Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • धार्मिक, सामाजिक सद्भावको गढ : गढिमाई मेला
धार्मिक, सामाजिक सद्भावको गढ : गढिमाई मेला
डा.शोभाकर पराजुली
डा.शोभाकर पराजुली बिहीबार, मंसिर २७, २०८१

आदिवासी समुदाय थारुहरूको इतिहास र धार्मिक विश्वास गाँसिएको यो गढीमाई मन्दिर र मेलासँग अहिले हरेक हिन्दूको आस्था पनि उत्तिकै गहिरो छ । खासगरी समाजमा पछि पारिएका थारुहरूले यो मन्दिरलाई आफ्नो पुर्खाको धार्मिक अवयवका रुपमा पनि लिने गरेका छन् । अहिले पनि यो मन्दिरका मूल पुजारी थारु समुदायबाटै हुन्छन् । हालका पुजारी पनि यो मन्दिर स्थापना गर्ने उनै मूल थारुका पुस्ता मानिन्छन् । मन्दिर स्थापनाका पछाडि जोडिएका किम्वदन्तीअनुसार कैद सजाय भोगिरहेका एकजना थारु समुदायका व्यक्ति भगवान दास थारु सपनामा तुलजा भवानी (गढीमाई) को दर्शन पाउँछन् । 

हरेक पाँच वर्षमा एकपटक ‘गढीमाई’को चर्चा परिचर्चा चुलिने गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बहस हुने यो मेला यसपालि पनि चलिरहेको छ । हरेक पाँच वर्षमा मंसिर १ गतेदेखि सुरु हुने यो मेला एक महिनासम्म चल्छ । मधेसका विभिन्न जिल्लाका ११ स्थानमा यो मेला लाग्छ । तर सबैभन्दा धेरै भने बाराको वरियापुरको गढीमाई मन्दिर चर्चामा रहन्छ । 

यो चर्चाको पनि आफ्नै कथाहरू छन् । मन्दिर अनि मेलाका आ–आफ्नै कहानी र किम्वदन्तीहरू छन् । मिथक र विश्वासहरू छन् । यो मन्दिरमा हरेक पाँच वर्षमा लाखौं पशुपक्षीको बलि चढाइन्छ । राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रियरुपमा पनि यही बलिका कारण मन्दिर र मेलाको चर्चा हुने गर्छ । खासगरी पशु अधिकारकर्मीहरूले बलिप्रथाको विरोध गर्छन् । हरेक प्राणीलाई बाँच्ने अधिकार बराबर भएको भन्दै अधिकारकर्मीहरूले बलि प्रथा रोक्न सरकारलाई दबाब पनि दिँदै आएका छन् । सरकारले पनि त्यहीअनुसार बलिलाई व्यवस्थित र नियन्त्रण गर्ने प्रयासहरू गरिरहेको छ । तथापि, लाखौं मानिसको आस्था जोडिएका कारण अहिलेसम्म पनि यहाँ बलि रोकिएको छैन । नेपालमात्रै नभएर यो मेलामा छिमेकी भारतका हिन्दू समुदायको पनि उत्तिकै सहभागिता रहन्छ । एक महिनासम्म लाखौंं मानिसले भरिने यो मेला एकप्रकारको धार्मिक महाकुम्भजस्तै हुन्छ । 

खासगरी आदिवासी समुदाय थारुहरूको इतिहास र धार्मिक विश्वास गाँसिएको यो गढीमाई मन्दिर र मेलासँग अहिले हरेक हिन्दूको आस्था पनि उत्तिकै गहिरो छ । खासगरी समाजमा पछि पारिएका थारुहरूले यो मन्दिरलाई आफ्नो पुर्खाको धार्मिक अवयवका रुपमा पनि लिने गरेका छन् । अहिले पनि यो मन्दिरका मूल पुजारी थारु समुदायबाटै हुन्छन् । हालका पुजारी पनि यो मन्दिर स्थापना गर्ने उनै मूल थारुका पुस्ता मानिन्छन् । मन्दिर स्थापनाका पछाडि जोडिएका किम्वदन्तीअनुसार कैद सजाय भोगिरहेका एकजना थारु समुदायका व्यक्ति भगवान दास थारु सपनामा तुलजा भवानी (गढीमाई) को दर्शन पाउँछन् । र, भवानीले एउटा त्रिशुल उनलाई दिएकी हुन्छिन् । कैद भुक्तान गरेर घर फर्किने बेलामा भगवानदासले त्यो त्रिशुल एक ठाउँमा गाडिदिन्छन् । त्यही ठाउँमा मन्दिर बन्छ र त्यसपछि मेलाको सुरुवात हुन्छ । त्यो त्रिशुल गाडिएको स्थान अर्थात् हालको बारा जिल्ला बरियापुरमा बनेको मन्दिरमा रहेको भवानीको मूर्ति आफैं स्थापना भएको पनि किम्वदन्ती छ । 

Hardik health

हिन्दूहरूको आस्थामा रहने शक्तिपीठमध्ये यो पनि एउटा शक्तिपीठ हो । शक्तिपीठहरूको शिवपत्नी सतिदेवीको अंगहरू पतन भएको धार्मिक विश्वास पनि छ । अर्को किम्वदन्तीअनुसार भगवान विष्णुले राक्षसहरूको बध गर्न देवीको रुप धारण गरेका थिए । देवीले रक्षसहरूको बध गर्छिन् र युद्धबाट थाकेर उनी त्यहाँको जंगलमा आराम गर्न पुगेकी थिइन् । त्यसैले त्यहाँ उनको मूर्ति आफैं उत्पन्न भएको भन्ने पनि पौराणिक मान्यता छ । त्यसबेलादेखि यिनै थारु परिवारले मन्दिरको संरक्षण, संवद्र्धन र देवीको पूजाआजा गर्दै आएको र उनका सारा पुस्ता कोही न कोही यो मन्दिरमा जोडिने गरेको जनश्रुतिहरू पनि स्थापित भएका छन् । जे जस्तो भए पनि गढीमाई देवीलाई साक्षात् देवीको प्रतीकका रुपमा लिइन्छ । त्यसैले अरु शक्तिपीठभन्दा यो मन्दिरको महŒव अझ बढ्न गएको पाइन्छ । 

यो पौराणिक परिघटना लगभग १७औंं शताब्दीतिर भएको मानिन्छ । त्यस हिसाबले यो मन्दिर र मेलाको इतिहास लगभग ४०० वर्ष पुरानो छ । सदियौं पुरानो इतिहास र मान्यताहरूलाई कति विश्वास गर्ने ? त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तथापि, गढीमाई विश्वका आमहिन्दूको धार्मिक आस्थामा गहिरोसँग गाँसिएको छ । नेपालमै रहेका अरु मन्दिरहरूको तुलनामा यो मन्दिर औसत हो । तर यहाँको धार्मिक विश्वास र आस्था भने धेरै अग्लाअग्ला छन् । प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिरको मूर्ति कसले र कहिले स्थापना भयो ? वा आफैं उत्पन्न भयो कि कसैले बनाएर राखेको हो भन्नेबारे अहिले पनि मत अभिमतहरू बाझिन्छन् । तथापि यो शक्तिपीठसँग गाँसिएका फरक मान्यता र आस्थाका कारण यसको धार्मिक भव्यता अरुभन्दा निकै पृथक छ ।

हरेक पाँच वर्षमा लाग्ने यो मेलाको एक महिने अवधिमा हजारौं पशुपक्षीको प्राण चढाइन्छ । तर त्योभन्दा अघि उनै मन्दिरका संस्थापकका पुस्ता अर्थात् मूल पुजारी आफैंले नरबलि दिने प्रचलन छ । त्यो भनेको मान्छेकै बलिको नाउँमा शरीरका विभिन्न पाँच अंगको रगत निकालेर मूर्तिमा चढाइन्छ । त्यसपछि मुसा, बोका, परेवा, कुखुरा अनि राँगाको बलि चढाइएपछि बल्ल सर्वसाधारणले आफ्नो भाकल, इच्छा र हैसियतअनुसार पशुबलि चढाउँछन् । त्यसमध्ये सबैभन्दा बढी राँगाको बलि चढाइन्छन् । यकीन तथ्य र तथ्यांकहरू नभए पनि यहाँ हरेक वर्ष ३० देखि ४० हजार राँगाहरूको बलि चढाइन्छ । अरु पशुपक्षीको खासै गणना रहँदैन । 

धर्म भनेको हरेक व्यक्तिको आफ्नै मौलिक र निजी स्वतन्त्रताको कुरा हो । त्यसैले नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र हुने छ भनेर संविधानमै लेखिएको छ । यो वैयक्तिक स्वतन्त्रता कतै–कसैबाट हनन् हुनुहुँदैन । यो एउटा मानवअधिकारको पनि कुरा हो । अनि धर्म भनेको धारण पनि हो । त्यो भनेको हरेक प्राणीको जीवनको आफ्नो शैली, स्वभाव र अनुशासन हो । हरेक धर्मका आ–आफ्नै महŒव छन् । विश्वास र आस्था छन् । आफ्ना मान्यताहरू छन् । कुनै धर्म र आस्थाको महानता अर्कोसँग तुलना हुँदैन र हुनुहुँदैन । यो मेलाका क्रममा हजारौं प्राणको ज्यान हरण हुने गरेको भन्दै विरोध र आलोचना हुँदै आएको छ । हरेक प्राणीलाई मान्छेजस्तै स्वतन्त्र बाँच्ने अधिकार रहन्छ र हुन्छ नै ।

तर एउटा आस्था, विश्वास र धारणाले बाँधिएको यो प्राकृतिक चक्रलाई त्यहीअनुसार स्वीकार गर्नुपर्छ । शिक्षा र चेतनाको विकाससँगै यस्ता मान्यताहरू विस्तारै स्थापित हुँदै जान्छन् । यद्यपि अहिले विश्वभरि नै पशुअधिकारका लागि कयौं अभियानहरू चलिरहेका छन् । कतिपय देशहरूले पशुअधिकारको कानुनसमेत बनाइसकेका छन् । नेपालले पनि विस्तारै पशु अधिकारका लागि कानुनहरू बनाउने, बलिप्रथा व्यवस्थित र नियन्त्रण गर्दै लैजानेजस्ता कामहरू क्रमिकरुपमा गर्दै आएको छ ।  

जे जस्तो भए पनि गढीमाई पनि त्यस्तै एउटा समूह र समुदायको आस्थाको एउटा केन्द्र हो । कुनै एउटा समुदायको पुस्तैनी इतिहास गाँसिए पनि यो मन्दिर र मेलाको महŒवलाई आमसमुदायले नै अपनŒव पाइन्छ । पञ्चवर्षीय यो मेलामा हरेक व्यक्ति, समुदाय र वर्गकाबीच आपसी मेलमिलाप, सद्भाव र प्रेमभाव प्रकट भएको देखिन्छ । त्यसैले यो मेला एकप्रकारले भन्ने हो भने धार्मिक र सामाजिक सद्भावको एउटा उत्कृष्ट संगम पनि हो ।

रासस
 


प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP