Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा ‘केयर गिभर’ तत्काल नपठाइने
इजरायलमा ‘केयर गिभर’ तत्काल नपठाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– सरकारले तत्काल इजरायलको दीर्घकालीन स्याहार केन्द्रलाई आवश्यक सहायक कामदार (केयर गिभर) नपठाउने भएको छ । इजरायलसँग प्यालेस्टानी हमास र लेबनानी हिज्बुल्लाहबीच भइरहेको द्वन्द्वका कारण नेपालबाट तत्काल केयर गिभर पठाउने प्रक्रिया अघि बढाउन नसकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल प्रत्यक्ष द्वन्द्वमा होमिएका कारण उत्पन्न परिस्थिति सहज र शान्त बनेपछि मात्रै नेपालबाट श्रमिक पठाउने विभागले तयारी गरेको छ । नेपाल र इजरायलबीच भएको जीटुजी सम्झौताअनुसार इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पीबा)ले दुई हजार बढी श्रमिक लैजाने गरी गत असोज २४ गते लक्की ड्रमा परेका नेपालीको नामावली विभागलाई उपलब्ध गराइसकेको छ । यद्यपि सुरक्षा अवस्थालाई दृष्टिगत गरी तत्काल इजरायलमा केयर गिभर पठाउन नसकिने विभागले प्रस्ट पारेको छ । 

पीबाले लक्की ड्रमार्फत दुई हजार ११२ जना नेपालीलाई केयर गिभरको ?पमा लाने गरी छानेको छ । इजरालयमा जाने नेपाली श्रमिकको सुरक्षा सुनिश्चित हुने भएपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाउने विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताए । ‘इजरायल गएर नेपालीले सुरक्षा चुनौती सामना गर्न नपरोस् भनेर हामी सचेत छौं’, खत्रीले भने, ‘त्यहाँको सुरक्षा अवस्थाबारे परराष्ट्र मन्त्रालयमार्फत इजरायलस्थित नेपाली राजदूतावाससँग पनि निरन्तर जानकारी लिने काम भइरहेको, परिस्थिति सहज नभएसम्म श्रमिक पठाउने प्रक्रिया अगाडि बढ्दैन ।’ 

Hardik health

इजरायलमा देखिएको सुरक्षा चुनौतीकै कारण त्यहाँको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पीबा)ले लक्की ड्रमार्फत छनोट गरेको दुई हजार ११२ जना कामदारको सूची वैदेशिक रोजगार विभागलाई प्राप्त भए पनि उनीह?लाई स्वास्थ्य परीक्षण तथा अभिमुखीकरण तालिमलगायतका प्रक्रियामा सहभागी गराइएको छैन । पीबाले केयर गिभरको काम गर्न लक्की ड्रबाट ६० प्रतिशत महिला र ४० प्रतिशत पु?ष छनेको छ । जसमा एक हजार १५६ महिला र ९५६ पु?ष परेका छन् । इजरायलमा हाल करिब ४५ सयभन्दा बढी नेपाली रहेको परराष्ट्रको तथ्यांकले देखाएको छ ।

यसअघि नेपालबाट केयर गिभर पठाउन सकिने वा नसकिने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको सुरक्षा अवस्थाबारे जानकारी लिन परराष्ट्रलाई पत्राचार गरिसकेको छ । यद्यपि इजरायलस्थित नेपाली दूतावासले औपचारिक ?पमा त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी दिइसकेको छैन । एक वर्षयता हमास र हिज्बुल्लाहसँगको युद्ध लडिरहेको इजरायल पछिल्लो समय इरानसँग पनि आमनेसामने अवस्थामा छ । दुवैले एक अर्कालाई लक्षित गरी मिसाइल आक्रमण गरिरहेका छन् ।

निरन्तर द्वन्द्वमा फसिरहेको कारण अहिले इजरायलमा कार्यरत नेपालीमात्र नभई अन्य आप्रवासीसमेत त्रसित अवस्थामा रहेको बताइन्छ । यस्तो परिस्थितिमा सरकारले रोजगारीको लागि भन्दै नेपालीलाई इजरायल पठाउने तयारी गरेको भन्दै चौतर्फी आलोचनासमेत भइरहेको छ । गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काएको थियो ।

जीटुजी सम्झौताअनुसार सुरक्षा अवस्था सामन्य भएपछि आवश्यक प्रक्रिया पुरा गरी योग्य कामदारको सूची पीबालाई उपलब्ध गराउने विभागले जनाएको छ । जसअन्तरगत पीबाले नै नेपाली श्रमिकको सूची इजरायलस्थित रोजगारदातासम्म पु¥याउने छ । रोजगारदाताले कामदारको छनौट गरी करार सम्झौता गरेर पीबामार्फत विभागले जानकारी पाउनेछ । त्यसपछि विभागले कामदारको भिसाका लागि नेपालस्थित इजरायली राजदूतावासमा पठाउनेछ । सम्झौताअनुसार कामदारको भिसा शुल्क रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ । इजरायलले दुई हजार जना केयरगिभर माग गरेको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP