

काठमाडौं– काठमाडौको तिलगङ्गास्थित एक होटलले कोरोनावाट बच्न सरसफाई कार्यक्रम संचालन गरेको छ । बतास अर्गनाइजेसनको सिस्टर अर्गनाइजेसका रूपमा सञ्चालनमा आउन लागेको उक्त होटलले उक्त क्षेत्र वरपर सरसफाईका साथै सचेतना र्याली समेत गरेको थियो । साथै आगामी दिनमा सो क्षेत्रमा सामाजिक उत्तरदायीत्व बहन गर्दै वृक्षारोपणका साथै अन्य सामाजिक काम गर्ने बताएको छ ।
द पिक हस्पिटालिटी म्यानेजमेन्टद्वारा होटल ‘आनन्दपशुपति’ ले सरसफाई कार्यक्रम संचालन गरेको हो । आगामी नयाँबर्षबाट संचालनको तयारीमा रहेको यस होटलले यो सँगसँगै विभिन्न सामाजिक जागरणका कार्यक्रम समेत सञ्चालन गर्दै जाने तयारी रहेको छ ।
शुद्ध शाहाकारी खाना पाइने होटलमा मदिरा सेवन भने प्रतिबन्ध नै गरिएको छ । नेपालभर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्देश्य बोकेको पिकको यो होटल संचालन प्रयास एक फरक प्रयोग भएको उक्त अवसरमा जानकारी दिइयो । । मुख्य त भारतीयतिर्थ यात्रुलाई लक्षित गरेर संचालन गर्न लागिको होटलले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव छोड्ने छ । करिव ८० कोठा उपलब्धहुने होटलमा नर्मल देखि स्विट्स सम्मको व्यवस्था गरिने छ । शाकाहारी भन्नासाथ खानेकुराको ‘अप्सन’ हुदैन भन्नेहरूको लागि यो होटल एक उदाहरणको रूपमा रहने छ ।
रोजगार सिर्जना गर्दै समुदायसँग मिलेर स्वावलम्बनका कामहरू समेत गर्दै लगिने तयारी समेत रहेको पीकका संचालक विवेक विष्टले बताए । पहिलो कार्यक्रमको रूपमा वाग्मती किनार सफा गरेको टिमले बिस्तारै जनचेतनामूलक कार्यक्रम संचालन गर्ने तथा सामाजिक काम गर्ने तयारी गरिरहेको छ । होटलले पञ्चामृत नामक रेस्टुरेन्टसमेत सञ्चालन गरी शुद्ध शाहाकारी भोजन गराउनेसमेत उक्त अवसरमा जानकारी दियो ।