Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपको मागपत्र प्रमाणीकरणमा आलटाल, बिचौलिया र कन्सल्टेन्सीलाई मालामाल
युरोपको मागपत्र प्रमाणीकरणमा आलटाल, बिचौलिया र कन्सल्टेन्सीलाई मालामाल
माेहनप्रसाद पन्त
माेहनप्रसाद पन्त बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं– वैदेशिक रोजगारीका लागि वैकल्पिक गन्तव्य मानिएको युरोपेली मुलुकबाट आएको मागपत्र प्रमाणीकरण नहुँदा बिचौलियाको रजगज बढेको व्यवसायीहरुले गुनासो गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले आफ्नै खर्चमा बजार प्रवद्र्धन गरी युरोपका विभिन्न मुलुकबाट ल्याएको मागपत्र प्रमाणीकरण नहुँदा त्यसको फाइदा व्यक्तिगतरुपमा बिचौलिया र एजुकेसन कन्सल्टेन्सीहरुले लिएको उनीहरुको गुनासो छ ।

पछिल्लो डेढ वर्षदेखि म्यानपावर व्यवसायीहरुले युरोपका विभिन्न देशबाट कामदारको मागपत्र प्राप्त गरे पनि सम्बन्धित मुलुकमा नेपाली दूतावास वा कूटनीतिक नियोग नभएको कारण मागपत्र प्रमाणीकरण गर्न नपाई संस्थागतरुपमा कामदार पठाउन सकेका छैनन् । तर, एक वर्षको अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिएर ५० हजारभन्दा बढी नेपाली रोजगारीका लागि युरोपेली मुलुक पुगेको सरकारी तथ्यांकले देखाएको छ । जसमा नयाँ श्रम स्वीकृति लिएर जानेहरु ३३ हजार ६४७ जना रहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार म्यानपावरबाट संस्थागत रुपमा श्रम स्वीकृति लिएर जाने नेपालीहरुको संख्याभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या झण्डै दोब्बर छ ।    

यस्तो हुनुमा सरकारको कमजोरी रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘सरकारको कमजोरीका कारण व्यवसायीले युरोपका विभिन्न मुलुकबाट ल्याएको मागपत्र प्रमाणीकरण हुन सकेको छैन,’ उनले भने, ‘यसको फाइदा बिचौलया र कन्सल्टेन्सीले उठाइरहेका छन्, उनीहरुको रजाइँ चलेको छ ।’ 

सरकारको कमजोरीका कारण व्यवसायीले युरोपका विभिन्न मुलुकबाट ल्याएको मागपत्र प्रमाणीकरण हुन सकेको छैन । यसको फाइदा बिचौलया र कन्सल्टेन्सीले उठाइरहेका छन्, उनीहरुको रजाइँ चलेको छ ।
राजेन्द्र भण्डारी
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

व्यवसायीहरुले संस्थागतरुपमा पठाउन नपाउँदा बिचौलिया र कन्सल्टेन्सीहरुले अनेक उपाय लगाएर व्यक्तिगत श्रम स्वीकृति दिलाउने, भिजिट भिसामार्फत युएईलगायतका देशमा पुर्‍याएर नेपाली नागरिकलाई युरोपेली मुलुकहरुमा पठाउने गरेको अध्यक्ष भण्डारीले बताए । ‘हामीले युरोपमा रोजगारीको अवसर छ, मागपत्र ल्याएका छौं भन्दापनि पठाउन पाइएको छैन,’ उनले भने, ‘तर अनुगमन नियमनकारी निकायले कडाइ नगर्दा बिचौलियालाई कतै रोकतोक छैन, युरोपको रोजगारीको प्रलोभन देखाएर अस्वाभाविक रकम लिई व्यक्तिगत श्रम स्वीकृति लिन लगाएर मान्छे पठाइरहेका छन् ।’ 

व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि जान पाइने भए पनि युरोपमा जाने नेपालीहरुको संख्या बढी नै रहेका कारण प्राकृतिक मान्न नसकिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । ‘भिजिट भिसाको नाममा, व्यक्तिगत श्रम स्वीकृतिको नाममा जे जति मान्छे युरोप गइरहेका छन् उनीहरु बिचौलियाकै माध्यमबाट गइरहेको हाम्रो अध्ययनले देखाएको छ,’ उनले भने, ‘यसरी आकर्षक रोजगारीको प्रलोभनमा परी असुरक्षित र अस्वाभाविक रकम खर्चेर जाँदा ठगीमा परेका घटनाहरु पनि उत्तिकै छन्, ठगी गर्ने कहाँ पुग्छ, प्रमाण हुन्न, कोसँग क्षतिपूर्ति लिने ?’

युरोपमा भइरहेको मागपत्र प्रमाणीकरणको समस्या, बिचौलियाको बिगबिगी र मानव तस्करीको जालो तोड्न मागपत्र प्रमाणीकरणमा सहजीकरण गराइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयकोसमेत ध्यानाकर्षण गराइएको महासचिव भुर्तेलले बताए । ‘व्यवसायीले युरोपबाट ल्याएका ५० हजारभन्दा बढी मागपत्र अहिले पनि पेण्डिङमा छन्,’ उनले भने, ‘जसका कारण सुरक्षित मानिएको युरोपको रोजगारी गुम्दै गएको छ भने मुलुकमा आउने रेमिट्यान्स पनि गुमाउनुपर्ने अवस्था छ ।’ 

युरोपेली मुलुकमा कामदार पठाउने सम्बन्धमा मागपत्र प्रमाणीकरण हुन नसक्नु, बिचौलिया र मानव तस्करीले फाइदा उठाउनु गम्भीर विषय भएको श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले बताए । उनका अनुसार व्यवसायीहरुले औपचारिकरुपमा उठान गरेका विषयमा सहमत हुन सकिन्छ । ‘व्यवसायीलाई व्यवसाय गर्ने अधिकार दिएपछि यसमा सरकारले सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘अहिले युरोपको मागपत्र प्रमाणीकरणमा जुन समस्या देखिएको छ यसले व्यवसायीहरु मर्कामा परेका छन् ।’

व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या पनि ठूलो देखिएको भन्दै नेपालले व्यवसायीले भनेजस्तो बिचौलियाको भूमिका कसले निर्वाह गरिरहेको छ त्यसको खोजी हुनुपर्ने बताए  । ‘पछिल्लो एक डेढ दशकको अनुभवबाट के देखिन्छ भने व्यवसायीहरु पनि शुद्ध छैनन्,’ उनले भने, ‘यसमा सबै व्यवसायीलाई एउटै डालोमा हाल्न मिल्दैन तर कतिपय नेक्सस हेर्दा आवरणमा एउटा कुरा भन्ने, सुन्दा दुरुस्तै हो जस्तो लाग्ने, तर फाइदा उठाउने तत्व पनि त्यहीभित्र छ ।’
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार, असार २, २०८२
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित सोमबार, असार २, २०८२
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ आइतबार, असार १, २०८२
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’
साउदी, युएई र बहराइनमा आजबाट ‘मध्याह्न ब्रेक ’ आइतबार, असार १, २०८२
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल
नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन दूतावासकाे अपिल शुक्रबार, जेठ ३०, २०८२
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’
‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP