Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा न्यूनतम परिश्रमिक वृद्धिको लाभ नेपालसम्म
मलेसियामा न्यूनतम परिश्रमिक वृद्धिको लाभ नेपालसम्म
माेहनप्रसाद पन्त
माेहनप्रसाद पन्त आइतबार, मंसिर ९, २०८१

काठमाडौं– मलेसिया सरकारले आगामी वर्ष (सन् २०२५)को फेब्रुअरीदेखि लागू हुनेगरी कामदारहरुको न्यूनतम पारिश्रमिक बढाउने भएपछि त्यहाँ काम गर्ने नेपाली लाभान्वित हुने भएका छन् । हाल कामदारले प्रतिमहिना न्यूनतम पारिश्रमिक (तलब) १५ सय रिंगेट पाउँदै आएकोमा यसलाई बढाएर १७ सय रिंगेट बनाउने सरकारी घोषणाले ठूलो संख्यामा मलेसियामा काम गरिरहेका नेपालीहरु लाभान्वित हुने भएका हुन् ।

मलेसिया सरकारले सन् २०२५ को बजेट भाषणमार्फत कामदारको तलब प्रतिमहिना न्यूनतम १७ सय रिंगेट पु¥याउने घोषणा गरेसँगै त्यहाँ काम गर्ने नेपालीहरुमा पनि उत्साह देखिएको छ । ‘मलेसिया सरकारले विदेशी कामदारलाई राहत हुनेगरी परिश्रमिक बढाउने निर्णय गर्नुले म र मजस्ता थुप्रै नेपाली दाजुभाइलाई फाइदा पुग्छ, बढेको तलबले छोराछोरीको स्कुलको फि तिर्न सहयोग हुने छ,’ काभ्रे घर भएका जगतमान लामाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

Meghnath-Bhurtel-1732425703.jpg
बढेको तलबले व्यक्तिलाई मात्र फाइदा हुँदैन, यसको फाइदा राज्यलाई पनि हुन्छ । देशमा भित्रिने रेमिट्यान्स बढ्छ, जसले विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्छ ।
मेघनाथ भुर्तेल
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

त्यस्तै दोलखाका सुवास पोखरेलले पनि मलेसिया आएको तीन वर्षपछि तलब बढ्दै छ भन्ने खबरले खुसी लागेको बताएका छन् । ‘मलेसिया आएको तीन वर्षपछि तलब बढ्दै छ, खुसी लागेको छ, म जस्ता धेरै विदेशी कामदारलाई यसले फाइदा नै हुन्छ, समाजिक सुरक्षालगायतका सुविधामा नेपाल सरकारले पहल गरिदिए अझ राम्रो हुने थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जालमा लामा र पोखरेलजास्ता धेरै जना नेपालीले मलेसिया सरकारले वृद्धि गर्न लागेको पारिश्रमिक छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्दै खुसी साटेका छन् ।

मलेसिया सरकारले उपलब्ध गराएको विवरणअनुसार त्यहाँ करिब तीन लाख ५० हजार नेपाली कामदार कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएकोे छ । तर, हालसम्म कति नेपाली कामदार मलेसियामा काम गरिरहेका छन् भन्ने तथ्यांक नेपाल सरकार वा सम्बन्धित निकायसँग नरहेको सरकारी अधिकारीहरुको भनाइ छ । यद्यपि मलेसियामा काम गर्ने नेपालीको यकीन तथ्यांक नभए पनि ५० हजारको हाराहारीमा अवैधरुपमा नेपालीहरु रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

मलेसियाले स्थानीय तथा विदेशी दुवै कामदारको हकमा लागू हुने गरी न्यूनतम तलबमा वृद्धि गर्न लागेकाले हामीजस्ता स्रोत मुलुकका कामदारले बढी लाभ पाउनसक्ने श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले बताए । ‘सन् २०१८ को अक्टोबरमा नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी सम्झौताअनुसार पनि नेपाली कामदारको हकमा मलेसिया सरकारले लागू गर्ने न्यूनतम तलब पाउनुपर्छ,’ उनले भने, ‘मलेसियाको श्रम कानुन र नेपालसँग भएको श्रम सम्झौताअनुसार पनि त्यस्तै हुनुपर्छ र विगतलाई हेर्दा कार्यान्वयन पनि भइरहेको देखिन्छ, यसले नेपाली कामदारलाई राहत नै हुन्छ ।’ तर, अवैधरुपमा रहेका नेपाली कामदारले वृद्धि भएको तलबबाट लाभ लिन कठिन हुन सक्ने उनको भनाइ छ । 

पछिल्लो झण्डै एक वर्षदेखि नेपालबाट मलेसिया जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ । सन् २०२४ का लागि विदेशी कामदारको कोटा पूरा भएको भन्दै त्यहाँको सरकारले नयाँ कामदार भर्ना लिन रोक लगाएको कारण नेपालीहरु रोजगारीका लागि जान पाएका छैनन् । यद्यपि जति नेपाली मलेसिया रोजगारीमा छन् उनीहरुले वृद्धि हुने तलबबाट लाभ लिनसक्ने भन्दै परिवारिकरुपमा पनि खुसी छाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

‘बढेको तलबले व्यक्तिलाई मात्र फाइदा हुँदैन, यसको फाइदा राज्यलाई पनि हुन्छ,’ उनले भने, ‘देशमा भित्रिने रेमिट्यान्स बढ्छ, विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्छ ।’ मलेसियाले आगामी वर्षबाट पुनः नेपाली कामदार लैजान सुरु गर्ने तयारी गरिरहेको महासचिव भुर्तेलले बताए । न्यूनतम तलब वृद्धि हुनुले मलेसिया रोजगारीमा आकर्षण बढ्ने देखिएको उनको भनाइ छ । यसअघिदेखि नै आकर्षक रोजगार गन्तव्य भएकाले आगामी दिनमा पनि नेपालीहरुका लागि सुरक्षित रहने उनले बताए ।


प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP