Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय तहका जनप्रतिनिधिविरुद्ध धमाधम भ्रष्टाचार मुद्दा
स्थानीय तहका जनप्रतिनिधिविरुद्ध धमाधम भ्रष्टाचार मुद्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १५, २०८१
  •  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध २२ करोडभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर
  • अख्तियारले सर्लाहीको बागमती नगरपालिकामा माछापोखरी ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो
  •  यसअघि गोदावरीका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई एक अर्बको भ्रष्टाचार मुद्दा दायर गरिएको थियो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका पछिल्ला मुद्दाहरु हेर्ने हो भने स्थानीय तहका जनप्रतिनिधिमाथि भ्रष्टाचारको आरोप बढ्दो छ । आइतबारमात्र काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध २२ करोड रुपैयाँभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले मेयर बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । घूस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतसँग २२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापतिसमेत हुन् ।

अख्तियारले सर्लाहीको बागमती नगरपालिकामा माछापोखरी ‘भरत ताल’ निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । गत जेठ २९ गते अख्तियारले उक्त मुद्दा दायर गरेको थियो । अघिल्लो कार्यकालमासमेत मेयर भएका भरत थापाले ठूलो परिणाममा नदीजन्य वस्तुको उत्खनन् गरेर दुईवटा माछापोखरी निर्माण गरेका थिए । ताल निर्माणपछि थापाकै नामबाट पोखरीको नाम ‘भरत ताल’ राखिएको थियो ।

Hardik health

यसअघि ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलाई एक अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । नगरपालिका क्षेत्रमा खानी तथा नदीजन्य ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा मिलेमतो गरी एक अर्ब पाँच करोड रुपैयाँ राजस्व चुहावट गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दाबाट भने मेयर र उपमेयरसहित १४ जना प्रतिवादी बनाएकोमा विशेष अदालतले सफाइ दिइसकेको छ ।

पछिल्ला दिनहरुमा गाउँपालिकाका अध्यक्षदेखि वडाध्यक्षसम्म विभिन्न प्रकरणमा अख्तियारले मुद्दा दायर गर्ने क्रम बढ्दो छ । अख्तियारले आर्थिक वर्ष २०८०/०८१ मा विशेष अदालतमा भ्रष्टाचारका २०१ मुद्दा विशेष अदालतमा दायर गरेको छ । प्रतिवेदनअनुसार २०८०/८१ मा सबैभन्दा बढी १०२ वटा मुद्दा स्थानीय तहका छन् । यो कूल मुद्दाको ५२ प्रतिशत हो । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध १०२ मध्ये एकतिहाइ अर्थात् ३२ वटा मुद्दामा जनप्रतिनिधिसमेतलाई प्रतिवादी बनाइएको छ ।

जसमा सबैभन्दा बढी वडाध्यक्ष ४३ रहेका छन् । त्यसैगरी प्रमुख÷अध्यक्ष २२, उपप्रमुख÷उपाध्यक्ष १९ लाई प्रतिवादी बनाइएको छ । स्थानीय तहमा भ्रष्टाचार डरलाग्दो गरी अघि बढेको पछिल्लो तथ्यांकले देखाउँछ । अख्तियारले हजारदेखि एक अर्बसम्मको बिगो दाबीसहित मुद्दा दर्ता गरे पनि नीतिगत निर्णयका कारण कारबाही भने फितलो देखिँदै आएको छ ।स्थानीय तहका प्रमुख÷उपप्रमुखले दलगत÷व्यक्तिगत स्वार्थमा भागबण्ड मिलाउन र खुसी पार्न बनभोजदेखि भ्रमण खर्च खर्च गर्ने प्रवृत्ति उस्तै बढ्दो छ । यसैगरी विविध शीर्ष, परामर्शमा खर्च गर्ने मनपरी सल्लाहकार राख्ने, दरबन्दी नै नभएको पदमा करारमा कर्मचारी राख्ने गरेको भेटिएको अख्तियारको रिपोर्टमा उल्लेख छ । यतिमात्र हैन फर्जी कर्मचारी राखेर प्रमुख उपप्रमुखले आफैं रकम लिने गरेकोसमेत भेटिएको छ ।

स्थानीय तहले प्रेस, कानुनी, राजनीतिक लगायतका नाममा सल्लाहकार नियुक्त गर्दै आएका छन् । देशभरका ७५३ वटै स्थानीय तहमा विपद् व्यवस्थापन तथा आर्थिक सहायता शीर्षकमा पनि मापदण्डविना आफूखुसी खर्च गरी अनियमितता भइरहेको अख्तियारलेका प्रतिवेदनमा उल्लेख छ ।स्थानीय सरकारले प्राकृतिक स्रोतसाधन दोहन गर्नेदेखि सेटिङमा भ्रष्टाचार गर्ने विषय त ‘ओपन सेक्रेट’ नै देखिन्छ । 


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP