाएक घरबाट हराएर भूमिगत हुँदा आपा (बुबा) आमा असह्य पीडामा पर्नुभएको थियो। साँच्चै पीडादायी क्षण थियो त्यो आपाआमाका लागि। यता म भने सेना÷प्रहरीको गोलीबाट बचेर न्याय र स्वतन्त्रताको लडाइँ जित्नु थियो।
स्कुल पढ्ने १४ वर्षको कलिलो उमेरमा कलम कापी समात्नुपर्ने हातले बन्दुक, गोली, बमजस्ता युद्धसामग्री समात्नुपर्ने बाध्यतामा डुबेकी थिएँ। युद्धमैदानमा होमिएपछि त्यसबाट टाढा रहने अवस्था नै भएन। समय बित्दै गयो। म माओवादीका सिनियर कमरेडहरूसँग हातेमालो गर्दै जनताको घर आँगनमा वीरताको गीत गाउँदै हिँड्न थालेँ। त्यसरी यात्रा गरिरहँदा घर परिवार मेरो आफन्त भन्ने भावना बिर्सेर हामी, हाम्रो भन्ने भावनाको विकास गर्‍यौं। वर्गीय मायामा अन्तर्घुलित भयौं। साथमा पार्टीको सकारात्मक धारणा जनतालाई दिन्थ्यौं। उनीहरूले चासोका साथ सुन्थे।

समय एकनासको रहेन। २०६० साउन ३२ गते रामेछापको दोरम्बामा २१ जना माओवादी नेता र कार्यकर्ता बैठक बसिरहेको बेला सेनाले घेरा हाली कब्जामा लिई वीभत्सरूपमा हत्या गरियो। जबकि त्यही समय दाङको हापुरेमा माओवादी नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार र माओवादीबीच वार्ता चलिरहेको थियो। दोरम्बा घटनापछि पार्टी युद्धविराम भंग गरेर फेरि युद्धमा होमियो।

द्वन्द्वको चपेटामा बालबालिका, युवा, वृद्धवृद्वालगायत कोही अछूतो रहेनन्। कहिले जंगल, कहिले गाउँ, कहिले सहर, यसरी नै दिनचर्यां बित्थ्यो। म संगठन निर्माण कार्यमा निरन्तर लागिरहें। २०६१ मा पार्टीलाई सैनिकीकरण र सेनालाई पार्टीकरण गरियो। यसको अर्थ सेनामा रहेका माओवादीलाई संगठनमा र संगठनमा रहेका माओवादीलाई सेनामा समायोजन गरी लैजाने नीतिअन्तर्गत २०६१ माघ १३ गते संगठनको जिम्मेवारीबाट मोर्चा लड्ंन जनमुक्ति सेनामा आबद्ध भएँ। थुप्रै लडाइँ मोर्चाहरूमा सहभागी भएँ। जसमध्ये काभ्रेको नार्केखोला फायरिङ एम्बुस, सिन्धुपाल्चोकको चेहेरी सडक एम्बुसमा सहभागी भएँ। जुनबेला मृत्युलाई नजिकबाट देखें, भोगें। आफूसँगैका साथीहरू घाइते भएर छटपटिरहेको दृश्य, सँगैको साथी गोली लागेर ढलेको क्षण साँच्चै दर्दनाक हुने गथ्र्यो। अहिले सम्झँदा पनि दर्दनाक लाग्छ, ती क्षण।

असमानता र विभेदको अन्त्य गरी जनताको मुक्तिका लागि लडिएको लडाइँमा मुस्किल-मुस्किलले जोगियो। थुप्रै लडाइँमध्ये २०६२ माघ ८ गते मकवानपुरको झुर्झुरे, २०६२ माघ २४ गते काभ्रेको पनौती चौकी आक्रमण, २०६२ चैत ८ गते काभ्रे दाप्चाको दाह्रेगौंडामा भएको योजनाबद्ध भिडन्त, २०६२ चैत १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा कार्यक्रमस्थलमा भएको हेलिकप्टर आक्रमण र स्थलगत भिडन्त सबैभन्दा मस्तिष्कमा अमिट छाप भएर रहेका मोर्चाहरू हुन्।

जीवनमा आएका अनेक अनेक चुनौतीलाई हार नखाई बढ़ेको कारण आज आफैं समयको सिकार बनेपछिको अवस्थालाई नियाल्दा गर्न चाहेको खण्डमा हामीले सफलता हासिल गर्न सक्ने रहेछौं भन्ने लाग्छ। महान् यात्रामा सहभागी भई बाँचेको यो नाफाको जिन्दगी सदा असल कर्ममा लाग्न पाइयोस् भन्ने लाग्छ। जीवनमा उतारचढाव आउँछन्। कतै पनि हरेस नखाई निरन्तर अघि बढेमा उतारचढ़ावसँगै सफलताले पनि पछ्याइरहन्छ।

२०६२/६३ को जनआन्दोलनकै क्रममा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा माओवादी जनमुक्ति सेनाले २०६३ साल वैशाख १० गते आक्रमण गर्‍यो। तत्कालीन जनयुद्धको त्यो नै  अन्तिम युद्ध अर्थात् सशस्त्र द्वन्द्वको लडाइँ थियो। जहाँ म आफू पनि सहभागी भई रातभरि लडें। मेरो आँखा अगाडि पालैपालो कमरेड क्षितिज, कमरेड जीवन्त, कमरेड अर्जुन र कमरेड शैलेसले दुश्मनबाट प्रहार गरेको गोली लागेर सहदात प्राप्त गरे। यसरी जीवन र मरणको दोसाँधमा रहेर जीवनलाई फुलाउन निकै मिहेनत र हिम्मत साथ अघि बढिरहें।

जब सरकार र जनयुद्धको नेतृत्वकर्ताबीच विस्तृत शान्ति सम्झौता भयो त्यसपछि हामीजस्ता योद्धाहरूलाई निश्चित मापदण्ड बनाएर शिविरमा राख्ने निर्णय भयो। जसको अनुगमन संयुक्त राष्ट्रसंघलाई जिम्मा दिइयो। २०६३ मंसिर ५ गते शान्ति सम्झौतापछि चितवनको शाक्तिखोर जंगलमा गएर अस्थायी शिविर बनाई बस्यौं। युद्ध सकिएको थिएन। हतियार बिसाएर मात्रै बसेको समय थियो। विस्तारै माओवादी सेनालाई सेना हो कि हैन भनी दर्ता र प्रमाणित गर्ने कार्य सुरु भयो। जसमा धेरै युद्ध लडेका योद्वाहरूलाई पनि नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले आफ्नो प्रमाणीकरणमा अयोग्य बनाइदियो। भाग्यबस भनौं या ममा भएको निडरताले हो, म अनमिन प्रमाणीकरणमा योग्य सेना ठहरिएँ।

शिविरभित्रै विभिन्न पुस्तकालय, खेलमैदान भएको कारण आफूखुसी खेल्न र पढ्न पाइन्थ्यो। किशोर अवस्थाकी म भने पढ्न र लेख्नमा रुचि राख्थें। कक्षा ९ मा पढ्दापढ्दै छोडेर भूमिगत भएकी मलाई फेरि शिक्षाको महत्त्व र आवश्यकता महसुस हुन थाल्यो। फेरि पढ्ने चाहनाले मलाई पढाइतर्फ डोर्‍याइरहन्थ्यो। त्यो समय हातमा मोबाइल फोन बोक्न दिँदैनथ्यो। ल्यान्डलाइनको फोनबाट फोन गर्न पाइन्थ्यो। मैले पढ्न मन भएको कुरा मेरी दिदी जो काभ्रेको बनेपामा बस्नहुन्थ्यो उहाँलाई सुनाएँ। उहॉले २०६५ सालको प्राइभेट एसएलसीमा फाराम भरिदिनुभयो। कक्षा ८ उत्तीर्ण भएकाले प्राइभेटबाट एसएलसी परीक्षामा सहभागी हुन पाइने व्यवस्था थियो। स्वअध्ययन गरेर २०६५ सालको एसएलसी परीक्षा काभ्रे जिल्लाबाट दिएँ। नतिजा राम्रो आयो। खुसीको सीमा रहेन।

त्यो बेला शिविरमा औपचारिक शिक्षा लिन पाइने व्यवस्था थिएन। लुकेर गरेको काम थाहा पाएपछि मैले मेरो कमान्डिङ जिम्मेवारीबाट १५ दिन निलम्बित हुनुपर्‍यो तर पढाइप्रतिको दृढ इच्छाको कारण मलाई कसैले रोक्न सकेनन्। २०६७ मा सेनामा समायोजन भएर जागिर खान जाने कि तोकिएको रकम लिएर अवकाश लिने भन्ने विकल्प रोज्नुपर्‍यो। मैले सेनाबाट अवकाश लिएर पढ़ने निर्णय गरेँ। सेना समायोजनमा नगएबापत दिइएको पाँच लाख रुपैयाँ लिएर गाउँ फर्किएँ। मलाई रोकिएको मेरो पढाइप्रतिको मोहले चुपचाप रहन दिएन।

मैले पुनः औपचारिक शिक्षामा आफूलाई जोडें। २०६७ मा काभ्रेको रोशी गाउँपालिकामा अवस्थित श्री रोशी माविमा कक्षा ११ मा भर्ना भएँ। दुई वर्षे उच्च मावि तहको शिक्षा पूरा गरें। त्यसलगत्तै काभ्रेमै रहेको मंगल जनविजय बहुमुखी क्याम्पस मंगलटारबाट तीन वर्षे स्नातक पूरा गरें।

मान्छेको इच्छाशक्ति भयो भने जस्तोसुकै दुःख र अभावमा पनि आफ्नो लक्ष्यसम्म पुग्न सकिन्छ भन्ने महसुस गरेकी छु। त्यसैको परिणाम मान्छु मेरो यो सफलता। हाम्रो तामाड बस्तीमा छोरीचेली पढ्ने र पढाउने चलन एकदम कम थियो। छोरीलाई अर्काको घर जाने जातले किन धेरै पढ्नुपर्‍यो भनी दुरुत्सान गरिन्थ्यो। म पढ्दा पनि पढ़ेर के गर्लिन् र यिनले भन्ने जस्ता अनेक अनेक कुराहरू सुन्नुपर्‍यो। यही सिलसिलामा तीन वर्षे स्नातकको पढाइ  सकाएर, स्नातकोत्तर (मास्टर्स्) को शिक्षा लिन सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना भएँ। जुनबेला हातमा केही सीप थिएन। सहरको बसाइँ एकदम अभावमा बित्यो। कैयौं रात भोकै सुतें। जीवन जिउन त अनेक बाटो भेटिन्छ भनेझैँ मैले पनि सहकारीमा मासिक तीन हजार रुपैयाँ तलब पाउनेगरी काम पाएँ। यो २०७१ सालको कुरा हो। यतिले केही अभाव त टर्‍यो तर टिक्न गाह्रो भएको बेला समता शिक्षा निकेतन भक्तपुरमा पढाउन थालें। दुई समयको काम (४-१० र बॉकी समय) ले सहरमा मुस्किलले टिकें। संघर्षकै बीच मास्टर्स् पनि उत्तीर्ण गरें। विभिन्न समयमा शिक्षकको मागसम्बन्धी विज्ञापन खुल्दा परीक्षा दिएँ। धेरै पटक असफल भएँ, तैपनि निराश नभई लगातारको मिहेनतले उत्तीर्ण गरें।

२०६८ सालदेखि शिक्षण पेसामा आबद्ध छु। हाल काठमाडौं महानगरपालिका-६ स्थित महेन्द्र बौद्ध माविमा स्थानीय विषय तामाङ भाषा पढाउँछु। जीवनमा आएका अनेक अनेक चुनौतीलाई हार नखाई बढ़ेको कारण आज आफैं समयको सिकार बनेपछिको अवस्थालाई नियाल्दा गर्न चाहेको खण्डमा हामीले सफलता हासिल गर्न सक्ने रहेछौं भन्ने लाग्छ। महान् यात्रामा सहभागी भई बाँचेको यो नाफाको जिन्दगी सदा असल कर्ममा लाग्न पाइयोस् भन्ने लाग्छ। जीवनमा उतारचढाव आउँछन्। कतै पनि हरेस नखाई निरन्तर अघि बढेमा उतारचढ़ावसँगै सफलताले पनि पछ्याइरहन्छ।


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:२०
#रचना_मोक्तान
प्रतिक्रिया दिनुहोस्
थप विचार
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
मुखमा राम राम, बगलीमा छुरा !
मुखमा राम राम, बगलीमा छुरा ! मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP