भक्तपुर - भक्तपुरमा परम्परागत माटोका भाँडाहरु बनाइन्छ ।  भक्तपुरको पोटरी स्क्वायर क्षेत्रमा कुमालेले बनाएका माटोका भाँडा घाममा सुकाइरहेका छन् । 

 
हिन्दुहरुकाे महान चाड तिहार नजिकिँदै गर्दा यहाँका पोटरी स्क्वायर क्षेत्रमा विभिन्न माटोका भाँडा बनाउन स्थानीय कुमाले भ्याइनभ्याइ छन् ।

पोटरी स्क्वायर क्षेत्रमा कुमालेले बनाएका माटोका भाँडा घाममा स्थानीयहरुले सुकाएका छन्  ।

हाल प्लाष्टिकका सामग्रीहरु लाेकप्रिय हुने क्रममा माटाका पाला र अन्य भाँडाहरु बनाउने कला र सिप पनि हराउँदै गएकाे छ । 

तस्बिर :चन्द्रकला क्षेत्री /हरिराम भेटुवाल /रासस