Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
समाचार
  • Home
  • समाचार
  • दनुवार समुदायमा ‘बड्की’ एकादशीको रौनक सुरु
दनुवार समुदायमा ‘बड्की’ एकादशीको रौनक सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २६, २०८१

कटारी- उदयपुर र सिन्धुलीको कमलाखोँच क्षेत्रका आदिवासी दनुवार जातिमा बड्की एकादशीको रौनक सुरु भएको छ । हरिबोधनी एकादशीका दिन बड्की एकादशी अर्थात् दनुवार समुदायले यस दिनलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा मनाउने गर्दछन् । 

आज साँझदेखि नै दनुवार समुदायमा यस चाडको कार्य प्रारम्भ भएको छ । “आज नै नुहाएर घरका कुमार केटा र कुमारीहरुले साँझ माछामासु खाँदैनन्,” उदयपुरको कटारी नगरपालिका–४ का स्थानीय दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य लीला अधिकारी दनुवारले भने, “भोलि एकछाक खाएपछि व्रत सुरु हुन्छ ।”

दनुवार जातिले परिवार समुदायमा सुख, शान्ति र समृद्धि आउने जनविश्वासका साथ ठूलो पर्व बड्कीमा व्रत बस्ने परम्परा रहेको पनि अधिकारी दनुवारले बताए । व्रतको परम्परा चार दिनसम्म चल्नेछ । “एकादशीका दिन दनुवार वेशभूषामा सजिएर कमला नदीबाट जल ल्याएर व्रत जारी राख्छौँ”, कटारी नगरपालिका–३ का स्थानीय दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य वैजनाथ दनुवारले भने, “कन्या केटी, कन्या केटा र विवाहित महिलाले पनि व्रतमा सहभागी हुन पाउँछन् ।”

कमला नदीमा जल लिन उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाका दनुवार समुदाय नदीमा पुग्ने गरेका छन् । व्रतको अन्तिम परम्पराअनुसार पारन गरेर अर्थात् चिउरा भिजाएर लड्डु बनाएर खाने प्रचलन दनुवार समुदायमा छ । पछिल्लो समय आदिवासी बस्तीका रुपमा यस खोँच क्षेत्रमा रहेका दनुवार समुदायका अगुवाहरुले बड्कीलई विशेष रुपले मनाउने गरेका छन् । यस दिन टोलटोल र विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना गरिनेछ । कटारी नगरपालिका–४ र वडा नं ५ र सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा दनुवारहरुले सामूहिक रुपमा यो पर्व धुमधामका साथ मनाउँदैछन् ।

Hardik health

वेशभूषाको महत्वका साथ वेशभूषामा सजिएर उपस्थित भई दनुवार भाषा, धर्म, संस्कृति र अधिकारका सवालमा अन्तरक्रिया मन्तव्य र जनचेतनामूलक कार्यक्रमका साथमा बृहत् सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने पाँच मौजा कछाडिया दनुवार समाज कटारी–५ उदयपुरका अध्यक्ष फूलदेव अधिकारी दनुवारले बताए ।


   दुई स्थानीय निकायले दिए सार्वजनिक विदा 

दनुवार समुदायको ठूलो पर्व बड्की एकादशीका दिन उदयपुरको कटारी र सिन्धुलीको दुधौली दुवै नगरपालिकाले सार्वजनिक बिदा दिइसकेका छन् । बहुसङ्ख्यक आदिवासी दनुवार जातिको विशेष पर्वमा बिदा दिएको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारले बताए । यो पर्व नगरपालिकाको स्थानीय पर्वमध्ये धेरैले मनाउने पर्व रहेको प्रमुख दनुवारको भनाइ छ ।

त्यसैगरी, हरिबोधनी बड्की एकादशीकै दिन कटारी नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । मौलिक कला, संस्कृति र स्थानीयको ठूलो पर्वमा बिदा दिएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दनुवार जातिको जनसङ्ख्या जम्मा जनसङ्ख्याको शून्य दशमलव २८ प्रतिशत अर्थात् ८२ हजार सात सय ८४ जना रहेको छ । उदयपुरको कटारी र सिन्धुलीको दुधौली नगरपालिका दनुवार समुदायको बाहुल्यता रहेको पालिका हुन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीको हिरासतमा थुनुवाको मृत्यु
प्रहरीको हिरासतमा थुनुवाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीकाे आह्वान
मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीकाे आह्वान शुक्रबार, कात्तिक २१, २०८२
मेलम्ची खानेपानी पथान्तरण बन्द
मेलम्ची खानेपानी पथान्तरण बन्द शुक्रबार, कात्तिक २१, २०८२
धान बेच्न चार दिन, किसान रातभर लाइनमा
धान बेच्न चार दिन, किसान रातभर लाइनमा शुक्रबार, कात्तिक २१, २०८२
धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान
धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान शुक्रबार, कात्तिक २१, २०८२
कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल
कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल शुक्रबार, कात्तिक २१, २०८२
अमेरिकी संसद्की पहिलो महिला सभामुख पेलोसीद्वारा राजनीतिबाट अवकाशको घोषणा
अमेरिकी संसद्की पहिलो महिला सभामुख पेलोसीद्वारा राजनीतिबाट अवकाशको घोषणा शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP