Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रवादी प्रधानमन्त्री ओली मौन
लिपुलेक भारत–चीनबीच सहमति राष्ट्रवादी प्रधानमन्त्री ओली मौन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१

सुशील कोइरालाले आपत्ति जनाउँदा भएको थियो निर्धारित भारत भ्रमण स्थगित

भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढङ्गले गरेको होइन । त्यो उहाँहरूकै ‘टेक्निकल’ कुरा हो र त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो । तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढङ्गले सम्झौता भएको होइन ।
prithivi-gurung-1724927639.jpg
पृथ्वीसुब्बा गुरुङ
प्रवक्ता, नेपाल सरकार

काठमाडौं– दुई ठूला छिमेकी चीन र भारतले नेपाली भूमि लिपुलेकलाई कैलाश–मानसरोवर आउजाउको केन्द्र बनाउने सहमति गरेको हप्ता दिन भइसक्यो । तर राष्ट्रवादी छवि बोकेका प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा मौन छन् ।  

जबकि यसै विषयमा ९ वर्षअघि दुई देशबीच सहमति हुँदा त्यतिबेलाका प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेरै आपत्ति प्रकट गरेका थिए । त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो ।

Hardik health

विरोधपछि रोकिएको लिपुलेकलाई तीर्थयात्रीको आउजाउको केन्द्र बनाउने विषयमा यही पुस ३ गते भारत र चीनले आपसमा सहमति गरेका हुन् । चीनको बेइजिङमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच सहमति भएको थियो । 

नेपाली भूमि लिपुलेकलाई भारत र चीनले कैलाश–मानसरोवर तीर्थयात्रु आवातजावातको केन्द्र बनाउने गरी सहमति गर्दा भारत भ्रमण गर्न नपाएका प्रधानमन्त्री ओली नियस्रो मानिरहेका छन् नै । यसबारे प्रश्न गर्दा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गैरजिम्मेवार ढङ्गले जवाफ दिएका छन् । उनले दुई देशबीच भएको सहमतिलाई ‘टेक्निकल’ भनेका छन् । यसबारे नेपालले चिन्ता लिनु नपर्ने पनि उनको भनाइ छ । 

‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढङ्गले गरेको होइन । त्यो उहाँहरूकै टेक्निकल कुरा हो र त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो’, उनले बिहीबार भने, ‘तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढङ्गले सम्झौता भएको होइन ।’

यसअघि कोभिड महामारीका कारण २०७७ देखि तीर्थयात्रा रोकिएको थियो । तर, अब भने नेपाली भूमि लिपुलेकलाई नेपालको सहमतिबिना तीर्थयात्राको केन्द्र बनाउनेगरी सहमति भएको हो । नेपालसँग सम्बन्धित भूगोलमा छिमेकीहरूले यस्तो सहमति गरेर पुरानो घाउमा नुनचुक छर्ने काम गरेको सीमाविद्हरूले बताएका छन् । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठ लिपुलेकबारे भारत–चीनले आपसमा निर्णय गरेर हेपाहा प्रवृत्ति फेरि दोहो¥याएको आरोप लगाए । उनले यसबारे सरकारले औपचारिक रूपमा प्रोटेस्ट नोट दुवै देशलाई पठाउनुपर्ने पनि बताए । ‘लिपुलेक नेपाल–चीन सीमा क्षेत्रको भूगोल हो । यो भारतसँग जोडिँदैन । तर, तेस्रो देश भारतको तीर्थालुलाई लक्षित गरी लिपुलेकबारे जुन सहमति दुई देशबीच भयो । यो हेपाहा प्रवृत्तिबाहेक केही होइन’, उनले प्रभावसँग भने । 

लिपुलेकको विषयमा यसअघि नेपालले दुवै देशसँग औपचारिक रूपमै असहमति प्रकट गरिसकेको छ । १ जेठ २०७२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली खस्याङबीच लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गर्दा नेपालले आपत्ति जनाएको थियो । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला थिए ।

उनले दुवै देशलाई प्रोटेस्ट नोट पठाएका थिए । तर, दुवै देशले त्यसको वास्ता गरेनन् । बरु, लिपुलेकलाई पुनः प्रयोग गर्नेगरी सहमति गर्दै अगाडि बढेका हुन् । सहमतिका आधारमा अब भारतीय भूमिबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले नेपालको लिपुलेक हुँदै जानुपर्ने हुन्छ । नेपालको प्रशासनिक नक्साअनुसार लिपुलेक नेपाली भूभाग हो । तर, नेपाललाई बेवास्ता गर्दै दुई देशले घरिघरी विवादास्पद कदम चाल्दै आएका छन् । कतिसम्म भने भारत र चीनले यसअघि पनि सो भूभाग हुँदै दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेका थिए । त्यसमा नेपालको विरोध थियो । 

त्यतिबेला पनि नेपाल र भारतबीच असहज परिस्थिति उत्पन्न भएको थियो । त्यही विषयलाई लिएर प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मोदीबीच फोनवार्तासमेत भएको थियो । त्यसक्रममा प्रधानमन्त्री कोइरालाले नेपालको भूभागबारे नेपालको सहमतिबेगरै बेइजिङमा सहमति गरेकोमा मोदीसमक्ष आपत्ति प्रकट गरेका थिए । त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो ।

यहीबीच भारतले २०७६ को कात्तिकमा नेपाली भूमि लिपुलेक र कालापानीलाई समेत समेटेर नयाँ नक्सा जारी ग¥यो । त्यसबेला भने प्रधानमन्त्री केपी शर्मा ओली थिए । भारतले नेपाली भूमिलाई समेटेर जारी गरेको नक्सालाई लिएर नेपालमा चर्को विरोध भयो । तर, पनि भारतले नक्सा सच्याएन । उल्टै २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म सडक बनाएर प्रधानमन्त्री मोदीले उद्घाटन गरे । यो घटनापछि सीमा विवादलाई लिएर नेपाल–भारत सम्बन्धमा दरार पैदा भयो । त्यहीबीच नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो । सरकारले २०७७ जेठमा लिपुलेकलगायत समेटिएको नक्सा जारी गरेको थियो । 

जुन भारत र चीन दुवैले स्वीकारेनन् । अहिले भारत र चीनले लिपुलेकलाई सामूहिक व्यापारिक तथा तीर्थयात्रीका लागि सो भूभाग प्रयोग गर्ने सहमति गरे । यसबारे नेपाल सरकारका प्रवक्ता गुरुङले भने भारत र चीनको टेक्निकल विषय भनेर गैरजिम्मेवार जवाफ दिए ।दुई देशबीच लिपुलेकबारे सहमति हुँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको भ्रमणमा थिइन् । पछि उनी भारतमा झण्डै दुई साता लामो भ्रमणमा जर्मनीदेखि सिँधै गइन् । तर, लिपुलेकबारे दुई देशले गरेको सहमतिबारे बोलिनन् । 
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP