Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती
सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २८, २०८१

चौतारा -  यहाँका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन । 

चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् ।

मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो ।

पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत रु एक करोडमा ठेक्का आह्वान गरिएको थियो ।

Hardik health

यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक रु ७५ लाख र माथिल्लो खण्डमा रु २८ लाख गरी जम्मा रु एक करोड तीन लाखमा ठेक्का लागेको उहाँले जानकारी दिएयो । गत वर्षको तुलनामा प्रतिघनफिट रु दुई घटाएर ठेक्का आह्वान गरिएको  शर्माले उल्लेख गरे । 

बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा रु २६ लाखमा ठेक्का परेको छ । बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व सङ्कलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा रु १० करोड कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । उनका अनुसार रु २३ करोड ५२ लाखमा सुदिपा ट्रेनिङ प्रालिलाई उक्त ठेक्का परेको हो । 

नगरपालिकाले गत वर्ष रु ३३ करोडमा प्रतिघनफिट रु नौ का दरले ठेक्का परेकामा चालु आवमा रु दुई घटाउँदा करिब रु १० करोड नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताए । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ठेक्का लाग्न सकेको छैन ।

नगरका प्रमुख इञ्जिनियर विकास श्रेष्ठका अनुसार चालु आवका लागि ईन्द्रावतीतर्फ रु ११ करोड पाँच लाख ७९ हजार एक सय ६१ र सुनकोशीतर्फ रु दुई करोड ८४ लाख ७३ हजार सात सय २७ को बोलपत्र आह्वान जारी भए पनि ठेक्का लाग्न सकेको छैन । गत आवमा ईन्द्रावतीतर्फ रु १५ करोड ४९ लाख छ हजार सात सय ९४ र सुनकोसीतर्फ रु चार करोड ७५ लाख ६० हजार दुई सय ९३ मा सम्झौता भएको लागेको थियो । 

ईन्द्रावती गाउँपालिकाले गत आवमा रु १२ करोडमा ठेक्का लगाएकामा चालु आवमा प्रतिघनमिटर रु दुई घटाएर सातौँ पटक आह्वान गर्दा पनि सम्झौता नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । पालिकामा कार्यरत करारका कर्मचारीलाई आन्तरिक आम्दानीबाट तलब खुवाउने गरिएको भन्दै राजस्व सङ्कलन नभएपछि तलब व्यवस्थापनमा समस्या भइरहेको उनले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिकाले रु २१ लाखमा बोलपत्र आह्वान गरेपनि हालसम्म ठेक्का नलागेको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए । सुनकोसी गाउँपालिकाको चालु आवका लागि रु २२ लाखमा बोलपत्र जारी गरे पनि ठेक्का लागेको छैन ।

“सातौँ पटकसम्म सूचना प्रकाशित गरेका छौँ । घाटघाट अनुसार पनि छुट्ट्याएर ठेक्का निकाल्दासमेत सम्झौता भएको छैन”, सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने । पालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार तीन वर्ष अगाडि रु ६० लाखको ठेक्का लागेकामा त्यसपछि ठेक्का लाग्न सकेको छैन् ।

सिन्धुपाल्चोकको सुनकोशी, ईन्द्रावती र भोटेकोसी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योग सञ्चालनमा छन् । पूर्वाधार निर्माण नहुँदा क्रसरले उत्पादन गरेका बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको क्रसर सञ्चालकको भनाइ छ । 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
दिक्तेल रूपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा शुक्रबार, असोज ३, २०८२
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस
आज संविधान दिवस शुक्रबार, असोज ३, २०८२
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह
अनाश्यक अध्यादेश रोक्न राष्ट्रपतिलाई नागरिक समाजको आग्रह शुक्रबार, असोज ३, २०८२
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक 
पूर्वप्रधानमन्त्री ओली दस दिनपछि सार्वजनिक  शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP