Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ३, २०८१

जानकी -  राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।  नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।

ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए

“बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएको हुनाले नेपाली सेनाले यसको प्रर्वद्धनका लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेको हो”, उनले भने ।

उनले कान्छो निकुञ्जका रुपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रुपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरे । बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरुको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उनको भनाइ थियो ।  

Hardik health

“यो निकुञ्जलाई पर्यटन प्रवद्र्धनमा अगाडि बढाउन निकुञ्जसँग जोडिएकै कोहलपुर र नेपालगञ्जमा सुविधासम्पन्न होटल छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ”, प्रमुख सेनानी गुरुङले भने, “प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवद्र्धन गरी संसारभर पुर्याउने र आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ ।”

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिए । 

“ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ”, उनले भने, “हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ ।” 

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ । आयोजकका अनुसार ५० जना जति बाँके साइकल सङ्घमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताए। 

उनले ‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल सङ्घमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताउनुभयो । साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउनका लागि ‘टुर दी बाँके नेसनल पार्क’ महत्वपूर्ण हुने उनले बताए । ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोटबिरुवा लगायतको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको ४ नं वाहिनी अड्डाले जनाएको छ । 

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो । विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि श्री अर्जुनवाण गण हुँदै हाल रणबम गणले निकुञ्जको सुरक्षा गरिरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP