

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्ने शल्यक्रियामा सहभागी चिकित्सकबीच छलफल भइरहेको बताइएको छ । बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताए ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमितरूपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठकलगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको बताए । ‘बालुवाटारको सेटअपको सिलसिलामा डिस्चार्ज छिटो पनि हुनसक्छ’ उनले भने, ‘तर अहिलेसम्म डिस्चार्जको केही टुंगो भैसकेको छैन ।’
प्रधानमन्त्री ओलीलाई बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमित रूपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिए ।