Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १४, २०८१

दाङ- लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।  चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा ताल अवस्थित छ । यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन् ।  

अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताउनुभयो । उहाँका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन् ।लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो ।

प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, सङ्घसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताए । बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ । तालको वरिपरि बाँकी ठाउँमा वनजङ्गल छ । तालको गहिराइ छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा  सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आकमन पनि हुने गरेको बताउनुभयो । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिर दर्शन गर्दछन् । 

तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन् । “तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । सात वटामात्र डुङ्गा भएकाले सिजनमा पालो कुनुपर्दछ । केही पर्यटक ढुङ्गा चढ्न नपाएर फर्केने गर्नुहुन्छ”, कर्मचारी चौधरीले भन्नुभयो । एक जनाले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय शुल्क लिने गरिएको जनाउँदै उहाँले यहाँ सात जनाले रोजगारी पाएका उल्लेख गरे । 

Hardik health

जखेरा तालको अवलोकन गर्न गत बुधबार तुलसीपुर उपमहानगरपालिका– ६ बाट आउनुभएकी ४८ वर्षीया राधा रजौरेले पहिलो पटक तालको अवलोकन गरेको भन्दै यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको बताए । उनले भने, “यति सुन्दर ताल रहेछ यसले फेवा तालको झल्को दिन्छ । यसलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका सबै निकायबीच समन्वय गरी लाग्नुपर्छ ।” 

ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्नसके यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुने रजौरेले बताए । यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायले सहयोग गर्नपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगम बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिए ।घुमघाम गर्न दङ्गीशरणबाट यहाँ पुग्नुभएका ३६ वर्षीय कमल नेपालीले अहिले ताल क्षेत्रमा पहिलेको तुलनामा अहिले धेरै सुधार भएको देख्दा खुसी लागेको बताए । “पाँच वर्ष पहिले यो ताल घुम्न आएको थिए, यहाँ धेरै समस्या थियो, अहिले पूर्वाधारका क्षेत्रमा धेरै विकास भएको रहेछ”, उनले भने । 

छोराछोरीले जखेरा ताल घुम्न जाने भनेपछि छुट्टीको समयमा यहाँ आएको भन्दै नेपालीले यहाँ पुगेपछि दृश्यले आफू आनन्दित बनाएको बताए ।  उनले भने, “तालको सुन्दरता बढाउन यहाँ धेरै पर्यटक भित्र्याउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा थप लगानी गर्नुपर्दछ ।” विगतका वर्षमा नागरिकहरूको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले यो ताल जिल्लाको मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित हुँदै गएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए  । 

 “ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, संरक्षण समिति, लमही नगरपालिका, राष्ट्रिपति चुरेसंरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकार तथा यहाँका नागरिकहरूको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएका हौँ”, उपाध्यायले भने । अध्यक्ष उपाध्यायका अनुसार गत वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले रु चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो । 

यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । स्थानीय थारू भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाउँ विकास समिति हालको लमही नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर खेर गइराहेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानवनिर्मित जलभण्डारणका रूपमा राखिएको थियो । सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो ।

दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ । पूर्वपश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन् ।


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:५३
#जखेरा_ताल
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
र्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध
र्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध आइतबार, कात्तिक १६, २०८२
नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’
नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’ आइतबार, कात्तिक १६, २०८२
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान शुक्रबार, कात्तिक १४, २०८२
पुल मर्मत नहुँदा आवागमनमा समस्या
पुल मर्मत नहुँदा आवागमनमा समस्या शुक्रबार, कात्तिक १४, २०८२
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्ग अवरुद्ध
बिपी राजमार्ग अवरुद्ध शुक्रबार, कात्तिक १४, २०८२
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP