Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #गभर्नर
Search Here
समाचार
  • Home
  • समाचार
  • रवि लामिछानेको अझै तीन ठाउँमा बयान बाँकी
रवि लामिछानेको अझै तीन ठाउँमा बयान बाँकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ३०, २०८१
RBB RBB
  • लामिछानेले अधिकांश आरोपमा इन्कारी बयान दिएको प्रहरीको भनाई
  • पोखरामा थुनछेक बहसपछि अदालतले उनलाई थुनामै राख्ने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर आदेश गर्ने
  • दुई अनुसन्धान सकिएपछिमात्र सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी, काठमाडौं र सानो पाइला सहकारी, वीरगन्जमा रविको संलग्नताबारे अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अब थुनछेक बहस शुरु हुने भएको छ । रुपन्देहीमा सुप्रिम सहकारी ठगी प्रकरणमा बयान सकिएसँगै लामिछानेलाई पोखरा लगेर थुनछेक बहस गर्ने भएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान गर्न उनलाई मंगलबार पोखराबाट भैरहवा लगिएको थियो । तीन दिनमा झन्डै २३ घण्टा बयानपछि उनलाई बिहीबारै पोखरा पठाउने तयारी गरिएको थियो । तर साँझ उडान अनिश्चित भएपछि उनको पोखरा यात्रा शुक्रबारका लागि सरेको रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले बताए ।

लामिछानेले अधिकांश आरोपमा इन्कारी बयान दिएको प्रहरीले जनाएको छ । पोखरामा उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान चलिरहेको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पोखरामा पनि जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलकै रोहबरमा प्रहरीले बयान लिएको थियो ।

कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि रविविरुद्ध थुनछेक बहस हुनेछ । सरकारी वकिल र रविका कानुन व्यवसायीको बहस सुनिसकेपछि अदालतले उनलाई थुनामै राख्ने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर आदेश गर्नेछ । कास्की अदालतको आदेशपछि रुपन्देही प्रहरीले रविविरुद्धको मुद्दा सरकारी वकिलमार्फत अदालतमा बुझाउनेछ ।

गीतेन्द्रबाबु राई ‘जिबी’ समूहका सहकारीको करिब ६५ करोड रुपैयाँ ठगी प्रकरणमा रवि मुछिएका हुन् । यी दुई अनुसन्धान सकिएपछि प्रहरीले सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी, काठमाडौं र सानो पाइला सहकारी, वीरगन्जमा रविको संलग्नताबारे अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ । कुन सहकारीको पहिले अनुसन्धान गर्ने विषयमा टुंगो नभइसकेको प्रहरीले जनाएको छ । यस्तै रविको सम्पत्ति र आर्थिक कारोबारमा केन्द्रित रहेर सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
 



गल्ती गर्छ आफू, गाली गर्छ मलाई: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति लामिछानेलाई आफूले थुप्रै मौका दिएको उल्लेख गर्दै उनी हिरासत पुग्नुमा आफ्नो कुनै दोष नरहेको बताएका छन् । राजधानीमा बिहीबार भएको कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले बदमासी गर्नेहरुलाई आफूले बचाउन नसक्नेसमेत बताए ।

अदालतमा पुगिसकेको विषयमा प्रधानमन्त्रीबाट हस्तक्षेप हुनेबारे सोच्नै नसकिने उनको भनाई थियो । ‘बदमासी गरेकोलाई त म बचाउन सक्दिनँ । छानबिन गर्ने काम प्रहरीको हो । मुद्दा हेर्ने काम अदालतको । मबाट इन्टफेरेन्स हुन्नँ,’ ओलीले भने, ‘गल्ती गर्ने आफू, खुर्सानी खाने आफू पिरो भएपछि गाली गर्छ मलाई ।’
प्रधानमन्त्री ओलीले आफूले रविलाई टेलिभिजनमा काम दिएको र त्यहीबाट कराउन सिकेकोसमेत व्यङग्य कस्न भ्याए । टेलिभिजनको काम छाडेपछि पार्टी खोल्नसम्म पनि आफूले साथ दिएको ओलीको दाबी रह्यो ।

‘जबलेस रवि बाबु म कहाँ आउनुभयो । मसँग बोल्ने कला छ भन्नु भयो । मैले प्रधानमन्त्रीसँग सीधाकुरा चलाउने सुझाएँ । दुई चार लाख विज्ञापनबाट उठाउन पाए होला । उहाँले अलि कराउन सिकेको त्यही हो । पछि प्रचण्डले निकाल्नुभयो,’ ओलीले भने, ‘न्युज २४ मा उहाँले बसेर हैन उभेर मच्चीमच्ची बोल्न थाल्नुभयो । पछि पार्टी खोलौं भन्नुभयो । खोल भने । हाहु गर्नुभयो । मैले साथै दिएँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झैं ओलीले पनि सहकारीमा रविको संलग्नताबारे थाहपत्तो नभएको तर्क गरे । ‘सहकारीमा यत्रो गरेको छ भनेर मैले आशंकै गरेको थिइनँ । वासिङमेसिनमा पनि तीनपल्ट धोएकोजस्तो कुरा गर्छ,’ ओलीले भने । कांग्रेस सभापति देउवाले कांग्रेस बैठकमा रविबारे यस्तै भनाई राखेका थिए । 

आफूले समिति नबनाउँ भन्दा पनि छानबिन समितिमा रविकै जोड रहेको समेत ओलीको भनाई थियो ।  ‘पार्लियामेन्टमा समिति बनाउनुपर्छ भनेपछि मैले हुन्न भने । रविले त बनाइयोस् भन्नुभयो । प्रचण्डजीले पनि हुन्छ भन्नुभयो । म त हुन्न भनेको । उहाँको पार्टीको नेता भएकै समितिले नाम तोकेर सिफारिस ग¥यो । त्यो त ब्युरोक्रेसीको हातमा गयो । छानबिन अध्ययनको क्रम शुरु भएपछि उहाँलाई गिरफ्तार गर्नुपर्ने अवस्था सम्मानित अदालतले देख्यो । निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ,’ ओलीले भने । 

यसैले अदालत नै प्रभावित हुने गरी प्रदर्शन नगर्नसमेत ओलीले रास्वपालाई आग्रह गरे । ‘न्यायाधीशलाई गाली गरेर झुट प्रचार गरेर आफ्नो मुद्दालाई भ्रमको भूमरीमा पार्ने प्रयास नगरेपनि हुन्छ,’ ओलीले भने, ‘न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

ओली नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले प्रजातन्त्रका लागि जीउज्यान समर्पण गरेको उल्लेख गर्दै नयाँ पुस्ताले गाली गर्नमात्र सिकेको गुनासो गरे । ‘नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन,’ उनले भने, ‘मलाई सराप्नेहरुको पनि जिन्दगीको काउनडाउन हुन्छ ।’

सबैजना प्रधानमन्त्री बन्न कुदेपछि देशमा राजनीतिक अस्थिरतातिर लागेको ओलीको तर्क थियो । ‘ससाना पार्टी प्रधानमन्त्री हुन कुद्या छ । अर्को भएको छ । अर्को च्याखे हालेको हाल्यै छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, ‘मेरो अब एक वर्ष ८ महिना छ । त्यसपछि शेरबहादुरजीले चुनावसम्मै लानुहुन्छ ।’ 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि बुधबार, जेठ ७, २०८२
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल बुधबार, जेठ ७, २०८२
नागढुङ्गा–नौबिसे सडकखण्ड साढे ४ घण्टा बन्द हुने
नागढुङ्गा–नौबिसे सडकखण्ड साढे ४ घण्टा बन्द हुने बुधबार, जेठ ७, २०८२
पालिकाले  ल्यायाे गुरुङ भाषामा नीति तथा कार्यक्रम
पालिकाले ल्यायाे गुरुङ भाषामा नीति तथा कार्यक्रम बुधबार, जेठ ७, २०८२
कांग्रेस नेता पौडेल बने गभर्नर
कांग्रेस नेता पौडेल बने गभर्नर बुधबार, जेठ ७, २०८२
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा बुधबार, जेठ ७, २०८२
बालेनका विश्वासपात्र पाण्डे कारबाहीमा तानिँदै
बालेनका विश्वासपात्र पाण्डे कारबाहीमा तानिँदै बुधबार, जेठ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
तारकेश्वरमा सम्पन्न भयाे  लागूऔषध दुर्व्यसनरहित घर अभियान
तारकेश्वरमा सम्पन्न भयाे लागूऔषध दुर्व्यसनरहित घर अभियान
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP