Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  •  सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
 सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
सिद्धराज राई / रासस
सिद्धराज राई / रासस सोमबार, कात्तिक ५, २०८१

काठमाडौं -  भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र स‌ंघले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ। यी सबै भाषामा पत्रकारिता भइरहेको छ ।संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर नै सञ्चार कर्म भइरहेको छ । 

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालका हकमा राष्ट्रको सम्पर्क भाषा नेपाली र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अग्रे‌ंजीका अलावा अन्य विभिन्न जातीय र भाषिक समुदायले बोल्ने राष्ट्र भाषामा पत्रकारिताको अभ्यास भइरहेको छ । नेपालका लागि मातृभाषा पत्रकारिताका जन्मदाता धम्र्म आदित्य धम्र्माचा्र्य (धर्मादित्य धर्माचार्य–जगत्मान वैद्य) हुन्, जसले प्रवास भारत कोलकातामा रहेर नेपाल भाषामा नेपाल संवत् १०४५ (विसं १९८१) मा ‘बुद्धधम्र्म व नेपालभाषा (नेपालिज)’ पत्रिका प्रकाशन गरे, जसका प्रकाशकमा नेपाल बुद्धधम्र्म उद्धार स‌ंघ थियो । 

धर्माचार्य नै सम्पादक रहेको सो पत्रिका उद्धार स‌ंघको धम्र्मप्रचारपत्र तथा बुद्धधर्म, बौद्ध साहित्य र सभ्यता तथा नेपाल भाषा साहित्यमण्डलको मुखपत्र नै थियो । त्यसपछि सत्यमोहन जोशी, आशाराम शाक्य, फत्तेबहादुर सिंह, नवोनाथ झा नवीन, पण्डित सुन्दर झा शास्त्री आदिले नेपालभाषा, मैथिली आदिबाट मातृभाषामा पत्रपत्रिका प्रकाशन गरी मातृभाषा पत्रकारितालाई अगाडि बढाएको इतिहास पाइन्छ ।

तर मातृभाषामा पत्रकारिता फस्टाउन नसकेको तीतो यथार्थ हामीसामु रहेको छ । मातृभाषामा प्रकाशन भइरहेका सञ्चारमाध्यमको मुख्य समस्य भनेका समाचार सामग्री हो । मातृभाषा बोल्न सजिलो छ । तर मातृभाषा पत्रकारिता गर्न जटिल विषय हो । पत्रकारिता एक प्राविधिक विषय भएकाले जनशक्ति पाउन मुस्किल छ । राष्ट्रिय समाचार समिति (रासस)ले विगत ६३ वर्ष अगाडिदेखि नेपाली सञ्चारमाध्यमलाई समाचार सामग्री उपलब्ध गराउँदै आएको छ । तर राससको समाचार पनि नेपाली र अङ्ग्रेजी भाषामा मात्रै सीमित थियो । मातृभाषामा प्रकाशन र प्रसारण भइरहेका सञ्चारमाध्यमलाई राससको सेवाले खासै सहयोग नपुग्दा कतिपय ती सञ्चारमाध्यम बन्द भएका छन् वा बन्द हुने अवस्थामा पुगेका छन् ।

Hardik health

मातृभाषामा प्रकाशित र प्रसारण भएका सञ्चारमाध्यमको विकास र संरक्षण गर्ने दायित्व राज्यको पनि हो । स्वभावैले रासस राज्यको अङ्ग हो । त्यसैले ती सञ्चारमाध्यमलाई जोगाउँदै मातृभाषाको पत्रकारितालाई विकास गर्न राससले मातृभाषामा समाचार सेवामार्फत सानो प्रयास थलानी गरेको छ । हाल मैथिली, नेपालभाषा र अवधी भाषामा समाचार सेवा दिइरहेको राससको यो प्रयासले सञ्चारमाध्यमलाई बचाउन टेवा पुग्छ भन्ने विश्वास रहेको छ । 

नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ । संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राससले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गरी आफ्नो दायित्व निर्वाह गरिरहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्षपछि नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई थप गरेको हो ।

विसं २०८० माघमा अवधी भाषाबाट सेवा सुरुआत गरेको राससले २०८१ असोज २९ गतेदेखि मैथिली र नेपाल भाषामा समाचार सेवा सुरुआत गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार  नेपालमा एक सय ४२ जातजाति,  एक सय २४  मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २.९६ प्रतिशत अर्थात् आठ लाख ६४ हजार दुई सय ७६, जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

मध्यपूर्वी तराईमा बोलिने मैथिली भाषा ११.०५ प्रतिशत अर्थात् ३२ लाख २२ हजार तीन सय ८९ जनाले बोल्छन् । त्यस्तै, नेपाल भाषा २.९६ प्रतिशत अर्थात आठ लाख ६३ हजार तीन सय ६८ जनाले बोल्छन् । यी तीनवटै भाषामा पत्रपत्रिका र अनलाइन न्युज पोर्टल नियमित सञ्चालनमा छन् । भौगोलिक क्षेत्रअनुसार रेडियो र टेलिभिजनले समेत समाचार र कार्यक्रम सञ्चालन गरिरहेका छन् । सञ्चारमाध्यम सञ्चालनको हिसाले यी तीनवटै भाषामा प्रकाशन हुने सञ्चारमाध्यमको सङ्ख्या पनि धेरै रहेको छ ।

राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । मातृभाषामा समाचारले आम नागरिकलाई प्रभावकारी सूचना प्रवाह गर्न, भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने हामीलाई लागेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुनै पनि भाषा ५० प्रतिशतभन्दा बढी बोलिँदैन । नेपाली भाषा सबैभन्दा बढी ४४.८६ ले मात्रै बोल्छन् । यो तथ्यले के भन्न सकिन्छ भने नेपाल अल्पभाषिक समुदायको देश हो । देशको जातीय र भाषिक विविधता छ । त्यसैले सञ्चारमाध्यममा पनि भाषिक विविधता छ । यही कारण राससले सञ्चारमाध्यममा बहुलवादलाई स्वीकार गरी मातृभाषामा समाचार सेवा सञ्चालनमा ल्याएको हो ।

सञ्चारमाध्यमको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब सञ्चारमाध्यमको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ । राससको यो सानो कार्यले नेपाली भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्नेछ भन्ने हाम्रो निष्कर्ष हो । राससले स्थापनाकालदेखि नै सरकार र जनताको पुलको रुपमा काम गरिरहेको यहाँहरु सबैलाई जानकारी नै छ । ६३ वर्ष लामो राससको इतिहासमा विभिन्न कालखण्डमा राससको सेवामा परिमार्जन र परिस्कृत गर्ने कार्यहरु हुँदै आएका छन् ।

समयानुकूल सेवा क्षेत्रको विस्तार र नयाँ प्रविधिको प्रयोग गरी अविछिन्न रुपमा क्रियाशील रहँदै आएको छ । राज्यको अधिकारिक एक मात्र समाचार एजेन्सीका रुपमा रासस २०१८ फागुन ७ गते निरन्तर क्रियाशील रहेको छ । ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण गरेर राससले अलग्गै पहिचान बनाएको छ । 

आजको ‘डिजिटल’ युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भव प्रयास गरिरहेको छ । राससले आफूले दिने सेवालाई विविधीकरण गर्दै लगेको छ । राससले नेपाली र अङ्ग्रेजी भाषामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सेवा, आलेख, विचार, फोटो, भिडियो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो । पछिल्लोपटक राससले मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ । राससले आर्थिक वर्ष २०८१/८२ को सरुआतदेखि नै नयाँ योजनासहित कार्य गरिरहेको छ ।

यसै सन्दर्भमा राससको समाचार सेवाको समयसीमा १७ घण्टाबाट बढाएर २४ घण्टा पुर्‍याएका छौँ । यो कार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनाभित्र गर्नुपर्ने काममध्ये एक थियो, जुन कार्य राससले तोकिएकै समयमा २०८१ भदौ १७ गते औपाचारिक शुभारम्भ गरी पूरा गरेको छ । अर्को कार्य भनेको रासस सञ्चारमाध्यम सङ्ग्रहालय हो । रासस कार्यालयको दुईवटा कोठामा, राससले प्रयोग गरेका पुराना सञ्चार सामग्रीहरु र समाचार बुलेटिनसहितको सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । 

राससले आफ्नो सेवालाई विविधीकरण गर्ने क्रममा २०८० पुस २३ गतेदेखि अवधी भाषामा मातृभाषा समाचार सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवालाई विस्तार गर्ने क्रममा आज मैथिली र नेपाल भाषामा पनि समाचार सेवा शुभारम्भ गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा यो सेवा सुरुआत गरेको हो । यो कार्य पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन महिनामा गर्नैपर्ने कार्यमध्ये एक थियो ।

यसरी राससले नेपाल सरकार, सूचना प्रविधि मन्त्रालयको योजनाअनुसार तोकिएकै समयमा काम सम्पन्न गरेको छ । विविधतामा एकता कायम गर्नका लागि राससले सुरुआत गरेको मातृभाषा समाचार सेवाले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गरी भाषाको संरक्षण गर्न टेवा पुग्ने विश्वास गरिएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकासले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले केही योगदान गर्छभन्दा फरक पर्दैन । 

राससको मूल कार्य समाचार सङ्कलन र सम्प्रेषण नै हो । राज्यको आधिकारिक सूचनालाई सञ्चारमाध्यममार्फत जनतासम्म पुर्‍याउने र जनताको विचारलाई राज्यसम्म पुर्‍याउने पुलका रुपमा राससले भूमिका निर्वाह गरिरहेको छ । राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरी सरकारको मुख्य प्रचार साझेदारका रुपमा राससले पहिचान बनाएको छ ।

हिजो थोरै सञ्चारमाध्यमका लागि अति आवश्यक रहेको राससको समाचार सेवा आज आएर सबै सञ्चारमाध्यमका लागि अपरिहार्य बनेको छ र बन्दै गएको छ । हिजो राससको सेवा खासै प्रयोग नगरी आफ्नै क्षमतामा समाचार उत्पादन गर्ने सञ्चारमाध्यमले समेत अहिले राससको सेवा लिएका छन् । यसो भन्दैमा राससले अहिले गरिरहेको कार्य मात्र पर्याप्त छ भन्ने होइन, परिवर्तित सन्दर्भमा प्रविधिको अधिकतम् उपयोग गरी छिटो, सत्यतथ्य सूचना आम जनतामा पुर्‍याउन राससले धेरै गर्न बाँकी छ । आगामी दिनमा क्रमशः यसमा सुधार हुँदै जाने नै छ ।

(लेखक राससका महाप्रबन्धक हुन्)  


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP