Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २९, २०८१

धरान - घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन् । 

उनले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताइन्। मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाइन्। उनले भनिन्, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै हो”, उनले भनिन् , “विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु । झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो ।”

झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उनले बताइन् । अचेल घोँगी भने जताततै पाइँदैन । मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ । “अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ । आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला”, उनको भनाइ थियो । 

Hardik health

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन् । मागअनुसार घोँगी पुर्‍याउनै नसकिएको मुखियाले बताइन् । उनलेप्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटिया बजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको बताइन् । 

उनी मात्रै होइन सोही नगरको वडा नं १ की रत्नीदेवि माला विगत १२ वर्षदेखि घोँगीको व्यापार गर्दै आएका छन्  । उनले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पालेकी छन् । यही पोखरीबाट उत्पादन भएको घोँगी इटहरी, झुम्का, कालाबन्जरलगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्दै आएको मालाले बताइन् । “घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेको बेला मान्छेले अत्याधिक खरिद गर्ने गरेका छन् । अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ”, उनले भनिन् । 

रामधुनी नगरपालिका–१ कै रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि घुँगीको व्यापार गर्दै आएको बताइन्  । उनलेपनि भनिन्, “विगत सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु । राम्रो आम्दानी हुन्छ । खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्ष छैन । पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु । दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु ।”

गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ । पुसको दोश्रो सातादेखि माघ–फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ । यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दश जना महिला लहरै बसेर व्यापार गर्दै गरेको देखिन्छन् । 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १८:३३
#घोँगी
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो सोमबार, पुस २१, २०८२
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी आइतबार, पुस २०, २०८२
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू शुक्रबार, पुस १८, २०८२
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा बिहीबार, पुस १७, २०८२
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास मंगलबार, पुस १५, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP