Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
विचार
  • Home
  • विचार
  • मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
शीतलप्रसाद महतो/रासस
शीतलप्रसाद महतो/रासस सोमबार, मंसिर १७, २०८१

त्रेतायुगमा मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताबीच भएको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी पर्व मनाउने गरिन्छ । यसवर्ष मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सवको रौनक यतिखेर नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपाल तथा छिमेक मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ साधुसन्त तथा दर्शनार्थी जनकपुरधाम आउने क्रम जारी छ । आएका दर्शनार्थी बाह्रबिघा मैदान, जानकी मन्दिरको प्राङ्गण, सडकपेटी, विभिन्न मठमन्दिर, कुटी तथा संघसंस्थामा बास बसेका छन् । 

त्रेतायुगमा अयोध्याका राजा दशरथपुत्र भगवान श्री राम र जनकपुरका राजा जनकपुत्री माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन रहँदै आएको छ । यस अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात् मठमन्दिरका महन्त, जोगी सन्न्यासी, हजारौँ साधु, सन्त, महात्मा सो विवाह महोत्सवमा उपस्थित हुनका लागि जनकपुरधाममा आइसक्नुभएको छ भने कतिपय आउने क्रम जारी छ । सयौँ रथ, बाजागाजा, नाचसहित जन्ती आउने चलन छ ।  सोहीअनुरूप विगत केही दिनदेखि अयोध्याबाट हजारौँ जन्ती तथा दर्शनार्थी जनकपुर आउने क्रम जारी छ । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित जनकपुर आउने गर्छन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ ।

विवाह पञ्चमी महोत्सव भव्य र सभ्यरूपमा मनाउने 

मार्गशीर्ष शुक्ल पञ्चमीमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महामहोत्सवलाई यो वर्ष प्रदेश सरकारले भव्य रूपमा मनाउने भएको छ । मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गरिनेछ । जन्तीलाई महोत्तरीको मटिहानी आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्नेछ । स्वागत तथा रात्रिको भोजन र आवासको व्यवस्थापन पनि मटिहानी नगरपालिकाले गर्ने तयारी गरेको छ । मङ्सिर १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ । सोही दिन साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्रबिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी मङ्सिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा रातमा मैथिली परम्परानुसार भगवान राम र माता सीताको प्रतीकात्मक विवाह उत्सवको कार्यक्रम हुन्छ । 

Hardik health

मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सवअन्तर्गत १७ गते फूलबारी लीला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाका कार्यक्रम रहेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । हाल जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुलीझैँ सिङ्गारिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव हुन्छ । उहाँले बिहेमा माता सीताको पिता राजा जनकको भूमिका निर्वाह गर्नुहुन्छ । रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ । विवाहपञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेका छन् । अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ । 

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै स्थानीयले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउने गर्छन् । विवाहपञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजनले उत्सवमा सहभागिता जनाउने गर्छन् । विवाहपञ्चमीमा मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरूको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरूमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरूलाई, राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकीर्तन र भगवानका रूपमा पूजाआजासमेत गरिन्छ । यसले श्रद्धालुलाई निकै उत्साहित बनाउने गर्छन् । बाहिरबाट आएका श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लबले निःशुल्क आवास, भोजन, उपचार र माइकिङको ठाउँ ठाउँमा आयोजन गरेको छ ।

नगर दर्शन

त्रेता युगमा अयोध्यानरेश दशरथपुत्र मर्यादा पुरुषोत्तम भगवान राम र मिथिलाका शिरध्वज राजर्षी जनकपुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन मङ्सिर १६ गते नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

फूलबारी लीला

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । दोस्रो दिन मङ्सिर १७ गते फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा माई मन्दिरको फूलबारीमा भएको रामायणमा उल्लेख छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष गरिँदै आएको छ । त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधाममा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ । 

धनुष यज्ञ

तेस्रो दिन मङ्सिर १८ गते धनुष यज्ञ सम्पन्न हुन्छ । सीताले शिवजीको पिनाक (धनुष) लाई बायाँ हातले उठाएर लिपपोत गरेको देख्दा राजा जनक यो धनुषमा प्रत्यञ्चा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन दिएकाले धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ विघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।

तिलकोत्सव विधि

महोत्सवको चौथो दिन मङ्सिर १९ गते राम मन्दिरको प्राङ्गणमा हजारौँको भीडका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट पाहुना राम मन्दिरमा आउँछ । जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अङ्कमाल (समधी मिलान) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाले रामजानकीको बिहेका गीत गाउँछन् भने हाँस्य परिहासको माहोलसमेत हुन्छ । 
समधी मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पुजारीहरु सहभागी हुने गर्छन् भने राम मन्दिरबाट महन्थ स्वयं, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

मटकोर विधि 

महोत्सवको पाँचौँ दिन मङ्सिर २० गते मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीत गाउँदै माटो खनेर ल्याउने गर्छन । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

स्वयम्बर विधि

छैटौँ दिन मङ्सिर २१ गते ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयम्बर विधि सम्पन्न भएको छ । सो दिन राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान (१२ बिघा) पुग्छन् । डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारांैको सङ्ख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काम शुरु हुन्छ । राम र सीताको विवाहको लागि जानकी मन्दिर प्राङ्गणमा विवाह मण्डप अर्थात मरबा बनाइएको हुन्छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई भव्य रुपमा सिङ्गारिएको छ । वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ । वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।

रामकलेवा 

विवाहपञ्चमीको सातौँ दिन मङ्सिर २२ गते भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदायी गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गालीगलौज गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारी तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् । 

विवाह मोहत्सव हेर्न आउने श्रद्धालुका लागि विभिन्न खाले मनोरन्जनको समेत व्यवस्था गरिएको हुन्छ । महोत्सवलाई व्यवस्थित र भरपर्दो सुरक्षित बनाउन स्थानीय सुरक्षा समितिले विशेष रणनीतिसमेत बनाएको हुन्छ । 


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध
ध्यान साधनाबाट प्राप्त हुन्छ बोध बिहीबार, माघ १५, २०८२
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास बुधबार, माघ १४, २०८२
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान मंगलबार, माघ १३, २०८२
नेपालको भूराजनीतिक चुनौती
नेपालको भूराजनीतिक चुनौती मंगलबार, माघ १३, २०८२
फाटेको टपरीमा न्यायको भोज
फाटेको टपरीमा न्यायको भोज मंगलबार, माघ १३, २०८२
निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’
निर्वाचनलाई सेयरबजारको ‘ग्रिन सिग्नल’ सोमबार, माघ १२, २०८२
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP