Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘बिआरआई’ले सरकारमा खटपट
‘बिआरआई’ले सरकारमा खटपट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ५, २०८१
  •  चीनले चासोका साथ अघि बढाएको बिआरआई सम्झौताको विषयले दुई दलबीच खटपट 
  • एमाले जसरी पनि बिआरआई सम्झौता सकार्नुपर्ने पक्षमा, रोक्नुपर्ने पक्षमा कांग्रेस
  • बिआरआई अघि बढे अमेरिकी परियोजना ‘स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी)’लाई अघि बढाउनुपर्ने कांग्रेसको अडान

काठमाडौं– हिउँद लागेर मौसम चिसिँदै गर्दा सत्तारुढ दलभित्रको राजनीति भने तातिएको छ । भारतले कुनै वास्ता नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्दा सत्तारुढ दुई दलबीच खटपट सुरु भएको हो ।

दुई दलबीचको खटपटको विषय हो, चीनले चासोका साथ अघि बढाएको बिआरआई सम्झौता । साझा लगानी र साझा प्रतिफल लिने लक्ष्यसहित सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले सुरु गरेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)’ को विषयमा के गर्ने भन्नेबारे प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ बालुवाटारमा छलफल भएको थियो ।

हामीले एडिबी, विश्व बैंकको सहुलियतपूर्ण ऋण नै सदुपयोग गर्न सकेका छैनौं । बजार दरमा ऋण लिएर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि नहुने र सप्लाइ पनि उनीहरूले नै गर्ने हुनाले ऋण लिनु हुन्न । 
डा. प्रकाशशरण महत
प्रवक्ता, कांग्रेस


यसबारे देउवाले मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । यसपछि मंगलबार साँझ मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरी सरकार सञ्चालन सफल बनाउन बनेको राजनीतिक संयन्त्रको बैठक बस्यो । बैठक बिआरआईबारे साझा सहमति बनाउन बसेको बताइएको छ । 

Hardik health

कांग्रेस रोक्ने पक्षमा, एमाले सम्झौताको
बिआरआईमा नेकपा एमाले र कांग्रेसले फरक–फरक मत राख्दै आएका छन् । कांग्रेस बिआरआई परियोजना जसरी पनि रोक्ने पक्षमा छ भने एमाले यसलाई अमेरिकी परियोजना एमसिसीझैं स्वीकार्नुपर्ने लाइनमा छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण लगभग निश्चित भएसँगै चिनियाँ पक्षले बिआरआईबारे ‘लाइन क्लियर’ गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘बिआरआईबारे के हुन्छ भनेर चिनियाँ चासो छ, चीनले धेरै कुरा खुलाउँदैन तर यसमा चासो राखेको देखिन्छ,’ स्रोतले भन्यो ।


कांग्रेसले अघिल्लो समयको ऋणहरु देखाउँदै बिआरआईको भारी बोक्न नहुने बताउँदै आएको छ । ‘अहिले नेपालले ऋण तिर्न सक्ने अवस्था छैन । त्यसमा पनि महँगो ब्याजको ऋण लिन हामी सक्दैनौं,’ कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले भने । अनुदानका रुपमा भए स्वीकार्न सकिने उनी बताउँछन् । यसअघि पोखरा विमानस्थल निर्माणको ऋण चीनलाई तिर्नै बाँकी रहेकोले ऋणमाथि ऋण बोक्न नहुने विश्वकर्माको भनाइ छ ।

अरु नियोगहरुबाट ऋण लिँदा चीनको बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा नेपाल लाग्न हुँदैन । जुन ब्याजमा हामीले विश्व बैंकबाट लिन्छौं त्यसैको वरिपरि लिँदा हामीलाई के आपत्ति हुन्छ ?
रघुवीर महासेठ
विदेश विभाग प्रमुख, एमाले

यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अहिलेको सरकारले जबरजस्ती बिआरआई अघि सार्न नहुने बताउँछन् । पूर्वपरराष्ट्रमन्त्री महतले ऋणका रूपमा बिआरआई कार्यान्वयन नगर्न र यसबारे स्पष्ट हुन नै राजनीतिक संयन्त्र बनेको दाबी गरे । ‘हामीले एडिबी, विश्व बैंकको सहुलियतपूर्ण ऋण नै सदुपयोग गर्न सकेका छैनौं । बजार दरमा ऋण लिएर, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि नहुने र सप्लाइ पनि उनीहरूले नै गर्ने हुनाले ऋण लिनु हुन्न,’ महतले भने ।

यता एमाले भने जसरी पनि बिआरआई सम्झौता सकार्नुपर्ने पक्षमा देखिन्छ । नेपालले २०७४ वैशाखमा बिआरआईमा हस्ताक्षर गरेको थियो । अरु नियोगहरुबाट ऋण लिँदा चीनको बहिस्कार गर्नपर्छ भन्ने पक्षमा नेपाल लाग्न नहुने एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ बताउँछन् । ‘जुन ब्याजमा हामीले विश्व बैंकबाट लिन्छौं त्यसैको वरिपरि लिँदा हामीलाई के आपत्ति हुन्छ ?,’ महासेठले प्रश्न गरे ।

बिआरआई अघि बढे अमेरिकी परियोजना ‘स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी)’ लाई पनि अघि बढाउनुपर्ने पक्षमा कांग्रेस देखिन्छ । यसअघि कांग्रेस सभापति देउवाकै पालामा एसपिपी अघि नबढाउने निर्णय गरेको थियो ।



परराष्ट्रमन्त्रीलाई छैन औपचारिक निम्तो 
परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रधानमन्त्री ओली जानुअघि चीन जाने तयारीमा छिन् । राणा ११ गते जापान हुँदै १४ मंसिरमा बेइजिङ पुग्ने तयारीमा छिन् । तर उनलाई चीनबाट औपचारिक निम्तोसमेत नआएको परराष्ट्रका उच्च अधिकारीले जनायो । ‘चीन भ्रमणअघि तयारी हुन्छ । अफिसियल निम्तो आउँछ । जुन हाम्रो मन्त्रीका लागि आएकै छैन,’ ती अधिकारीले भने । 

चीनले धेरै कुरा खुलाउन नचाहने भएकोले भ्रमणको समयमा के–कस्ता सम्झौता गर्ने भन्नेबारेसमेत परराष्ट्रको कुनै तयारी छैन । प्रधानमन्त्री ओलीले परराष्ट्र सल्लाहकार नराख्दा अहिले निकै झन्झट बेहोर्नुपरेको परराष्ट्र स्रोतको दाबी छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP