Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाको निर्माण र सुरक्षा क्षेत्रमा श्रमिक अभाव
मलेसियाको निर्माण र सुरक्षा क्षेत्रमा श्रमिक अभाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ४, २०८१

काठमाडौं – मलेसियाको निर्माण र सुरक्षा क्षेत्रमा आप्रवासी कामदारको अभाव भएको बताइएको छ । केहीसमय यता निर्माण क्षेत्रसहित सुरक्षा, उद्योग र कृषि क्षेत्रमा विदेशी कामदारको अभाव देखिएको भन्दै त्यहाँको सरकारले नयाँ भर्ना प्रक्रिया खुलाउने भएको छ । 

मलेसियाले विदेशी कामदारको अभाव भएपछि नयाँ श्रम स्वीकृति खुलाउन लागेको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । मलेसियामा पछिल्लो समय विशेषगरी निर्माण क्षेत्रमा काम गर्ने मजदुर र सुरक्षा गार्डहरुको अभाव हुँदै गएको ‘द स्टार’ले उल्लेख गरेको छ । रोजगारदाताहरुबाट आप्रवासी कामदारको माग बढ्दै जानु र श्रमबजारमा कामदारको अभाव देखिएपछि मलेसिया सरकार दबाबमा परेको उक्त सञ्चारमाध्यले उल्लेख गरेको छ ।

यद्यपि, विदेशी कामदारको अभाव पूर्ति गर्न आगामी नोभेम्बरदेखि रोजगारदाताहरुलाई विदेशी कामदारको कोटा दिने सरकारले तयारी गरेको बताइएको छ । यसअघि मलेसियाले अनैतिक गतिविधि बढेको र स्थानीय कामदारलाई नै श्रममा प्रोत्साहन गर्ने भन्दै गत मे ३१ देखि विदेशी कामदारको नयाँ भर्ना स्वीकृति रोकेको थियो । मलेसियामा २३ लाखभन्दा बढी विदेशी कामदार कार्यरत रहेको अनुमान गरिएको छ । जसमा ११ लाख विदेशी कामदार अवैधरुपमा काम गरिरहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । 

Hardik health

विदेशी अवैध कामदारमाथि कडाइ गर्ने र स्थानीयलाई अवसर दिने नीति लिए पनि श्रमबजारमा कामदारको अभाव देखिएपछि नयाँ कामदार भर्ना खुलाउने निर्णयमा त्यहाँको सरकार पुगेको बताइएको छ । विदेशी कामदारको भर्ना तथा कोटा स्वीकृति गर्ने अधिकार मलेसियाको गृह मन्त्रालयले लिएको छ । तसर्थ मलेसियाली मानव संसाधन मन्त्रालयअन्तर्गत रहेको विदेशी कामदारको कोटा स्वीकृति गर्ने विदेशी कामदार व्यवस्थापन महाशाखा (बिपिपिए) लाई गृह मन्त्रालयमा गाभिएको उक्त सञ्चारमाध्यमले जनाएको छ । 

मलेसियाको नयाँ कामदार भर्ना लिने निर्णयले नेपाली कामदारलाई भने राहत हुनेछ । मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहँदै आएको छ । यद्यपि, विदेशी कामदार नलिने नीतिले गत आर्थिक वर्षमा थोरै मात्र नेपालीहरु रोजगारीका लागि मलेसिया पुगेका थिए । अधिकांश नेपालीहरु मलेसियाको निर्माण, सुरक्षा, उद्योग, खानी तथा उत्खनन् कृषिलगायतका क्षेत्रमा रोजगारीका लागि जाने गरेका छन् ।

यसमध्ये पनि सेक्युरिटी गार्डका क्षेत्रमा नेपालीहरुले मलेसियामा छाप नै पारिसकेका छन् । मलेसियामा अघिल्लो वर्षदेखि नै न्यूनतम पारिश्रमिकसमेत वृद्धि गरेर १५ सय रिंगेट पुर्‍याएको छ । यसबाट पनि मलेसियामा नेपाली कामदारको आकर्षण बढेको पाइएको छ । हाल मलेसियामा चार लाखभन्दा बढी नेपाली काम गरिरहेको सरकारी अनुमान रहेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP