काठमाडौं- नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ। ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो ।
आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ । सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो । सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीकाे भनाई छ ।