Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • गुहार गुहार, सोह्र श्राद्धमा घण्टी बज्यो
गुहार गुहार, सोह्र श्राद्धमा घण्टी बज्यो
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असोज ८, २०८१

सोह्र श्राद्धले छोएको छ । हिन्दू धर्मशास्त्रले यो बेला साँझ बिहान घरमा घण्टी बजाउन प्रतिबन्ध लगाएको छ । जहाँ पुगेको छैन ‘रवि त्यहाँ पुगेको छ कवि’ भनेजस्तै भएको छ । घण्टी नै नबजेपछि रविको पूजा अर्चना त सबै स्वाहा हुने भए !

बालाजुको घण्टीघरमा आइतबार एउटाले घण्टी बजाइदियो । आइतबार अर्थात् रविबार सोह्र श्राद्ध सुरू भइसकेको जान्दाजान्दै घण्टी बजाउनेलाई त कारवाही त गर्नैपर्‍यो । घण्टाघरको घण्टी बजेको वरपरकाले सुनेको नसुन्यै गरे । तर, वल्लो गाउँ र पल्लो गाउँकाले भने र्‍यालै चुडिनेगरी घण्टी बज्यो भन्दै कतिले ताली ठोके, कतिले गाली ।

घण्टी कसले बजायो ? न ताली ठोक्नेलाई थाहा थियो, न त गाली ठोक्नेलाई नै ! घण्टीघरको घरमुली नै कसले घण्टी बजायो भन्दै फोन त घुमाउँदै थिए । तर, उनले घुमाएको सबै आफ्नै भाइभाइदारलाई पो परेछ । सबैका फोनमा घण्टी बज्यो । भाइभारदारहरु दौडादौड गरेर ठूलै वित्यास परेजस्तै गरी घण्टीघर पुगे ।

मध्यराति हुँदै थियो । कसले कसलाई चिने वा चिनेनन् थाहा छैन । तर, घण्टीघरमा घण्टी बजाउनेलाई चिन्नै सकेनन् । त्यही सबै गुहार मागिरहेका थिए । इजरायल र प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघमा आफ्नो अस्तित्व के हो भन्दै गुहार मागेजस्तो । सबतिरबाट जम्मा भएका भाइभारदारहरु तँछाड र मँछाड गर्दै थिए । कोही हाइ काट्दै लिखा परेको टाउको कन्याउँदै थिए । कोही ‘बाइबाइ बा’ भन्दै कसैलाई सराप्दै पनि थिए । प्रविधिको जमाना छ नि । भाइभारदारभन्दा बढी त नारदमुनिहरु नै थिए । नारदमुनिहरु आफैं एकतारे बजाउँदै थिए । नारायण नारायण यो यस्तो किन भयो ? अब के हुन्छ ? 

Hardik health

हाइ काट्दै लिखा परेको टाउकोका कपाल मिलाउँदै एउटाले नारदमुनिलाई भन्दियो । के ? के होला भनेको ? अब के हुन्छ हेर्दै जा । विचरा, नारदमुनि नि ट्वाँ ! सोह्र श्राद्ध भनेको थाहा छैन ? त्यसै घण्टी बजाउने ? श्राद्ध नसकिँदै ।
घण्टी बज्यो कि बजेन । तर, मुटु भने बजिनै रह्यो । एक कान दुई कान मैदान भइयो घण्टी बज्या कुरा । घण्टीघरका भाइभारदारहरु आफैं तीन छक्क परेको थिए । किनकि, घण्टीघरमा त्यसै घण्टी बजेको हैन रैछ । घण्टीघरको एउटा भकारी नै गायव हुने भएछ । त्यही भएर पो सबैको फोना कण्ठी लगाको घण्टी बजेको रैछ त !

भकारी नै गायव हुनेगरी घण्टीघरको मुलीले धनको चुली बढाएपछि । सोह्र श्राद्ध होस् कि छत्तीस श्राद्ध, घण्टी त बजिहाल्छ । बरू कसो शंख पनि बजाएनन् । शंख नै बजाउनेगरी पुगेका केही इष्टमित्र भने मामा धनमा फूपूको श्राद्ध गर्दै थिए । त्यो देखेर नारदमुनिलाई के चाहियो । भए नभएको फलाक्दै बैकुण्ठधाममा आराम गरिरहेका विष्णुका छेउ पुगिहाले नि । नारायण नारायण भन्दै ।

के देख्नुपर्‍यो प्रभु ! घण्टीघरमा सोह्रश्राद्ध गर्न पुगेका भाइभारदारहरु शंखनाद गर्दै घण्टी बजाइरहेका छन् । त्यो पनि मध्यरातमा । सुग्रिवका बथान राम राम सत्य भन्दै छन् । जिवीराम हो कि ठण्डाराम बुझ्न सकिएको छैन । नारदमुनि प्र्रश्न गरिरहेका छन् । उता विष्णु मुसुमुस हाँसिरहेका छन् । पृथ्वीलोकको स्वर्गमा पुगेर घण्टीघरमा घण्टी बजाउन लगाउने उनीपनि कहाँ कमका छन् र ? पाँचपाण्डवका मामाजस्तै छन् । पासा पाल्न राम्ररी जानेका । पासा नखेल्ने तर मज्जाले खेलाउने उनलाई राम्रै थाहा छ कि सोह्र श्राद्धका क–कसको श्राद्ध गर्दा ठीक हुन्छ भन्ने कुरा ।

त्यसैले मुस्काउन नछाडेका उनी पृथ्वीलोक मै स्वर्ग देखिसकेका छन् । अब सक्किने कि सञ्चिने भन्ने कुराको लेखापढी गर्नुपर्छ भन्दै उनले त्यही घरभित्र छत्तीस जिबीको टिबी नै छिराइदिएका रहेछन् । त्यही छत्तीस जिबीमा टिबी लाग्या रैछ र पो शंखनादसहित घण्टी बज्या रैछ । अब त न्यायका लागि कस्तो घण्टी बज्छ नै थाहा छैन । आफूले गरेको ठीक अरूले गरेको बेठिक भन्ने न्यायाधीशहरु आइसकेपछि । उनीहरुले बोलेसी बोल्यो–बोल्यो उत्तरतिर पानी बगेको छ भनेजस्तै हो । साम, दाम, दण्ड, भेद प्रयोग गर्ने न्यायालयका ठिसहरुले आफूअनुकूल गर्नाले पनि कहिले घण्टीघरमा बज्ने कहिले सानेको घरतिर बारुद पड्किने !

सोह्र श्राद्धमा भाउजु नै उता गएपछि के हुन्छ त ? जस्तो देश, उस्तै भेष । कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि लाग्ने स्यालहरु भएको ठाउँमा यस्तै हो ? मान्छे बेच्ने देशका धनी राजनेता भएपछि हल्ला खल्ला त हुनै पर्‍यो नि । घण्टीघरमा बसेर गुहार मागेर मात्र हुँदो रहेनछ । समुद्रमन्थन गर्न कुरेर बसेका सुग्रिवका सेनाहरुले त्यत्तिकै सलबलाइरहेका छन् । नारदमुनिहरुका विभिन्न मुखुण्डोधारी पनि घण्टीघरमा रालोको फेदा समाउन खोजिरहेका छन् । त्यत्ति सहज त कहाँ छ र ? डरले थरथर कापेर भए पनि न्यायका लागि लड्ने हो भन्न पनि त पर्‍यो ! आफूले कति अन्याय गरे । कतिका खेतखेत सकियो भन्ने कुरा पनि थाहा पाउनु पर्‍यो । 

छलछाम र लुँछाचुँडी नगर्ने हो भने त  न त विष्णु स्वर्गमा हाँस्दै हुन्थे । न त सुग्रिवहरु दलबलसहित समुद्र मन्थन गर्न आइपुग्नुपर्ने थियो । जे होस् । चोरको खुट्टा काट भन्नेबित्तिकै उठाएको जस्तो । हंसेहरुले के गर्न खोज्या हो पनि थाहा छैन । तर, न्यायका लागि लड्छु भन्ने बोली न बोल्न परिगो । तर कसको न्यायका लागि हो भन्ने कुरा त पानी जत्तिकै छलंगै छ । अब ‘गुहार गुहार’ भन्दै गुहार माग्न नपरोस् । बाख्रा बथानमा बोका एक–दुई थान त अट्लान तर सधैँ नअट्ने भएपछि गुहार ऽ गुहार ऽ माग्नुबाहेक के हुन्छ र ? बरू हामी पनि भनौं– गुहार गुहार ?
 


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP