बागलुङ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ। गाउँ तथा नगर अधिवेशनअन्तर्गत बागलुङका नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो।
जिल्लाका ८५ वटै वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् १० वटै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन पुरा भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए।
बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशीराम आचार्य चयन सर्वसम्मत चयन भएका छन्।
यस्तै, गलकोट नगरपालिकामा मतदानमार्फत हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित भएका छन्। ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन हुनुभएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। स्थानीय तहको अधिवेशन सकेर क्षत्रीय अधिवेशनको तयारीमा लागेको उनको भनाइ छ।